Genesis 4 - BBE (Nepali)
1 And the man had connection with Eve his wife, and she became with child and gave birth to Cain, and said, I have got a man from the Lord.आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
2 Then again she became with child and gave birth to Abel, his brother. And Abel was a keeper of sheep, but Cain was a farmer.तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।
3 And after a time, Cain gave to the Lord an offering of the fruits of the earth.केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो।
4 And Abel gave an offering of the young lambs of his flock and of their fat. And the Lord was pleased with Abel's offering;हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो।अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।
5 But in Cain and his offering he had no pleasure. And Cain was angry and his face became sad.तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
6 And the Lord said to Cain, Why are you angry? and why is your face sad?परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तलाईं स्वीकार
7 If you do well, will you not have honour? and if you do wrong, sin is waiting at the door, desiring to have you, but do not let it be your master.गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”
8 And Cain said to his brother, Let us go into the field: and when they were in the field, Cain made an attack on his brother Abel and put him to death.कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरु खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।
9 And the Lord said to Cain, Where is your brother Abel? And he said, I have no idea: am I my brother's keeper?तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
10 And he said, What have you done? the voice of your brother's blood is crying to me from the earth.त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ।
11 And now you are cursed from the earth, whose mouth is open to take your brother's blood from your hand;तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।
12 No longer will the earth give you her fruit as the reward of your work; you will be a wanderer in flight over the earth.जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”
13 And Cain said, My punishment is greater than my strength.तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो।
14 You have sent me out this day from the face of the earth and from before your face; I will be a wanderer in flight over the earth, and whoever sees me will put me to death.हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”
15 And the Lord said, Truly, if Cain is put to death, seven lives will be taken for his. And the Lord put a mark on Cain so that no one might put him to death.तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।”
16 And Cain went away from before the face of the Lord, and made his living-place in the land of Nod on the east of Eden.तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
17 And Cain had connection with his wife and she became with child and gave birth to Enoch: and he made a town, and gave the town the name of Enoch after his son.कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।
18 And Enoch had a son Irad: and Irad became the father of Mehujael: and Mehujael became the father of Methushael: and Methushael became the father of Lamech.हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।
19 And Lamech had two wives; the name of the one was Adah, and the name of the other Zillah.लेमेकले दुइवटी स्त्रीहरुसित विवाह गर्यो, तिनीहरुको नाउँ आदा र सिल्ला थियो।
20 And Adah gave birth to Jabal: he was the father of such as are living in tents and keep cattle.आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए।
21 And his brother's name was Jubal: he was the father of all players on instruments of music.याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए।
22 And Zillah gave birth to Tubal-cain, who is the father of every maker of cutting instruments of brass and iron: and the sister of Tubal-cain was Naamah.सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरु बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।
23 And Lamech said to his wives, Adah and Zillah, give ear to my voice; you wives of Lamech, give attention to my words, for I would put a man to death for a wound, and a young man for a blow;लेमेकले आफ्ना पत्नीहरुलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरु हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
24 If seven lives are to be taken as punishment for Cain's death, seventy-seven will be taken for Lamech's.यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ।”
25 And Adam had connection with his wife again, and she gave birth to a son to whom she gave the name of Seth: for she said, God has given me another seed in place of Abel, whom Cain put to death.आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”
26 And Seth had a son, and he gave him the name of Enosh: at this time men first made use of the name of the Lord in worship.सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरुले परमप्रभुलाई विश्वास गर्न थाले।
Nepali Bible