Bible

Haggai 2 - DBY (Nepali)

1 In the seventh [month], on the one and twentieth [day] of the month, came the word of Jehovah by the prophet Haggai, saying,सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो।

2 Speak now to Zerubbabel the son of Shealtiel, governor of Judah, and to Joshua the son of Jehozadak, the high priest, and to the remnant of the people, saying,वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,

3 Who is left among you that saw this house in its former glory? and how do ye see it now? Is it not as nothing in your eyes?“के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?

4 But now be strong, Zerubbabel, saith Jehovah; and be strong, Joshua son of Jehozadak, the high priest; and be strong, all ye people of the land, saith Jehovah, and work: for I am with you, saith Jehovah of hosts.तर यरूबाबेल, ‘अब तिमी साहसी बन!’ परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। काम गर! किनभने म तिमीहरूसंग छु।” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।

5 The word that I covenanted with you when ye came out of Egypt, and my Spirit, remain among you: fear ye not.परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।

6 For thus saith Jehovah of hosts: Yet once, it is a little while, and I will shake the heavens, and the earth, and the sea, and the dry [land];किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।

7 and I will shake all nations, and the desire of all nations shall come; and I will fill this house with glory, saith Jehovah of hosts.म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

8 The silver is mine, and the gold is mine, saith Jehovah of hosts.तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

9 The latter glory of this house shall be greater than the former, saith Jehovah of hosts; and in this place will I give peace, saith Jehovah of hosts.यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ। सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।आज आशिषको कार्यको आरम्भ

10 On the four and twentieth [day] of the ninth [month], in the second year of Darius, came the word of Jehovah by Haggai the prophet, saying,फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो।

11 Thus saith Jehovah of hosts: Ask now the priests [concerning] the law, saying,सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।

12 If one bear holy flesh in the skirt of his garment, and with his skirt do touch bread, or pottage, or wine, or oil, or any food -- shall it become holy? And the priests answered and said, No.“मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”पूजाहारीले उत्तर दियो, “अँहँ।”

13 And Haggai said, If one that is unclean by a dead body touch any of these, is it become unclean? And the priests answered and said, It shall be unclean.त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

14 Then answered Haggai and said, So is this people, and so is this nation before me, saith Jehovah, and so is every work of their hands; and that which they offer there is unclean.तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।

15 And now, I pray you, consider from this day and onward, from before a stone was laid upon a stone in the temple of Jehovah,तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?

16 -- before those [days] were, when one came to a heap of twenty [measures], there were but ten; when one came to the vat to draw out fifty press-measures, there were but twenty.त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।

17 I smote you with blasting and with mildew and with hail in all the work of your hands; and ye [turned] not to me, saith Jehovah.मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

18 Consider, I pray you, from this day and onward, from the four and twentieth day of the ninth [month], from the day that the foundation of Jehovah's temple was laid, consider [it].परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।

19 Is the seed yet in the barn? yea, the vine, and the fig-tree, and the pomegranate, and the olive-tree have not brought forth: from this day will I bless [you].“के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”

20 And the word of Jehovah came the second time unto Haggai on the four and twentieth [day] of the month, saying,अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो,

21 Speak to Zerubbabel, governor of Judah, saying, I will shake the heavens and the earth;“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।

22 and I will overthrow the throne of kingdoms, and I will destroy the strength of the kingdoms of the nations; and I will overthrow the chariots, and those that ride therein; and the horses and their riders shall come down, every one by the sword of his brother.अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।

23 In that day, saith Jehovah of hosts, will I take thee, Zerubbabel son of Shealtiel, my servant, saith Jehovah, and will make thee as a signet; for I have chosen thee, saith Jehovah of hosts.सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभमे मैले तिमीलाई रोजेकोछु।”सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो। 

Nepali Bible