Genesis 17 - WEB (Nepali)
1 When Abram was ninety-nine years old, Yahweh appeared to Abram, and said to him, "I am God Almighty. Walk before me, and be blameless.जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।
2 I will make my covenant between me and you, and will multiply you exceedingly."यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरु व्यापक संख्यामा बढाउनेछु।”
3 Abram fell on his face. God talked with him, saying,तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो।
4 "As for me, behold, my covenant is with you. You will be the father of a multitude of nations.“यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु।
5 Neither will your name any more be called Abram, but your name will be Abraham; for the father of a multitude of nations have I made you.तिम्रो नाउँ अब्राम रहने छैन-तिम्रो नाउँ अब्राहाम हुनेछ। म तिमीलाई यो नाउँ राख्दैछु कारण तिमीलाई म धेरै-धेरै जाति-समूहहरुको पिता बनाउँदैछु।
6 I will make you exceeding fruitful, and I will make nations of you. Kings will come out of you.म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्।
7 I will establish my covenant between me and you and your seed after you throughout their generations for an everlasting covenant, to be a God to you and to your seed after you.म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।
8 I will give to you, and to your seed after you, the land where you are traveling, all the land of Canaan, for an everlasting possession. I will be their God."अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि संधैका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।”
9 God said to Abraham, "As for you, you will keep my covenant, you and your seed after you throughout their generations.अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्।
10 This is my covenant, which you shall keep, between me and you and your seed after you. Every male among you shall be circumcised.तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ।
11 You shall be circumcised in the flesh of your foreskin. It will be a token of a covenant between me and you.तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्।
12 He who is eight days old will be circumcised among you, every male throughout your generations, he who is born in the house, or bought with money of any foreigner who is not of your seed.जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।
13 He who is born in your house, and he who is bought with your money, must be circumcised. My covenant will be in your flesh for an everlasting covenant.यसरी तिम्रो जातिमा जन्मेको प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटाहरूको खतना भएको हुनु पर्छ। प्रत्येक केटो जो तिम्रो जाति-समूहमा जन्मिन्छ र प्रत्येक कमारा जो तिम्रो जाति-समूहमा ल्याइन्छ उसको खतना गरिनु पर्छ।
14 The uncircumcised male who is not circumcised in the flesh of his foreskin, that soul shall be cut off from his people. He has broken my covenant."जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”
15 God said to Abraham, "As for Sarai your wife, you shall not call her name Sarai, but her name will be Sarah.परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म साराईलाई नयाँ नाउँ दिनेछु अनि तिम्री पत्नि साराईको नयाँ नाउँ सारा हुनेछ।
16 I will bless her, and moreover I will give you a son by her. Yes, I will bless her, and she will be a mother of nations. Kings of peoples will come from her."म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”
17 Then Abraham fell on his face, and laughed, and said in his heart, "Will a child be born to him who is one hundred years old? Will Sarah, who is ninety years old, give birth?"परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैसित भने, “म एक सय वर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे वर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”
18 Abraham said to God, "Oh that Ishmael might live before you!"तब अब्राहामले परमेश्वरलाई भने, “म आशा गर्छु इश्माएल जीवित रही तपाईंको सेवा गर्नेछ।”
19 God said, "No, but Sarah, your wife, will bear you a son. You shall call his name Isaac.{Isaac means "he laughs."} I will establish my covenant with him for an everlasting covenant for his seed after him.परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित संधैको निम्ति बाँचिरहने छ।”
20 As for Ishmael, I have heard you. Behold, I have blessed him, and will make him fruitful, and will multiply him exceedingly. He will become the father of twelve princes, and I will make him a great nation.“तैंसे इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ।
21 But my covenant I establish with Isaac, whom Sarah will bear to you at this set time in the next year."मेरो करार इसहाकसित गर्नेछु। इसहाक साराको छोरो हुनेछ। त्यो छोरो अर्को वर्ष यही समयमा जन्मिनेछ।”
22 When he finished talking with him, God went up from Abraham.परमेश्वर अब्राहामसित कुरा गरिसकेपछि स्वर्गमा जानु भयो।
23 Abraham took Ishmael his son, all who were born in his house, and all who were bought with his money; every male among the men of Abraham's house, and circumcised the flesh of their foreskin in the same day, as God had said to him.परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई संगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि संगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।
24 Abraham was ninety-nine years old, when he was circumcised in the flesh of his foreskin.जब खतना गरियो अब्राहाम उनन्सय वर्षका र
25 Ishmael, his son, was thirteen years old when he was circumcised in the flesh of his foreskin.तिनको छोरो इश्माएल तेह्र वर्षका थिए।
26 In the same day both Abraham and Ishmael, his son, were circumcised.तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो।
27 All the men of his house, those born in the house, and those bought with money of a foreigner, were circumcised with him.त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो।
Nepali Bible