Genesis 46 - DBY (Nepali)
1 And Israel took his journey with all that he had, and came to Beer-sheba; and he offered sacrifices to the God of his father Isaac.यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।
2 And God spoke to Israel in the visions of the night and said, Jacob, Jacob! And he said, Here am I.त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”
3 And he said, I am ùGod, the God of thy father: fear not to go down to Egypt; for I will there make of thee a great nation.तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।
4 I will go down with thee to Egypt, and I will also certainly bring thee up; and Joseph shall put his hand on thine eyes.म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”
5 And Jacob rose up from Beer-sheba; and the sons of Israel carried Jacob their father, and their little ones, and their wives, on the waggons that Pharaoh had sent to carry him.त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे।
6 And they took their cattle, and their goods which they had acquired in the land of Canaan, and came to Egypt, Jacob and all his seed with him;तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए।
7 his sons and his sons' sons with him, his daughters and his sons' daughters and all his seed he brought with him to Egypt.तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।
8 And these are the names of the sons of Israel who came into Egypt: Jacob and his sons. Jacob's firstborn, Reuben.तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनःरूबेन याकूबका जेठो छोरो थिए।
9 And the sons of Reuben: Enoch, and Phallu, and Hezron, and Carmi.रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
10 -- And the sons of Simeon: Jemuel, and Jamin, and Ohad, and Jachin, and Zohar, and Saul the son of a Canaanitish woman.शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)
11 -- And the sons of Levi: Gershon, Kohath, and Merari.लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
12 -- And the sons of Judah: Er, and Onan, and Shelah, and Pherez, and Zerah; but Er and Onan died in the land of Canaan. And the sons of Pherez were Hezron and Hamul.यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
13 -- And the sons of Issachar: Tola, and Puah, and Job, and Shimron.इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।
14 -- And the sons of Zebulun: Sered, and Elon, and Jahleel.जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
15 -- These are the sons of Leah, whom she bore to Jacob in Padan-Aram; and his daughter, Dinah. All the souls of his sons and his daughters were thirty-three.रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।
16 And the sons of Gad: Ziphion and Haggi, Shuni and Ezbon, Eri, and Arodi, and Areli.गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
17 -- And the sons of Asher: Jimnah, and Jishvah, and Jishvi, and Beriah; and Serah their sister; and the sons of Beriah: Heber and Malchiel.अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
18 -- These are the sons of Zilpah, whom Laban gave to Leah his daughter; and she bore these to Jacob: sixteen souls.यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
19 The sons of Rachel Jacob's wife: Joseph and Benjamin.याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
20 And to Joseph in the land of Egypt were born Manasseh and Ephraim, whom Asnath bore to him, the daughter of Potipherah the priest in On.मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।
21 -- And the sons of Benjamin: Belah, and Becher, and Ashbel, Gera and Naaman, Ehi and Rosh, Muppim, and Huppim, and Ard.बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
22 -- These are the sons of Rachel who were born to Jacob: all the souls were fourteen.यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
23 And the sons of Dan: Hushim.हुशीम दानका छोरो थियो।
24 -- And the sons of Naphtali: Jahzeel, and Guni, and Jezer, and Shillem.नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
25 -- These are the sons of Bilhah, whom Laban gave to Rachel his daughter; and she bore these to Jacob: all the souls were seven.याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
26 All the souls that came with Jacob to Egypt, that had come out of his loins, besides Jacob's sons' wives: all the souls were sixty-six.याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
27 And the sons of Joseph who were born to him in Egypt, were two souls. All the souls of the house of Jacob that came to Egypt were seventy.त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।इस्राएल मिश्रमा पुग्छ
28 And he sent Judah before him to Joseph, to give notice before he came to Goshen. And they came into the land of Goshen.याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।
29 Then Joseph yoked his chariot, and went up to meet Israel his father, to Goshen, and he presented himself to him; and he fell on his neck, and wept on his neck a good while.यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
30 And Israel said to Joseph, Now let me die, after I have seen thy face, since thou still livest.तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”
31 And Joseph said to his brethren and to his father's house, I will go up, and tell Pharaoh, and say to him, My brethren and my father's house, who were in the land of Canaan, are come to me;यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्।
32 and the men are shepherds, for they have been occupied with cattle; and they have brought their sheep, and their cattle, and all that they have.यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले संधै भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’
33 And it shall come to pass that when Pharaoh shall call you and say, What is your occupation?जब फिरऊनले बोलने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’
34 then ye shall say, Thy servants are men that have been occupied with cattle from our youth even until now, both we and our fathers; in order that ye may dwell in the land of Goshen; for every shepherd is an abomination to the Egyptians.तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’
Nepali Bible