Genesis 16 - WEB (Nepali)
1 Now Sarai, Abram's wife, bore him no children. She had a handmaid, an Egyptian, whose name was Hagar.साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।
2 Sarai said to Abram," See now, Yahweh has restrained me from bearing. Please go in to my handmaid. It may be that I will obtain children by her." Abram listened to the voice of Sarai.साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।”अब्रामले आफ्नी पत्नीको सल्लाह माने।
3 Sarai, Abram's wife, took Hagar the Egyptian, her handmaid, after Abram had lived ten years in the land of Canaan, and gave her to Abram her husband to be his wife.यो घटना अब्राम कनानमा दशवर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)
4 He went in to Hagar, and she conceived. When she saw that she had conceived, her mistress was despised in her eyes.हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो।
5 Sarai said to Abram, "This wrong is your fault. I gave my handmaid into your bosom, and when she saw that she had conceived, I was despised in her eyes. Yahweh judge between me and you."तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
6 But Abram said to Sarai, "Behold, your maid is in your hand. Do to her whatever is good in your eyes." Sarai dealt harshly with her, and she fled from her face.तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।
7 The angel of Yahweh found her by a fountain of water in the wilderness, by the fountain in the way to Shur.परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो।
8 He said, "Hagar, Sarai's handmaid, where did you come from? Where are you going?" She said, "I am fleeing from the face of my mistress Sarai."स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”हागारले भनी, “म साराईदेखि भाग्दैछु।”
9 The angel of Yahweh said to her, "Return to your mistress, and submit yourself under her hands."परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, जाऊ फर्केर अनि तिनको आज्ञा पालन गर।”
10 The angel of Yahweh said to her, "I will greatly multiply your seed, that they will not be numbered for multitude."स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”
11 The angel of Yahweh said to her, "Behold, you are with child, and will bear a son. You shall call his name Ishmael, because Yahweh has heard your affliction.परमप्रभुका दूतले यसो पनि भने,“हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
12 He will be like a wild donkey among men. His hand will be against every man, and every man's hand against him. He will live opposite all of his brothers."इश्माएल स्वतन्त्र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ तर तिनीहरूको विरूद्धमा जानेछ।”
13 She called the name of Yahweh who spoke to her, "You are a God who sees," for she said, "Have I even stayed alive after seeing him?"परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।
14 Therefore the well was called Beer Lahai Roi.{Beer Lahai Roi means "well of the one who lives and sees me."} Behold, it is between Kadesh and Bered.यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
15 Hagar bore a son for Abram. Abram called the name of his son, whom Hagar bore, Ishmael.हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे।
16 Abram was eighty-six years old, when Hagar bore Ishmael to Abram.इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी वर्ष पुगेका थिए।
Nepali Bible