Bible

Hebrews 13 - DBY (Nepali)

1 Let brotherly love abide.ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोडनु हुँदैन।

2 Be not forgetful of hospitality; for by it some have unawares entertained angels.मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

3 Remember prisoners, as bound with [them]; those that are evil-treated, as being yourselves also in [the] body.जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफु पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।

4 [Let] marriage [be held] every way in honour, and the bed [be] undefiled; for fornicators and adulterers will God judge.सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।

5 [Let your] conversation [be] without love of money, satisfied with [your] present circumstances; for *he* has said, I will not leave thee, neither will I forsake thee.पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”

6 So that, taking courage, we may say, The Lord [is] my helper, and I will not be afraid: what will man do unto me?त्यसर्थ ढुक्कसित भनौ“प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?”

7 Remember your leaders who have spoken to you the word of God; and considering the issue of their conversation, imitate their faith.आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।

8 Jesus Christ [is] the same yesterday, and to-day, and to the ages [to come].येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।

9 Be not carried away with various and strange doctrines; for [it is] good that the heart be confirmed with grace, not meats; those who have walked in which have not been profited by [them].किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

10 We have an altar of which they have no right to eat who serve the tabernacle;हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।

11 for of those beasts whose blood is carried [as sacrifices for sin] into the [holy of] holies by the high priest, of these the bodies are burned outside the camp.पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।

12 Wherefore also Jesus, that he might sanctify the people by his own blood, suffered without the gate:त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।

13 therefore let us go forth to him without the camp, bearing his reproach:यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।

14 for we have not here an abiding city, but we seek the coming one.यस धरतीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं।

15 By him therefore let us offer [the] sacrifice of praise continually to God, that is, [the] fruit of [the] lips confessing his name.यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोडनु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओठबाट निस्केको प्रशंसा नै त्यो बलि हो।

16 But of doing good and communicating [of your substance] be not forgetful, for with such sacrifices God is well pleased.अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।

17 Obey your leaders, and be submissive; for *they* watch over your souls as those that shall give account; that they may do this with joy, and not groaning, for this [would be] unprofitable for you.आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।

18 Pray for us: for we persuade ourselves that we have a good conscience, in all things desirous to walk rightly.हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैं जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ।

19 But I much more beseech [you] to do this, that I may the more quickly be restored to you.म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढता म केही चाहन्न।

20 But the God of peace, who brought again from among [the] dead our Lord Jesus, the great shepherd of the sheep, in [the power of the] blood of [the] eternal covenant,म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।

21 perfect you in every good work to the doing of his will, doing in you what is pleasing before him through Jesus Christ; to whom [be] glory for the ages of ages. Amen.म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।

22 But I beseech you, brethren, bear the word of exhortation, for it is but in few words that I have written to you.मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन।

23 Know that our brother Timotheus is set at liberty; with whom, if he should come soon, I will see you.हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।

24 Salute all your leaders, and all the saints. They from Italy salute you.तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।

25 Grace [be] with you all. Amen.परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्। 

Nepali Bible