Isaiah 56:2 त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।
Isaiah 56:2 in Other Translations
King James Version (KJV) Blessed is the man that doeth this, and the son of man that layeth hold on it; that keepeth the sabbath from polluting it, and keepeth his hand from doing any evil.
American Standard Version (ASV) Blessed is the man that doeth this, and the son of man that holdeth it fast; that keepeth the sabbath from profaning it, and keepeth his hand from doing any evil.
Bible in Basic English (BBE) Happy is the man who does this, and the son of man whose behaviour is so ordered; who keeps the Sabbath holy, and his hand from doing any evil.
Darby English Bible (DBY) Blessed is the man that doeth this, and the son of man that holdeth fast to it; that keepeth the sabbath from profaning it, and keepeth his hand from doing any evil.
World English Bible (WEB) Blessed is the man who does this, and the son of man who holds it fast; who keeps the Sabbath from profaning it, and keeps his hand from doing any evil.
Young's Literal Translation (YLT) O the happiness of a man who doth this, And of a son of man who keepeth hold on it, Keeping the sabbath from polluting it, And keeping his hand from doing any evil.
Read Full Chapter :
Isaiah 56
Cross Reference
यशैया 58:13
त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।
इजकिएल 20:12
मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।
यर्मिया 17:21
परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।
इजकिएल 20:20
यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”
प्रस्थान 31:13
“इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
भजनसंग्रह 112:1
परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
लूका 11:28
तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
यूहन्ना 13:17
यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
भजनसंग्रह 37:27
यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।
भजनसंग्रह 106:3
मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सँधैभरि असल कामहरू गर्दछन्।
भजनसंग्रह 119:1
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
भजनसंग्रह 119:101
मेरो प्रत्येक पाठशाला बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
भजनसंग्रह 128:1
परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
हितोपदेश 4:13
अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
हितोपदेश 14:16
एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढछ।
हितोपदेश 16:6
राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
हितोपदेश 16:17
धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
उपदेशक 7:18
अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।
यशैया 56:4
ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुसरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँचो हृदयले अनुशरण गर्छन्। यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ।
यशैया 56:6
कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।
प्रकाश 22:14
“ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।
हितोपदेश 4:27
दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।
प्रस्थान 20:8
“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।
प्रस्थान 20:10
“तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।
लेवी 19:30
“तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।
नहेम्याह 13:17
तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ?
भजनसंग्रह 1:1
यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
भजनसंग्रह 15:1
हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ? तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
भजनसंग्रह 34:14
नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
लूका 12:43
मालिक आँउदा आफुले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो नोकर अति खुशी हुनेछ।
रोमी 12:9
तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।