Bible

Genesis 45 - WEB (Nepali)

1 Then Joseph couldn't control himself before all those who stood before him, and he cried, "Cause every man to go out from me!" There stood no man with him, while Joseph made himself known to his brothers.यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने।

2 He wept aloud. The Egyptians heard, and the house of Pharaoh heard.यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने।

3 Joseph said to his brothers, "I am Joseph! Does my father still live?" His brothers couldn't answer him; for they were terrified at his presence.यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।

4 Joseph said to his brothers, "Come near to me, please." They came near. "He said, I am Joseph, your brother, whom you sold into Egypt.यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।

5 Now don't be grieved, nor angry with yourselves, that you sold me here, for God sent me before you to preserve life.अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।

6 For these two years the famine has been in the land, and there are yet five years, in which there will be neither plowing nor harvest.यस भयंकर अनिकाल दुइ वर्षसम्म चल्यो अनि अझै पाँच वर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ।

7 God sent me before you to preserve you a remnant in the earth, and to save you alive by a great deliverance.यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो।

8 So now it wasn't you who sent me here, but God, and he has made me a father to Pharaoh, lord of all his house, and ruler over all the land of Egypt.यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”

9 Hurry, and go up to my father, and tell him, 'This is what your son Joseph says, "God has made me lord of all Egypt. Come down to me. Don't wait.यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।”परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु।

10 You shall dwell in the land of Goshen, and you will be near to me, you, your children, your children's children, your flocks, your herds, and all that you have.तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ।

11 There I will nourish you; for there are yet five years of famine; lest you come to poverty, you, and your household, and all that you have."'म आउँदो पाँच वर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।

12 Behold, your eyes see, and the eyes of my brother Benjamin, that it is my mouth that speaks to you.यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु।

13 You shall tell my father of all my glory in Egypt, and of all that you have seen. You shall hurry and bring my father down here."यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”

14 He fell on his brother Benjamin's neck, and wept, and Benjamin wept on his neck.त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे।

15 He kissed all his brothers, and wept on them. After that his brothers talked with him.त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।

16 The report of it was heard in Pharaoh's house, saying, "Joseph's brothers have come." It pleased Pharaoh well, and his servants.फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।

17 Pharaoh said to Joseph, "Tell your brothers, 'Do this. Load your animals, and go, travel to the land of Canaan.यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन।

18 Take your father and your households, and come to me, and I will give you the good of the land of Egypt, and you will eat the fat of the land.'आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।”

19 Now you are commanded: do this. Take wagons out of the land of Egypt for your little ones, and for your wives, and bring your father, and come.त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु।

20 Also, don't concern yourselves about your belongings, for the good of all of the land of Egypt is yours."आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसंगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”

21 The sons of Israel did so. Joseph gave them wagons, according to the commandment of Pharaoh, and gave them provision for the way.यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।

22 To all of them he gave each man changes of clothing, but to Benjamin he gave three hundred pieces of silver and five changes of clothing.यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए।

23 To his father, he sent after this manner: ten donkeys loaded with the good things of Egypt, and ten female donkeys loaded with grain and bread and provision for his father by the way.यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए।

24 So he sent his brothers away, and they departed. He said to them, "See that you don't quarrel on the way."त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”

25 They went up out of Egypt, and came into the land of Canaan, to Jacob their father.यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए।

26 They told him, saying, "Joseph is still alive, and he is ruler over all the land of Egypt." His heart fainted, for he didn't believe them.दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्।

27 They told him all the words of Joseph, which he had said to them. When he saw the wagons which Joseph had sent to carry him, the spirit of Jacob, their father, revived.तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए।

28 Israel said, "It is enough. Joseph my son is still alive. I will go and see him before I die."इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेटून जानेछु।”

Nepali Bible