Bible

Isaiah 22 - WEB (Nepali)

1 The burden of the valley of vision. What ails you now, that you are wholly gone up to the housetops?दिव्य दर्शनको बेंसी बारे दुखको सन्देश तिमीहरूलाई के भयो? घरमाथि किन लुकिरहेछौ?

2 You that are full of shouting, a tumultuous city, a joyous town; your slain are not slain with the sword, neither are they dead in battle.विगतमा, यो शहर अत्यन्त व्यस्त थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।

3 All your rulers fled away together, they were bound by the archers; all who were found of you were bound together; they fled afar off.तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राउ परे।

4 Therefore said I, Look away from me, I will weep bitterly; don't labor to comfort me for the destruction of the daughter of my people.यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम ध्वंश भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।”

5 For it is a day of confusion, and of treading down, and of perplexity, from the Lord, Yahweh of Hosts, in the valley of vision; a breaking down of the walls, and a crying to the mountains.परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एकअर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्।

6 Elam bore the quiver, with chariots of men [and] horsemen; and Kir uncovered the shield.एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।

7 It happened that your choicest valleys were full of chariots, and the horsemen set themselves in array at the gate.सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ।

8 He took away the covering of Judah; and you did look in that day to the armor in the house of the forest.त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

9 You saw the breaches of the city of David, that they were many; and you gathered together the waters of the lower pool;दाऊदको शहरका भित्ताहरू र्चकिन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ।

10 and you numbered the houses of Jerusalem, and you broke down the houses to fortify the wall;तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ।

11 you made also a reservoir between the two walls for the water of the old pool. But you didn't look to him who had done this, neither did you have respect for him who purposed it long ago.तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो।

12 In that day did the Lord, Yahweh of Hosts, call to weeping, and to mourning, and to baldness, and to girding with sackcloth:यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

13 and behold, joy and gladness, killing oxen and killing sheep, eating flesh and drinking wine: let us eat and drink, for tomorrow we shall die.तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेडाहरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् खाद्य र मद ग्रहण गरिरहेकाछन् अनि भनिरहेकाछन्, “खाऊ अनि मदपान गर किनभने भोलि हामी मर्नेछौं।”

14 Yahweh of Hosts revealed himself in my ears, Surely this iniquity shall not be forgiven you until you die, says the Lord, Yahweh of Hosts.सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।

15 Thus says the Lord, Yahweh of Hosts, Go, get yourself to this treasurer, even to Shebna, who is over the house, [and say],मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, “त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो।

16 "What are you doing here? and who has you here, that you have hewed out a tomb here? Cutting him out a tomb on high, chiseling a habitation for himself in the rock!"उसलाई सोध, ‘तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ?’“तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।

17 Behold, Yahweh, like a [strong] man, will hurl you away violently; yes, he will wrap you up closely.“हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।

18 He will surely wind you round and round, [and toss you] like a ball into a large country; there shall you die, and there shall be the chariots of your glory, you shame of your lord's house.”परमप्रभुले भन्नुभयो, “तिमी आफ्नो रथमाथि एकदम घमण्डी थियौ। तर टाढाको देशमा तिम्रो नयाँ शासककहाँ अझ उत्तम रथहरू पाउनेछौ। अनि तिम्रो रथहरूले उसको राजमहलमा त्यतिको महत्व पाउने छैन्।

19 I will thrust you from your office; and from your station shall you be pulled down.म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ।

20 It shall happen in that day, that I will call my servant Eliakim the son of Hilkiah:त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो।

21 and I will cloth him with your robe, and strengthen him with your belt, and I will commit your government into his hand; and he shall be a father to the inhabitants of Jerusalem, and to the house of Judah.म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।

22 The key of the house of David will I lay on his shoulder; and he shall open, and none shall shut; and he shall shut, and none shall open.“म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन।

23 I will fasten him as a nail in a sure place; and he shall be for a throne of glory to his father's house.म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।

24 They shall hang on him all the glory of his father's house, the offspring and the issue, every small vessel, from the cups even to all the pitchers.आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।

25 In that day, says Yahweh of hosts, shall the nail that was fastened in a sure place give way; and it shall be hewn down, and fall; and the burden that was on it shall be cut off; for Yahweh has spoken it.“त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खंरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।

Nepali Bible