Matthew 16:1 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
Matthew 16:1 in Other Translations
King James Version (KJV) The Pharisees also with the Sadducees came, and tempting desired him that he would shew them a sign from heaven.
American Standard Version (ASV) And the Pharisees and Sadducees came, and trying him asked him to show them a sign from heaven.
Bible in Basic English (BBE) And the Pharisees and Sadducees came and, testing him, made a request to him to give them a sign from heaven.
Darby English Bible (DBY) And the Pharisees and Sadducees, coming to [him], asked him, tempting [him], to shew them a sign out of heaven.
World English Bible (WEB) The Pharisees and Sadducees came, and testing him, asked him to show them a sign from heaven.
Young's Literal Translation (YLT) And the Pharisees and Sadducees having come, tempting, did question him, to shew to them a sign from the heaven,
Read Full Chapter :
Matthew 16
Cross Reference
लूका 11:16
अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए।
मत्ती 16:6
येशूले तिनीहरूलाई भन्नुभयो, “आफैलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैलाई जोगाऊ।”
प्रेरित 4:1
जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
यूहन्ना 8:6
यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो।
1 कोरिन्थी 1:22
यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्।
मत्ती 15:1
त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने,
मत्ती 16:11
यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको छु भनेर तिमीहरू किन बुझ्दैनौ। म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”
मत्ती 19:3
केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
मत्ती 22:15
तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए।
मत्ती 22:18
तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझी हाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?
मत्ती 22:23
त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;
मत्ती 22:34
येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।
मत्ती 23:2
“कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।
मत्ती 27:62
त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
मर्कूस 8:11
फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।
मर्कूस 10:2
केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसंग विवाह विच्छेद गर्नु उचित हो?”
मत्ती 3:7
धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
मर्कूस 12:18
तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।
लूका 10:25
त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
लूका 11:29
मानिसहरूको भीड बिस्तार बढदै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।”
लूका 11:53
जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।
लूका 12:54
येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
लूका 20:23
तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो,
लूका 20:27
कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने,
यूहन्ना 6:30
तब मानिसहरूले सोधे, तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौंै भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ?
प्रेरित 5:17
प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
प्रेरित 23:6
सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”
मर्कूस 12:15
तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
मत्ती 5:20
म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।
मत्ती 9:11
येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, ‘किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?’
मत्ती 12:14
तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
मत्ती 12:38
तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, ‘गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।’