Genesis 16 - ASV (Nepali)
1 Now Sarai, Abram's wife, bare him no children: and she had a handmaid, an Egyptian, whose name was Hagar.साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।
2 And Sarai said unto Abram, Behold now, Jehovah hath restrained me from bearing; go in, I pray thee, unto my handmaid; it may be that I shall obtain children by her. And Abram hearkened to the voice of Sarai.साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।”अब्रामले आफ्नी पत्नीको सल्लाह माने।
3 And Sarai, Abram's wife, took Hagar the Egyptian, her handmaid, after Abram had dwelt ten years in the land of Canaan, and gave her to Abram her husband to be his wife.यो घटना अब्राम कनानमा दशवर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)
4 And he went in unto Hagar, and she conceived: and when she saw that she had conceived, her mistress was despised in her eyes.हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो।
5 And Sarai said unto Abram, My wrong be upon thee: I gave my handmaid into they bosom; and when she saw that she had conceived, I was despised in her eyes: Jehovah judge between me and thee.तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
6 But Abram said unto Sarai, Behold, thy maid is in thy hand; do to her that which is good in thine eyes. And Sarai dealt hardly with her, and she fled from her face.तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।
7 And the angel of Jehovah found her by a fountain of water in the wilderness, by the fountain in the way to Shur.परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो।
8 And he said, Hagar, Sarai's handmaid, whence camest thou? and whither goest thou? And she said, I am fleeing from the face of my mistress Sarai.स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”हागारले भनी, “म साराईदेखि भाग्दैछु।”
9 And the angel of Jehovah said unto her, Return to thy mistress, and submit thyself under her hands.परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, जाऊ फर्केर अनि तिनको आज्ञा पालन गर।”
10 And the angel of Jehovah said unto her, I will greatly multiply thy seed, that it shall not be numbered for multitude.स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”
11 And the angel of Jehovah said unto her, Behold, thou art with child, and shalt bear a son; and thou shalt call his name Ishmael, because Jehovah hath heard thy affliction.परमप्रभुका दूतले यसो पनि भने,“हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
12 And he shall be `as' a wild ass among men; his hand `shall be' against every man, and every man's hand against him; and he shall dwell over against all his brethren.इश्माएल स्वतन्त्र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ तर तिनीहरूको विरूद्धमा जानेछ।”
13 And she called the name of Jehovah that spake unto her, Thou art a God that seeth: for she said, Have I even here looked after him that seeth me?परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।
14 Wherefore the well was called Beer-lahai-roi; behold, it is between Kadesh and Bered.यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।
15 And Hagar bare Abram a son: and Abram called the name of his son, whom Hagar bare, Ishmael.हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे।
16 And Abram was fourscore and six years old, when Hagar bare Ishmael to Abram.इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी वर्ष पुगेका थिए।
Nepali Bible