Bible

Genesis 15 - DBY (Nepali)

1 After these things the word of Jehovah came to Abram in a vision, saying, Fear not, Abram; I am thy shield, thy exceeding great reward.यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”

2 And Abram said, Lord Jehovah, what wilt thou give me? seeing I go childless, and the steward of my house is this Eliezer of Damascus.अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”

3 And Abram said, Lo, to me thou hast given no seed, and behold, a son of my house will be mine heir.अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”

4 And behold, the word of Jehovah [came] to him, saying, This shall not be thine heir, but he that will come forth out of thy body shall be thine heir.त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”

5 And he led him out, and said, Look now toward the heavens, and number the stars, if thou be able to number them. And he said to him, So shall thy seed be!त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

6 And he believed Jehovah; and he reckoned it to him [as] righteousness.अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे।

7 And he said to him, I am Jehovah who brought thee out of Ur of the Chaldeans, to give thee this land to possess it.परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्यायो। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”

8 And he said, Lord Jehovah, how shall I know that I shall possess it?तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

9 And he said to him, Take me a heifer of three years old, and a she-goat of three years old, and a ram of three years old, and a turtle-dove, and a young pigeon.परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन वर्षको कोरली, त्यसरी नै तीन वर्ष पुगेको बाख्रा अनि तीन वर्ष पुगेको एउटा भेडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

10 And he took all these, and divided them in the midst, and laid the half of each opposite its fellow; but the birds he did not divide.परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुई-दुई टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्।

11 And the birds of prey came down on the carcases; and Abram scared them away.पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।

12 And as the sun was just going down, a deep sleep fell upon Abram; and behold, a horror, a great darkness, fell upon him.पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो।

13 And he said to Abram, Know assuredly that thy seed will be a sojourner in a land [that is] not theirs, and they shall serve them; and they shall afflict them four hundred years.तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय वर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय वर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ।

14 But also that nation which they shall serve I will judge; and afterwards they shall come out with great property.म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोडनेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।

15 And thou shalt go to thy fathers in peace; thou shalt be buried in a good old age.“तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।

16 And [in the] fourth generation they shall come hither again; for the iniquity of the Amorites is not yet full.चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”

17 And it came to pass when the sun had gone down, and it was dark, that behold, there was a smoking furnace, and a flame of fire which passed between those pieces.जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

18 On the same day Jehovah made a covenant with Abram, saying, Unto thy seed I give this land, from the river of Egypt to the great river, the river Euphrates;यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

19 the Kenites, and the Kenizzites, and the Kadmonites,तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महानदीसम्म केनी कदमोनी, कनज्जी,

20 and the Hittites, and the Perizzites, and the Rephaim,हित्ती, परिज्जी, रपाई,

21 and the Amorites, and the Canaanites, and the Girgashites, and the Jebusites.एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”

Nepali Bible