Bible

James 4 - DBY (Nepali)

1 Whence [come] wars and whence fightings among you? [Is it] not thence, -- from your pleasures, which war in your members?के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,

2 Ye lust and have not: ye kill and are full of envy, and cannot obtain; ye fight and war; ye have not because ye ask not.तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ।

3 Ye ask and receive not, because ye ask evilly, that ye may consume [it] in your pleasures.अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किन? किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

4 Adulteresses, know ye not that friendship with the world is enmity with God? Whoever therefore is minded to be [the] friend of the world is constituted enemy of God.अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।

5 Think ye that the scripture speaks in vain? Does the Spirit which has taken his abode in us desire enviously?के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

6 But he gives more grace. Wherefore he says, God sets himself against [the] proud, but gives grace to [the] lowly.तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

7 Subject yourselves therefore to God. Resist the devil, and he will flee from you.यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ।

8 Draw near to God, and he will draw near to you. Cleanse [your] hands, sinners, and purify [your] hearts, ye double-minded.परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

9 Be wretched, and mourn, and weep: let your laughter be turned to mourning, and [your] joy to heaviness.उदास बन, दुखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर।

10 Humble yourselves before [the] Lord, and he shall exalt you.परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

11 Speak not against one another, brethren. He that speaks against [his] brother, or judges his brother, speaks against [the] law and judges [the] law. But if thou judgest [the] law, thou art not doer of [the] law, but judge.भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

12 One is the lawgiver and judge, who is able to save and to destroy: but who art *thou* who judgest thy neighbour?परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

13 Go to now, ye who say, To-day or to-morrow will we go into such a city and spend a year there, and traffic and make gain,तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ र्वष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच

14 ye who do not know what will be on the morrow, ([for] what [is] your life? It is even a vapour, appearing for a little while, and then disappearing,)भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

15 instead of your saying, If the Lord should [so] will and we should live, we will also do this or that.यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”

16 But now ye glory in your vauntings: all such glorying is evil.तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।

17 To him therefore who knows how to do good, and does it not, to him it is sin.अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।

Nepali Bible