Bible

Hosea 7 - YLT (Nepali)

1 `When I give healing to Israel, Then revealed is the iniquity of Ephraim, And the wickedness of Samaria, For they have wrought falsehood, And a thief doth come in, Stript off hath a troop in the street,“जब म इस्राएललाई निको पार्छु, तब एप्रैमको दुष्टता र सामरियाको कुकर्म उदाङ्गो हुनेछन, किनभने तिनीहरूले दुर्रव्यवहार गरे। चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।

2 And they do not say to their heart, `That' all their evil I have remembered, Now compassed them have their doings, Over-against My face they have been.तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्। अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ। ती कामहरू मेरै सामने छन्।

3 With their wickedness they make glad a king, And with their lies -- princes.तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।

4 All of them `are' adulterers, Like a burning oven of a baker, He ceaseth from stirring up after kneading the dough, till its leavening.तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले तातो पारेका तावा जस्तै छन्। त्यसले पीठो मुछेको समयदेखि त्यो रोटी नपाकुन्जेल आगो चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।

5 A day of our king! Princes have polluted themselves `with' the poison of wine, He hath drawn out his hand with scorners.हाम्रा राजाको उत्सवको दिनमा अगुवाहरू ज्यादै पिएर मात्छन्। अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।

6 For they have drawn near, As an oven `is' their heart, In their lying in wait all the night sleep doth their baker, Morning! he is burning as a flaming fire.ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।

7 All of them are warm as an oven, And they have devoured their judges, All their kings have fallen, There is none calling unto Me among them.तिनीहरू सबै चुलो झैं तातिन्छन् र आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिए। तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”

8 Ephraim! among peoples he mixeth himself, Ephraim hath been a cake unturned.“एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ। एप्रैम एकापटि मात्र पाकेको रोटी जस्तै छ।

9 Devoured have strangers his power, And he hath not known, Also old age hath sprinkled `itself' on him, And he hath not known.पराई मानिसहरूले त्यसको बललाई नाश पारे, तर त्यसलाई यो याद छैन। त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे, तर त्यसलाई त्यो थाहा छैन।

10 And humbled hath been the excellency of Israel to his face, And they have not turned back unto Jehovah their God, Nor have they sought Him for all this.इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।

11 And Ephraim is as a simple dove without heart, Egypt they called on -- `to' Asshur they have gone.एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ। मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अश्शूरमा तिनीहरू जान्छन्।

12 When they go I spread over them My net, As the fowl of the heavens I bring them down, I chastise them as their company hath heard.जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।

13 Wo to them, for they wandered from Me, Destruction to them, for they transgressed against Me, And I -- I ransom them, and they have spoken lies against Me,तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किएर गए। तिनीहरूमाथि विनाश आओस्। किनभने तिनीहरू मेरो विरूद्धमा गए। मैले तिनीहरूलाई बचाउँने थिएँ, तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।

14 And have not cried unto Me with their heart, but howl on their beds, For corn and new wine they assemble themselves, They turn aside against Me.तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।

15 And I instructed -- I strengthened their arms, And concerning Me they think evil!यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।

16 They turn back -- not to the Most High, They have been as a deceitful bow, Fall by sword do their princes, From the insolence of their tongue, This `is' their derision in the land of Egypt!तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।

Nepali Bible