Genesis 32 - WBT (Nepali)
1 And Jacob went on his way, and the angels of God met him.याकूबले पनि त्यो ठाउँ छोड्यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो।
2 And when Jacob saw them, he said, This is God's host: and he called the name of that place Mahanaim.जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ ‘महनोम’ राख्यो।
3 And Jacob sent messengers before him to Esau his brother, to the land of Seir, the country of Edom.याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।
4 And he commanded them, saying, Thus shall ye speak to my lord Esau: Thy servant Jacob saith thus, I have sojourned with Laban, and stayed there till now:याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।
5 And I have oxen, and asses, flocks, and men-servants, and women-servants: and I have sent to tell my lord, that I may find grace in thy sight.मसित गाई, गधा, भेडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।”‘
6 And the messengers returned to Jacob, saying, We came to thy brother Esau, and also he is coming to meet thee, and four hundred men with him.ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”
7 Then Jacob was greatly afraid, and distressed: and he divided the people that were with him, and the flocks, and herds, and camels, into two bands;त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुई भागमा बाँड्यो। उनले गाई-वस्तु, भेडा बाख्राहरू र ऊँटहरू दुई भाग पार्यो।
8 And said, If Esau shall come to the one company, and smite it, then the other company which is left, will escape.याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”
9 And Jacob said, O God of my father Abraham, and God of my father Isaac, the LORD who saidst to me, Return to thy country, and to thy kindred, and I will deal well with thee;याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।
10 I am not worthy of the least of all the mercies, and of all the truth, which thou hast shown to thy servant: for with my staff I passed over this Jordan, and now I am become two bands.तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु।
11 Deliver me, I pray thee, from the hand of my brother, from the hand of Esau: for I fear him, lest he shall come and smite me, and the mother with the children.म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।
12 And thou saidst, I will surely do thee good, and make thy seed as the sand of the sea, which cannot be numbered for multitude.तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।”‘
13 And he lodged there that same night; and took of that which came to his hand a present for Esau, his brother;अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।
14 Two hundred she-goats, and twenty he-goats, two hundred ewes and twenty rams,याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेडा,
15 Thirty milch camels with their colts, forty cows and ten bulls, twenty she-asses and ten foals.बीसवटा ठूलो भेडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो।
16 And he delivered them into the hand of his servants, every drove by themselves; and said to his servants, Pass over before me, and put a space betwixt drove and drove.याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।”
17 And he commanded the foremost, saying, When Esau, my brother, meeteth thee, and asketh thee, saying, Whose art thou? and whither goest thou? and whose are these before thee?याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’
18 Then thou shalt say, They are thy servant Jacob's: it is a present sent to my lord Esau: and behold also he is behind us.तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।”‘
19 And so he commanded the second, and the third, and all that followed the droves, saying, In this manner shall ye speak to Esau, when ye find him.याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।
20 And say ye moreover, Behold, thy servant Jacob is behind us. For he said, I will appease him with the present that goeth before me, and afterward I will see his face; peradventure he will accept of me.तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।”‘याकूबले सोच्यो, “यदि यी उपहारहरूसंगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
21 So the present went over before him; and he himself lodged that night in the company.यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।
22 And he arose that night, and took his two wives, and his two women-servants, and his eleven sons, and passed over the ford Jabbok.त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।
23 And he took them, and sent them over the brook, and sent over that which he had.उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसंग भएका प्रत्येक चीज नदी पारी पठायो।
24 And Jacob was left alone; and there wrestled a man with him, until the breaking of the day.याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो।
25 And when he saw that he prevailed not against him, he touched the hollow of his thigh: and the hollow of Jacob's thigh was out of joint, as he wrestled with him.त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससंग कुश्ती लडदै थियो।
26 And he said, Let me go, for the day breaketh; And he said, I will not let thee go, except thou bless me.तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
27 And he said to him, What is thy name? And he said, Jacob.अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?”अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
28 And he said, Thy name shall be called no more Jacob, but Israel: for as a prince hast thou power with God, and with men, and hast prevailed.तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
29 And Jacob asked him, and said, Tell me, I pray thee, thy name: And he said, why is it that thou dost ask after my name? and he blessed him there.तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
30 And Jacob called the name of the place Peniel: for I have seen God face to face, and my life is preserved.यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।”
31 And as he passed over Penuel the sun rose upon him, and he halted upon his thigh.उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।
32 Therefore the children of Israel eat not of the sinew which shrunk, which is upon the hollow of the thigh, to this day; because he touched the hollow of Jacob's thigh in the sinew that shrunk.यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।
Nepali Bible