Bible

John 10 - WEB (Nepali)

1 "Most assuredly, I tell you, one who doesn't enter by the door into the sheep fold, but climbs up some other way, the same is a thief and a robber.येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।

2 But one who enters in by the door is the shepherd of the sheep.तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।

3 The gatekeeper opens the gate for him, and the sheep listen to his voice. He calls his own sheep by name, and leads them out.जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्।

4 Whenever he brings out his own sheep, he goes before them, and the sheep follow him, for they know his voice.गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।

5 They will by no means follow a stranger, but will flee from him; for they don't know the voice of strangers."भेडाहरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”

6 Jesus spoke this parable to them, but they didn't understand what he was telling them.यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।

7 Jesus therefore said to them again, "Most assuredly, I tell you, I am the sheep's door.येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।

8 All who came before me are thieves and robbers, but the sheep didn't listen to them.जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।

9 I am the door. If anyone enters in by me, he will be saved, and will go in and go out, and will find pasture.म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

10 The thief only comes to steal, kill, and destroy. I came that they may have life, and may have it abundantly.एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

11 I am the good shepherd. The good shepherd lays down his life for the sheep.“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।

12 He who is a hired hand, and not a shepherd, who doesn't own the sheep, sees the wolf coming, leaves the sheep, and flees. The wolf snatches the sheep, and scatters them.पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।

13 The hired hand flees because he is a hired hand, and doesn't care for the sheep.किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखरेख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रंहदैन।

14 I am the good shepherd. I know my own, and I'm known by my own;“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

15 even as the Father knows me, and I know the Father. I lay down my life for the sheep. अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।

16 I have other sheep, which are not of this fold. I must bring them also, and they will hear my voice. They will become one flock with one shepherd.मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।

17 Therefore the Father loves me, because I lay down my life, that I may take it again.मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।

18 No one takes it away from me, but I lay it down by myself. I have power to lay it down, and I have power to take it again. I received this commandment from my Father."मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

19 Therefore a division arose again among the Jews because of these words.फेरि यहूदीहरूको आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो।

20 Many of them said, "He has a demon, and is insane! Why do you listen to him?"धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”

21 Others said, "These are not the sayings of one possessed by a demon. It isn't possible for a demon to open the eyes of the blind, is it?"तर अन्य यहूदीहरूले भने, “भुतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भुतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अहँ!”येशूको विरुद्ध यहूदीहरू

22 It was the Feast of the Dedication{The "Feast of the Dedication" is the Greek name for "Chanukkah," a celebration of the rededication of the Temple.} at Jerusalem.यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाडपनि आयो।

23 It was winter, and Jesus was walking in the temple, in Solomon's porch.येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।

24 The Jews therefore came around him and said to him, "How long will you hold us in suspense? If you are the Christ, tell us plainly."यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”

25 Jesus answered them, "I told you, and you don't believe. The works that I do in my Father's name, these testify about me.येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।

26 But you don't believe, because you are not of my sheep, as I told you.तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।

27 My sheep hear my voice, and I know them, and they follow me.मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

28 I give eternal life to them. They will never perish, and no one will snatch them out of my hand.म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

29 My Father, who has given them to me, is greater than all. No one is able to snatch them out of my Father's hand.मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।

30 I and the Father are one."पिता र म एकै हौं।”

31 Therefore Jews took up stones again to stone him.फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।

32 Jesus answered them, "I have shown you many good works from my Father. For which of those works do you stone me?"तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”

33 The Jews answered him, "We don't stone you for a good work, but for blasphemy: because you, being a man, make yourself God."यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”

34 Jesus answered them, "Isn't it written in your law, 'I said, you are gods?'येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।

35 If he called them gods, to whom the word of God came (and the Scripture can't be broken),यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।

36 Do you say of him whom the Father sanctified and sent into the world, 'You blaspheme,' because I said, 'I am the Son of God?'यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।

37 If I don't do the works of my Father, don't believe me.यदि मैले मेरा पिताको कामहरू र्गदिन भने मलाई विश्वास नगर।

38 But if I do them, though you don't believe me, believe the works; that you may know and believe that the Father is in me, and I in the Father."तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”

39 They sought again to seize him, and he went out of their hand.यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।

40 He went away again beyond the Jordan into the place where John was baptizing at first, and there he stayed.त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।

41 Many came to him. They said, "John indeed did no sign, but everything that John said about this man is true."येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”

42 Many believed in him there.अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।

Nepali Bible