Bible

Galatians 6 - WEB (Nepali)

1 Brothers, even if a man is caught in some fault, you who are spiritual must restore such a one in a spirit of gentleness; looking to yourself so that you also aren't tempted.दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।

2 Bear one another's burdens, and so fulfill the law of Christ.एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँचोसित पालनगरेका हुनेछौ।

3 For if a man thinks himself to be something when he is nothing, he deceives himself.यदि कोही मान्य नहुँदा-नहूँदै पनि आफूलाई मान्य नै संझन्छ भने उसले आफैलाई धोखा दिइरहेकोछ।

4 But let each man test his own work, and then he will take pride in himself and not in his neighbor.कसैले आफ्नै प्राप्ति अर्कोसित तुलना नगरोस्। आफ्नो काम आफैले जाँचोस्। तब मात्र ऊ र्गवित हुनसक्छ।

5 For each man will bear his own burden.प्रत्येक आफ्नो अभिभारा आफै स्वीकार गरोस्।

6 But let him who is taught in the word share all good things with him who teaches.जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

7 Don't be deceived. God is not mocked, for whatever a man sows, that will he also reap.आफूले आफैलाई धोखा नदेऊ, तिमी परमेश्वरलाई ठग्न सक्दैनौ। मानिसले जे रोप्छ त्यही फल्छ।

8 For he who sows to his own flesh will from the flesh reap corruption. But he who sows to the Spirit will from the Spirit reap eternal life.यदि कसैले आफनै पापपूर्ण खेतमा खेती गर्छ भने उसले विनाश उब्जाउँछ। तर कसैले आत्माको खेतमा खेती गर्छ भने उसले आत्माबाट अनन्त जीवन उब्जाउँछ।

9 Let us not be weary in doing good, for we will reap in due season, if we don't give up.राम्रो काम गर्नामा हामी थाक्नु हुँदैन। यदि हामी कर्म गर्न रोकिएनौ भने ठीक समयमा हामी बाली उठाउन पाउँछौं।

10 So then, as we have opportunity, let's do what is good toward all men, and especially toward those who are of the household of the faith.जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।

11 See with what large letters I write to you with my own hand.यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।

12 As many as desire to look good in the flesh, they compel you to be circumcised; only that they may not be persecuted for the cross of Christ.कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।

13 For even they who receive circumcision don't keep the law themselves, but they desire to have you circumcised, that they may boast in your flesh.जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

14 But far be it from me to boast, except in the cross of our Lord Jesus Christ, through which the world has been crucified to me, and I to the world.म चाँहि त्यस्ता कुरामा गर्व र्गदिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु।

15 For in Christ Jesus neither is circumcision anything, nor uncircumcision, but a new creation.खतना गर्नु कि न गर्नु त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु।

16 As many as walk by this rule, peace and mercy be on them, and on God's Israel.यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

17 From now on, let no one cause me any trouble, for I bear the marks of the Lord Jesus branded on my body.अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।

18 The grace of our Lord Jesus Christ be with your spirit, brothers. Amen.मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन। 

Nepali Bible