Bible

Hebrews 1 - DBY (Nepali)

1 God having spoken in many parts and in many ways formerly to the fathers in the prophets,अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।

2 at the end of these days has spoken to us in [the person of the] Son, whom he has established heir of all things, by whom also he made the worlds;अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।

3 who being [the] effulgence of his glory and [the] expression of his substance, and upholding all things by the word of his power, having made [by himself] the purification of sins, set himself down on the right hand of the greatness on high,पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो।

4 taking a place by so much better than the angels, as he inherits a name more excellent than they.परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।

5 For to which of the angels said he ever, *Thou* art my Son: this day have *I* begotten thee? and again, *I* will be to him for father, and *he* shall be to me for son?परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” भजनसंग्रह 2:7उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”

6 and again, when he brings in the firstborn into the habitable world, he says, And let all God's angels worship him.अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाईयस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”

7 And as to the angels he says, Who makes his angels spirits and his ministers a flame of fire;स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ,“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतासजस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”

8 but as to the Son, Thy throne, O God, [is] to the age of the age, and a sceptre of uprightness [is] the sceptre of thy kingdom.तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।

9 Thou hast loved righteousness and hast hated lawlessness; therefore God, thy God, has anointed thee with oil of gladness above thy companions.तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”

10 And, *Thou* in the beginning, Lord, hast founded the earth, and works of thy hands are the heavens.परमेश्वर अझै भन्नुहुन्छ“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।

11 They shall perish, but *thou* continuest still; and they all shall grow old as a garment,“यी सब विनाश भएर जाने छन् तर तपाईं सदाकाल रहिरहनु हुनेछ अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्

12 and as a covering shalt thou roll them up, and they shall be changed; but *thou* art the Same, and thy years shall not fail.तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झै बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”

13 But as to which of the angels said he ever, Sit at my right hand until I put thine enemies [as] footstool of thy feet?अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई करिल्यै भन्नुभएन“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्, जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”

14 Are they not all ministering spirits, sent out for service on account of those who shall inherit salvation?सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

Nepali Bible