Bible

Hosea 8 - ASV (Nepali)

1 `Set' the trumpet to thy mouth. As an eagle `he cometh' against the house of Jehovah, because they have transgressed my covenant, and trespassed against my law.“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।

2 They shall cry unto me, My God, we Israel know thee.तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’

3 Israel hath cast off that which is good: the enemy shall pursue him.जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ।

4 They have set up kings, but not by me; they have made princes, and I knew it not: of their silver and their gold have they made them idols, that they may be cut off.तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।

5 He hath cast off thy calf, O Samaria; mine anger is kindled against them: how long will it be ere they attain to innocency?ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?

6 For from Israel is even this; the workman made it, and it is no God; yea, the calf of Samaria shall be broken in pieces.एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ।

7 For they sow the wind, and they shall reap the whirlwind: he hath no standing grain; the blade shall yield no meal; if so be it yield, strangers shall swallow it up.तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।

8 Israel is swallowed up: now are they among the nations as a vessel wherein none delighteth.इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।

9 For they are gone up to Assyria, `like' a wild ass alone by himself: Ephraim hath hired lovers.वन-गधा आफै एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।

10 Yea, though they hire among the nations, now will I gather them; and they begin to be diminished by reason of the burden of the king of princes.अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न केही समयका निम्ति तिनीहरू रोकिन्छन्।

11 Because Ephraim hath multiplied altars for sinning, altars have been unto him for sinning.एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो। ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए।

12 I wrote for him the ten thousand things of my law; but they are counted as a strange thing.मैले त्यसका निम्ति मेरो व्यवस्थामा लाखौं विधिहरू लेखें तापनि ती कुरा बीराना ठानिनेछन्।

13 As for the sacrifices of mine offerings, they sacrifice flesh and eat it; but Jehovah accepteth them not: now will he remember their iniquity, and visit their sins; they shall return to Egypt.मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।

14 For Israel hath forgotten his Maker, and builded palaces; and Judah hath multiplied fortified cities: but I will send a fire upon his cities, and it shall devour the castles thereof.किनभने इस्राएलले आफ्ना सृष्टिकर्त्तालाई बिर्सेर महलहरू बनायो औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो। तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”

Nepali Bible