Bible

Genesis 19 - WEB (Nepali)

1 The two angels came to Sodom at evening. Lot sat in the gate of Sodom. Lot saw them, and rose up to meet them. He bowed himself with his face to the earth,साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे।

2 and he said, "See now, my lords, please turn aside into your servant's house, stay all night, wash your feet, and you will rise up early, and go on your way." They said, "No, but we will stay in the street all night."तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”ती स्वर्गदूतहरूले भने, “अहँ हामी बाटोमै रात बिताउनेछौं।”

3 He urged them greatly, and they came in with him, and entered into his house. He made them a feast, and baked unleavened bread, and they ate.तर लूतले तिनीहरूलाई आफ्नो घर लैजान अत्यन्तै बिन्ती गरे, यसर्थ स्वर्गदूतहरू लूतको घरमा गए। तब लूतले स्वर्गदूतहरूको निम्ति खाना तयार गरे अनि खमीर नहालेको रोटी बनाए र तिनीहरूले खाए।

4 But before they lay down, the men of the city, the men of Sodom, surrounded the house, both young and old, all the people from every quarter.तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे।

5 They called to Lot, and said to him, "Where are the men who came in to you this night? Bring them out to us, that we may have sex with them."तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”

6 Lot went out to them to the door, and shut the door after him.तब लूत बाहिर निस्केर घरको ढोका लगाए।

7 He said, "Please, my brothers, don't act so wickedly.त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर।

8 See now, I have two virgin daughters. Please let me bring them out to you, and do you to them as is good in your eyes. Only don't do anything to these men, because they have come under the shadow of my roof."सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”

9 They said, "Stand back!" They said, "This one fellow came in to live as a foreigner, and he appoints himself a judge. Now will we deal worse with you, than with them!" They pressed hard on the man, even Lot, and drew near to break the door.घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

10 But the men put forth their hand, and brought Lot into the house to them, and shut the door.तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने।

11 They struck the men who were at the door of the house with blindness, both small and great, so that they wearied themselves to find the door.त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

12 The men said to Lot, "Do you have anybody else here? Sons-in-law, your sons, your daughters, and whoever you have in the city, bring them out of the place:तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोडनु भनीदेऊ,

13 for we will destroy this place, because the cry of them is grown great before Yahweh. Yahweh has sent us to destroy it."शहर छोड, किनभने हामी यसलाई नाश गर्न लागेका छौं। परमप्रभुलाई यो थाह भएकोछ यो शहर दुष्टहरूले भरिएको छ अनि उहाँले हामीलाई यो शहर नाश गर्न पठाउनु भएको छ।”

14 Lot went out, and spoke to his sons-in-law, who were pledged to marry his daughters, and said, "Get up! Get out of this place, for Yahweh will destroy the city." But he seemed to his sons-in-law to be joking.तब लूत बाहिर गए अनि आफ्नो ज्वाँईहरूलाई भने, “उठ अनि यो शहर छोडिदेऊ किनभने परमप्रभुले यस शहरलाई नष्ट पार्नु हुँदैछ।” तर उसका ज्वाँईहरूले सोचे उनी ठट्टा गरिरहेका छन्।

15 When the morning arose, then the angels hurried Lot, saying, "Arise, take your wife, and your two daughters who are here, lest you be consumed in the iniquity of the city."अर्को बिहानै उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई चाँडो गर्न लगाए। तिनीहरूले भने, “हेर, यो शहरलाई दण्ड दिइन्छ। यसर्थ तिम्री पत्नी अनि छोरीहरू जो यहाँ छन् तिनीहरूलाई लिएर शहरबाहिर जाऊ। यसो गरे तिमीहरू यो शहरसितै नष्ट हुने छैनौ।”

16 But he lingered; and the men laid hold on his hand, and on the hand of his wife, and on the hand of his two daughters, Yahweh being merciful to him; and they took him out, and set him outside of the city.तर लूतले शहर छोड्न आनाकानी गरे। उनी दोमनमा परे। यसर्थ दुइजना स्वर्गदूतले उनलाई, उनकी पत्नी र छोरीहरूलाई आफ्नो हातले समाते अनि उनीहरूलाई सुराक्षित ठाउँमा लगे। परमप्रभु लूत अनि उनको परिवारप्रति दयालु हुनुहुन्थ्यो।

17 It came to pass, when they had taken them out, that he said, "Escape for your life! Don't look behind you, neither stay anywhere in the plain. Escape to the mountain, lest you be consumed!"यसर्थ ती दुइ स्वर्गदूतहरुले लूत र उनको परिवारलाई शहरदेखि बाहिर पुर्याए। तिनीहरू शहरबाहिर आएपछि एकजना स्वर्गदूतले भने, “अब तिमीहरूले शहरतिर फकेर्र नहेर्नु, जीवन सुरक्षाको निम्ति भाग, अनि कुनै ठाउँमा पनि नथामिनु बेंसीमा कतै पनि नअडिनु। जबसम्म पर्वतमा पुग्दैनौ तिमीहरू भाग यदि थामियौ भने तिमीहरू शहरसितै नष्ट हुनेछौ।”

18 Lot said to them, "Oh, not so, my lord.तर लूतले ती दुई स्वर्गदूतहरुलाई भने, “महाशयहरू हो, यति टाडासम्म भाग्न मलाई कर नलगाउनु होस्।

19 See now, your servant has found favor in your sight, and you have magnified your loving kindness, which you have shown to me in saving my life. I can't escape to the mountain, lest evil overtake me, and I die.म तपाईंको दासप्रति तपाईंहरू मेरो बचाऊको निम्ति अत्यन्तै दयालु हुनुहुन्छ। तर म यहाँदेखि पर्वतसम्म भागेर जान सक्तिन। यदि म अत्यन्तै ढिलो भएर पर्वतमा पुग्नु नसकेर केही हुनु गएँ भने? म मर्ने छु।

20 See now, this city is near to flee to, and it is a little one. Oh let me escape there (isn't it a little one?), and my soul will live."हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”

21 He said to him, "Behold, I have granted your request concerning this thing also, that I will not overthrow the city of which you have spoken.स्वर्गदूतले लूतलाई भने, “हेर, म तिमीलाई त्यसो गर्नु दिनेछु। म त्यो शहरलाई नाश पार्दिन।

22 Hurry, escape there, for I can't do anything until you get there." Therefore the name of the city was called Zoar.{Zoar means "little."}तर त्यहाँ छिटो पुग। तिमीहरू त्यस शहर नपुगुञ्जेलसम्म म सदोम नाश पार्न सक्तिन।” (सानो शहर हुनाले यसको नाउँ ‘सोअर’ हो।)

23 The sun was risen on the earth when Lot came to Zoar.घाम झुल्कँदै गर्दा लूत सोअर शहरभित्र पस्दै थिए।

24 Then Yahweh rained on Sodom and on Gomorrah sulfur and fire from Yahweh out of the sky.त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।

25 He overthrew those cities, all the plain, all the inhabitants of the cities, and that which grew on the ground.यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

26 But his wife looked back from behind him, and she became a pillar of salt.जब तिनीहरू भाग्दै थिए, लूतकी पत्नीले पछाडी फर्केर शहरलाई हेरिन्। जब उनले फर्केर हेरिन तिनी नूनको थुप्रोमा परिणत भइन्।

27 Abraham got up early in the morning to the place where he had stood before Yahweh.त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए।

28 He looked toward Sodom and Gomorrah, and toward all the land of the plain, and looked, and saw that the smoke of the land went up as the smoke of a furnace.अब्राहामले सदोम र गमोरा शहरहरूतर्फ नजर डुलाएर त्यस बेंसीको सम्पूर्ण भूमिलाई हेरे। त्यो प्रान्तबाट धूवाँको मुस्लो गइरहेको तिनले देखे अनि त्यो तिनलाई भयंकर आगोबाट निस्किएको धूवाँ जस्तो लाग्यो।

29 It happened, when God destroyed the cities of the plain, that God remembered Abraham, and sent Lot out of the midst of the overthrow, when he overthrew the cities in which Lot lived.त्यस बेंसीको शहरहरूलाई परमेश्वरले नाश पार्नु भयो। तर परमेश्वरले जब यस्तो गर्नु भयो उहाँले अब्राहामलाई सम्झनु भयो र तिनको भतिजोलाई बचाउँनु भयो। लूत बेंसीको शहरहरूमा बसो-बास गर्दथिए तर शहरहरू नष्ट पार्नुअघि परमेश्वरले त्यहाँबाट बाहिर भगाउनु भयो।

30 Lot went up out of Zoar, and lived in the mountain, and his two daughters with him; for he was afraid to live in Zoar. He lived in a cave with his two daughters.लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए।

31 The firstborn said to the younger, "Our father is old, and there is not a man in the earth to come in to us after the manner of all the earth.एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कही पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।

32 Come, let's make our father drink wine, and we will lie with him, that we may preserve our father's seed."यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौ।”

33 They made their father drink wine that night: and the firstborn went in, and lay with her father. He didn't know when she lay down, nor when she arose.त्यस रात यी दुइ दिदी-बहिनीहरूले आफ्नो पितालाई मद्य दिएर पूरा मताए। तब दिदी चाँहि आफ्नो पिताको ओछ्यानमा गई अनि उनीसित सहवास गरी। लूत यति मातेका थिए कति बेला छोरी आई र गई उनलाई थाहा भएन।

34 It came to pass on the next day, that the firstborn said to the younger, "Behold, I lay last night with my father. Let us make him drink wine again, tonight. You go in, and lie with him, that we may preserve our father's seed."अर्को दिन दिदीले आफ्नी बहिनीलाई भनिन्, “हिजो राती, म हाम्रा पितासित सुतें। आज राती, फेरि उनलाई मताऊँ अनि तिमी उनको ओछ्यानमा जान सक्छौ अनि उनीसित शारीरिक सर्म्पक राख्नसक्छौ। यस प्रकार हामी आफ्नो परिवारलाई निःसन्तान हुनबाट बचाउन सक्छौं।”

35 They made their father drink wine that night also. The younger arose, and lay with him. He didn't know when she lay down, nor when she arose.त्यस राती ती दुइ बहिनीहरूले आफ्नो पितालाई दाखरस पियाएर मताए अनि सानी चाँहि छोरी उनको ओछ्यानमा गई र सहवास गरी। तर फेरि लूत यति साह्रो मातेका थिए कति बेला को केटी उनको ओछ्यानमा सुत्न आई अनि उठेर गई उनलाई पत्तै भएन।

36 Thus both of Lot's daughters were with child by their father.लूतका दुबै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए।

37 The firstborn bore a son, and named him Moab. The same is the father of the Moabites to this day.जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।

38 The younger also bore a son, and called his name Ben Ammi. The same is the father of the children of Ammon to this day.सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।

Nepali Bible