Bible

Galatians 2 - BBE (Nepali)

1 Then after the space of fourteen years I went up again to Jerusalem with Barnabas, taking Titus with me.चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।

2 And I went up by revelation; and I put before them the good news which I was preaching among the Gentiles, but privately before those who were of good name, so that the work which I was or had been doing might not be without effect.म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

3 But not even Titus who was with me, being a Greek, was made to undergo circumcision:तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

4 And that because of the false brothers let in secretly, who came searching out our free condition which we have in Christ Jesus, so that they might make servants of us;हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।

5 To whom we gave way not even for an hour; so that the true words of the good news might still be with you.तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

6 But from those who seemed to be important (whatever they were has no weight with me: God does not take man's person into account): those who seemed to be important gave nothing new to me;तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।

7 But, quite the opposite, when they saw that I had been made responsible for preaching the good news to those without circumcision, even as Peter had been for those of the circumcisionतर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो

8 (Because he who was working in Peter as the Apostle of the circumcision was working no less in me among the Gentiles);परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।

9 When they saw the grace which was given to me, James and Cephas and John, who had the name of being pillars, gave to me and Barnabas their right hands as friends so that we might go to the Gentiles, and they to the circumcision;याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

10 Only it was their desire that we would give thought to the poor; which very thing I had much in mind to do.तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

11 But when Cephas came to Antioch, I made a protest against him to his face, because he was clearly in the wrong.जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

12 For before certain men came from James, he did take food with the Gentiles: but when they came, he went back and made himself separate, fearing those who were of the circumcision.यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

13 And the rest of the Jews went after him, so that even Barnabas was overcome by their false ways.त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।

14 But when I saw that they were not living uprightly in agreement with the true words of the good news, I said to Cephas before them all, If you, being a Jew, are living like the Gentiles, and not like the Jews, how will you make the Gentiles do the same as the Jews?मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”

15 We being Jews by birth, and not sinners of the Gentiles,हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी पापीहरू जस्ता होइनौं।

16 Being conscious that a man does not get righteousness by the works of the law, but through faith in Jesus Christ, we had faith in Christ Jesus, so that we might get righteousness by faith in Christ, and not by the works of the law: because by the works of the law will no flesh get righteousness.हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।

17 But if, while we were desiring to get righteousness through Christ, we ourselves were seen to be sinners, is Christ a servant of sin? In no way!धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गरयौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाँउछन्? पक्कै होइन।

18 For if I put up again those things which I gave to destruction, I am seen to be a wrongdoer.यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।

19 For I, through the law, have become dead to the law, so that I might be living to God.व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।

20 I have been put to death on the cross with Christ; still I am living; no longer I, but Christ is living in me; and that life which I now am living in the flesh I am living by faith, the faith of the Son of God, who in love for me, gave himself up for me.यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

21 I do not make the grace of God of no effect: because if righteousness is through the law, then Christ was put to death for nothing.परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

Nepali Bible