Genesis 32 - BBE (Nepali)
1 And on his way Jacob came face to face with the angels of God.याकूबले पनि त्यो ठाउँ छोड्यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो।
2 And when he saw them he said, This is the army of God: so he gave that place the name of Mahanaim.जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ ‘महनोम’ राख्यो।
3 Now Jacob sent servants before him to Esau, his brother, in the land of Seir, the country of Edom;याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।
4 And he gave them orders to say these words to Esau: Your servant Jacob says, Till now I have been living with Laban:याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।
5 And I have oxen and asses and flocks and men-servants and women-servants: and I have sent to give my lord news of these things so that I may have grace in his eyes.मसित गाई, गधा, भेडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।”‘
6 When the servants came back they said, We have seen your brother Esau and he is coming out to you, and four hundred men with him.ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”
7 Then Jacob was in great fear and trouble of mind: and he put all the people and the flocks and the herds and the camels into two groups;त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुई भागमा बाँड्यो। उनले गाई-वस्तु, भेडा बाख्राहरू र ऊँटहरू दुई भाग पार्यो।
8 And said, If Esau, meeting one group, makes an attack on them, the others will get away safely.याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”
9 Then Jacob said, O God of my father Abraham, the God of my father Isaac, the Lord who said to me, Go back to your country and your family and I will be good to you:याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।
10 I am less than nothing in comparison with all your mercies and your faith to me your servant; for with only my stick in my hand I went across Jordan, and now I have become two armies.तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु।
11 Be my saviour from the hand of Esau, my brother: for my fear is that he will make an attack on me, putting to death mother and child.म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ।
12 And you said, Truly, I will be good to you, and make your seed like the sand of the sea which may not be numbered.तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।”‘
13 Then he put up his tent there for the night; and from among his goods he took, as an offering for his brother Esau,अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।
14 Two hundred she-goats and twenty he-goats, two hundred females and twenty males from the sheep,याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेडा,
15 Thirty camels with their young ones, forty cows, ten oxen, twenty asses, and ten young asses.बीसवटा ठूलो भेडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो।
16 These he gave to his servants, every herd by itself, and he said to his servants, Go on before me, and let there be a space between one herd and another.याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।”
17 And he gave orders to the first, saying, When my brother Esau comes to you and says, Whose servant are you, and where are you going, and whose are these herds?याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’
18 Then say to him, These are your servant Jacob's; they are an offering for my lord, for Esau; and he himself is coming after us.तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।”‘
19 And he gave the same orders to the second and the third and to all those who were with the herds, saying, This is what you are to say to Esau when you see him;याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु।
20 And you are to say further, Jacob, your servant, is coming after us. For he said to himself, I will take away his wrath by the offering which I have sent on, and then I will come before him: it may be that I will have grace in his eyes.तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।”‘याकूबले सोच्यो, “यदि यी उपहारहरूसंगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
21 So the servants with the offerings went on in front, and he himself took his rest that night in the tents with his people.यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।
22 And in the night he got up, and taking with him his two wives and the two servant-women and his eleven children, he went over the river Jabbok.त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।
23 He took them and sent them over the stream with all he had.उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसंग भएका प्रत्येक चीज नदी पारी पठायो।
24 Then Jacob was by himself; and a man was fighting with him till dawn.याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो।
25 But when the man saw that he was not able to overcome Jacob, he gave him a blow in the hollow part of his leg, so that his leg was damaged.त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससंग कुश्ती लडदै थियो।
26 And he said to him, Let me go now, for the dawn is near. But Jacob said, I will not let you go till you have given me your blessing.तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
27 Then he said, What is your name? And he said, Jacob.अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?”अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
28 And he said, Your name will no longer be Jacob, but Israel: for in your fight with God and with men you have overcome.तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
29 Then Jacob said, What is your name? And he said, What is my name to you? Then he gave him a blessing.तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
30 And Jacob gave that place the name of Peniel, saying, I have seen God face to face, and still I am living.यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।”
31 And while he was going past Peniel, the sun came up. And he went with unequal steps because of his damaged leg.उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो।
32 For this reason the children of Israel, even today, never take that muscle in the hollow of the leg as food, because the hollow of Jacob's leg was touched.यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।
Nepali Bible