Bible

Hebrews 3 - ASV (Nepali)

1 Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, `even' Jesus;यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।

2 who was faithful to him that appointed him, as also was Moses in all his house.परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

3 For he hath been counted worthy of more glory than Moses, by so much as he that built the house hath more honor than the house.यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

4 For every house is builded by some one; but he that built all things is God.हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

5 And Moses indeed was faithful in all his house as a servant, for a testimony of those things which were afterward to be spoken;परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

6 but Christ as a son, over his house; whose house are we, if we hold fast our boldness and the glorying of our hope firm unto the end.तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

7 Wherefore, even as the Holy Spirit saith, To-day if ye shall hear his voice,त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,

8 Harden not your hearts, as in the provocation, Like as in the day of the trial in the wilderness,अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।

9 Where your fathers tried `me' by proving `me,' And saw my works forty years.चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

10 Wherefore I was displeased with this generation, And said, They do always err in their heart: But they did not know my ways;त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

11 As I sware in my wrath, They shall not enter into my rest.त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘

12 Take heed, brethren, lest haply there shall be in any one of you an evil heart of unbelief, in falling away from the living God:त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

13 but exhort one another day by day, so long as it is called To-day; lest any one of you be hardened by the deceitfulness of sin:तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।

14 for we are become partakers of Christ, if we hold fast the beginning of our confidence firm unto the end:हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

15 while it is said, To-day if ye shall hear his voice, Harden not your hearts, as in the provocation.धर्मशास्त्रले भनेको छ“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”

16 For who, when they heard, did provoke? nay, did not all they that came out of Egypt by Moses?ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।

17 And with whom was he displeased forty years? was it not with them that sinned, whose bodies fell in the wilderness?अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

18 And to whom sware he that they should not enter into his rest, but to them that were disobedient?अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

19 And we see that they were not able to enter in because of unbelief.यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

Nepali Bible