Genesis 8 - WEB (Nepali)
1 God remembered Noah, all the animals, and all the cattle that were with him in the ark; and God made a wind to pass over the earth. The waters subsided.नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।
2 The deep's fountains and the sky's windows were also stopped, and the rain from the sky was restrained.आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।
3 The waters receded from off the earth continually. After the end of one hundred fifty days the waters decreased.त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150दिन पुगेपछि पानी घटेको थियो
4 The ark rested in the seventh month, on the seventeenth day of the month, on Ararat's mountains.अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो।
5 The waters receded continually until the tenth month. In the tenth month, on the first day of the month, the tops of the mountains were seen.यसरी पानी दशौं महीना नपुगुञ्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरु देखिए।
6 It happened at the end of forty days, that Noah opened the window of the ark which he had made,त्यसपछि चालीसौं दिनको अन्तमा न्हले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।
7 and he sent forth a raven. It went back and forth, until the waters were dried up from off the earth.अनि त्यो काग पृथ्वीमा पानी नसुकुञ्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो।
8 He sent forth a dove from him, to see if the waters were abated from off the surface of the ground,त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।
9 but the dove found no place to rest her foot, and she returned to him into the ark; for the waters were on the surface of the whole earth. He put forth his hand, and took her, and brought her to him into the ark.तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।
10 He stayed yet another seven days; and again he sent forth the dove out of the ark.नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,
11 The dove came back to him at evening, and, behold, in her mouth was an olive leaf plucked off. So Noah knew that the waters were abated from off the earth.अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।
12 He stayed yet another seven days, and sent forth the dove; and she didn't return to him any more.त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।
13 It happened in the six hundred first year, in the first month, the first day of the month, the waters were dried up from off the earth. Noah removed the covering of the ark, and looked. He saw that the surface of the ground was dried.नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।
14 In the second month, on the twenty-seventh day of the month, the earth was dry.दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।
15 God spoke to Noah, saying,तब परमेश्वरले नूहलाई भन्नुभयो,
16 "Go forth from the ark, you, and your wife, and your sons, and your sons' wives with you.“तँ, तेरी पत्नी, तेरा छोराहरु र बुहारीहरु लिएर जहाज बाहिर आइज।
17 Bring forth with you every living thing that is with you of all flesh, including birds, cattle, and every creeping thing that creeps on the earth; that they may breed abundantly in the earth, and be fruitful, and multiply on the earth."जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”
18 Noah went forth, with his sons, his wife, and his sons' wives with him.यसर्थ, नूह उनका छोराहरु, उनकी पत्नी तथा बुहारीहरु जहाजबाट बाहिर भूमिमा निस्के।
19 Every animal, every creeping thing, and every bird, whatever moves on the earth, after their families, went forth out of the ark.आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।
20 Noah built an altar to Yahweh, and took of every clean animal, and of every clean bird, and offered burnt offerings on the altar.त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
21 Yahweh smelled the sweet savor. Yahweh said in his heart, "I will not again curse the ground any more for man's sake, because the imagination of man's heart is evil from his youth; neither will I ever again strike everything living, as I have done.परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।
22 While the earth remains, seed time and harvest, and cold and heat, and summer and winter, and day and night shall not cease."जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
Nepali Bible