Exodus 6 - YLT (Nepali)
1 And Jehovah saith unto Moses, `Now dost thou see that which I do to Pharaoh, for with a strong hand he doth send them away, yea, with a strong hand he doth cast them out of his land.'तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
2 And God speaketh unto Moses, and saith unto him, `I `am' Jehovah,तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ,
3 and I appear unto Abraham, unto Isaac, and unto Jacob, as God Almighty; as to My name Jehovah, I have not been known to them;अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाईभने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।
4 and also I have established My covenant with them, to give to them the land of Canaan, the land of their sojournings, wherein they have sojourned;मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन।
5 and also I have heard the groaning of the sons of Israel, whom the Egyptians are causing to serve, and I remember My covenant.इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।
6 `Therefore say to the sons of Israel, I `am' Jehovah, and I have brought you out from under the burdens of the Egyptians, and have delivered you from their service, and have redeemed you by a stretched-out arm, and by great judgments,यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।
7 and have taken you to Me for a people, and I have been to you for God, and ye have known that I `am' Jehovah your God, who is bringing you out from under the burdens of the Egyptians;तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।
8 and I have brought you in unto the land which I have lifted up My hand to give it to Abraham, to Isaac, and to Jacob, and have given it to you -- a possession; I `am' Jehovah.'मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।”‘
9 And Moses speaketh so unto the sons of Israel, and they hearkened not unto Moses, for anguish of spirit, and for harsh service.यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
10 And Jehovah speaketh unto Moses, saying,तब परमप्रभुले मोशालाई भन्नुभयो,
11 `Go in, speak unto Pharaoh king of Egypt, and he doth send the sons of Israel out of his land;“जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”
12 and Moses speaketh before Jehovah, saying, `Lo, the sons of Israel have not hearkened unto me, and how doth Pharaoh hear me, and I of uncircumcised lips?'तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
13 And Jehovah speaketh unto Moses, and unto Aaron, and chargeth them for the sons of Israel, and for Pharaoh king of Egypt, to bring out the sons of Israel from the land of Egypt.परमप्रभुले मोशा र हारूनसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।
14 These `are' heads of the house of their fathers: Sons of Reuben first-born of Israel `are' Hanoch, and Phallu, Hezron, and Carmi: these `are' families of Reuben.इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।
15 And sons of Simeon `are' Jemuel, and Jamin, and Ohad, and Jachin, and Zohar, and Shaul, son of the Canaanitess: these `are' families of Simeon.शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।
16 And these `are' the names of the sons of Levi, as to their births: Gershon, and Kohath, and Merari: and the years of the life of Levi `are' a hundred and thirty and seven years.लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
17 The sons of Gershon `are' Libni, and Shimi, as to their families.गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
18 And the sons of Kohath `are' Amram, and Izhar, and Hebron, and Uzziel: and the years of the life of Kohath `are' a hundred and thirty and three years.कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
19 And the sons of Merari `are' Mahli and Mushi: these `are' families of Levi, as to their births.महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।
20 And Amram taketh Jochebed his aunt to himself for a wife, and she beareth to him Aaron and Moses: and the years of the life of Amram `are' a hundred and thirty and seven years.अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।
21 And sons of Izhar `are' Korah, and Nepheg, and Zichri.यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
22 And sons of Uzziel `are' Mishael, and Elzaphan, and Sithri.मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।
23 And Aaron taketh Elisheba daughter of Amminadab, sister of Naashon, to himself for a wife, and she beareth to him Nadab, and Abihu, Eleazar, and Ithamar.हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।
24 And sons of Korah `are' Assir, and Elkanah, and Abiasaph: these `are' families of the Korhite.कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।
25 And Eleazar, Aaron's son, hath taken to him `one' of the daughters of Putiel for a wife to himself, and she beareth to him Phinehas: these `are' heads of the fathers of the Levites, as to their families.हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
26 This `is' Aaron -- and Moses -- to whom Jehovah said, `Bring ye out the sons of Israel from the land of Egypt, by their hosts;'हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”
27 these are they who are speaking unto Pharaoh king of Egypt, to bring out the sons of Israel from Egypt, this `is' Moses -- and Aaron.हारून र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोडन फिरऊनलाई भने।
28 And it cometh to pass in the day of Jehovah's speaking unto Moses in the land of Egypt,मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र
29 that Jehovah speaketh unto Moses, saying, `I `am' Jehovah, speak unto Pharaoh king of Egypt all that I am speaking unto thee.'उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।”
30 And Moses saith before Jehovah, `Lo, I `am' of uncircumcised lips, and how doth Pharaoh hearken unto me?'तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”
Nepali Bible