Genesis 38 - WEB (Nepali)
1 It happened at that time, that Judah went down from his brothers, and visited a certain Adullamite, whose name was Hirah.त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो।
2 Judah saw there a daughter of a certain Canaanite whose name was Shua. He took her, and went in to her.यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो।
3 She conceived, and bore a son; and he named him Er.त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी।
4 She conceived again, and bore a son; and she named him Onan.पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी।
5 She yet again bore a son, and named him Shelah: and he was at Chezib, when she bore him.पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।
6 Judah took a wife for Er, his firstborn, and her name was Tamar.यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।
7 Er, Judah's firstborn, was wicked in the sight of Yahweh. Yahweh killed him.तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसंग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।
8 Judah said to Onan, "Go in to your brother's wife, and perform the duty of a husband's brother to her, and raise up seed to your brother."त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”
9 Onan knew that the seed wouldn't be his; and it happened, when he went in to his brother's wife, that he spilled it on the ground, lest he should give seed to his brother.ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।
10 The thing which he did was evil in the sight of Yahweh, and he killed him also.यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।
11 Then Judah said to Tamar, his daughter-in-law, "Remain a widow in your father's house, until Shelah, my son, is grown up;" for he said, "Lest he also die, like his brothers." Tamar went and lived in her father's house.त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।
12 After many days, Shua's daughter, the wife of Judah, died. Judah was comforted, and went up to his sheep-shearers to Timnah, he and his friend Hirah, the Adullamite.पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेडाबाट काटिएको ऊन लिन यहुदा तिम्ना गए।
13 It was told Tamar, saying, "Behold, your father-in-law is going up to Timnah to shear his sheep."उसको ससुरा यहूदा भेडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई।
14 She took off of her the garments of her widowhood, and covered herself with her veil, and wrapped herself, and sat in the gate of Enaim, which is by the way to Timnah; for she saw that Shelah was grown up, and she wasn't given to him as a wife.तामारले संधै विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।
15 When Judah saw her, he thought that she was a prostitute, for she had covered her face.यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई।
16 He turned to her by the way, and said, "Please come, let me come in to you:" for he didn't know that she was his daughter-in-law. She said, "What will you give me, that you may come in to me?"यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई।उनले भनी, “तिमीले मलाई के दिन्छौ?”
17 He said, "I will send you a kid of the goats from the flock." She said, "Will you give me a pledge, until you send it?"यहूदाले उत्तर दियो, “म मेरो भेडाको हुलबाट एउटा भेडा पठाइ दिनेछु।”उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेडा नपठाउञ्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”
18 He said, "What pledge will I give you?" She said, "Your signet and your cord, and your staff that is in your hand." He gave them to her, and came in to her, and she conceived by him.यहूदाले सोध्यो, “मैले भेडा नपठाउञ्जेलसम्म के बन्धक राख्न चाहन्छौ?”तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्।
19 She arose, and went away, and put off her veil from her, and put on the garments of her widowhood.तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।
20 Judah sent the kid of the goats by the hand of his friend, the Adullamite, to receive the pledge from the woman's hand, but he didn't find her.त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन।
21 Then he asked the men of her place, saying, "Where is the prostitute, that was at Enaim by the road?" They said, "There has been no prostitute here."हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?” मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”
22 He returned to Judah, and said, "I haven't found her; and also the men of the place said, 'There has been no prostitute here.'"यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”
23 Judah said, "Let her keep it, lest we be shamed. Behold, I sent this kid, and you haven't found her."यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”
24 It happened about three months later, that it was told Judah, saying, "Tamar, your daughter-in-law, has played the prostitute; and moreover, behold, she is with child by prostitution." Judah said, "Bring her forth, and let her be burnt."प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले उ वेश्यावृतिले गर्दा गर्भवती छे।”तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”
25 When she was brought forth, she sent to her father-in-law, saying, "By the man, whose these are, I am with child." She also said, "Please discern whose are these-- the signet, and the cords, and the staff."यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?”
26 Judah acknowledged them, and said, "She is more righteous than I, because I didn't give her to Shelah, my son." He knew her again no more.यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।
27 It happened in the time of her travail, that behold, twins were in her womb.तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्।
28 It happened, when she travailed, that one put out a hand: and the midwife took and tied a scarlet thread on his hand, saying, "This came out first."जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।”
29 It happened, as he drew back his hand, that behold, his brother came out, and she said, "Why have you made a breach for yourself?" Therefore his name was called Perez.{Perez means "breaking out."}तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।
30 Afterward his brother came out, that had the scarlet thread on his hand, and his name was called Zerah.{Zerah means "scarlet" or "brightness."}त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।
Nepali Bible