Exodus 38 - DBY (Nepali)
1 And he made the altar of burnt-offering of acacia-wood; five cubits the length thereof, and five cubits the breadth thereof, square, and three cubits the height thereof.त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।
2 And he made its horns on the four corners thereof; its horns were of itself; and he overlaid it with copper.उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे।
3 And he made all the utensils of the altar: the pots, and the shovels, and the bowls, the forks, and the firepans; all its utensils made he of copper.त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए।
4 And he made for the altar a grating of network of copper under its ledge from beneath, to the very middle of it.त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो।
5 And he cast four rings for the four corners of the grating of copper, as receptacles for the staves.त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए।
6 And he made the staves of acacia-wood, and overlaid them with copper.उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे।
7 And he put the staves into the rings on the sides of the altar, with which to carry it. Hollow with boards did he make it.वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।
8 And he made the laver of copper, and its stand of copper, of the mirrors of the crowds of women who crowded before the entrance of the tent of meeting.उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।
9 And he made the court. On the south side southward, the hangings of the court were of twined byssus, a hundred cubits;उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए।
10 their pillars twenty, and their bases twenty, of copper; the hooks of the pillars and their connecting-rods of silver.बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
11 And on the north side, a hundred cubits; their pillars twenty, and their bases twenty, of copper; the hooks of the pillars and their connecting-rods of silver.आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
12 And on the west side, hangings of fifty cubits; their pillars ten, and their bases ten; the hooks of the pillars and their connecting-rods of silver.आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए
13 And for the east side, eastward, fifty cubits;आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो।
14 the hangings on the one wing of fifteen cubits, their pillars three, and their bases three;प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।
15 and on the other wing, on this side as on that side of the gate of the court, hangings of fifteen cubits, their pillars three, and their bases three.प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।
16 All the hangings of the court round about were of twined byssus;आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए।
17 and the bases of the pillars of copper, the hooks of the pillars and their connecting-rods of silver, and the overlaying of their capitals of silver; and all the pillars of the court were fastened together with [rods of] silver.खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।
18 -- And the curtain of the gate of the court was of embroidery of blue, and purple, and scarlet, and twined byssus; and the length was twenty cubits, and the height like the breadth, five cubits, just as the hangings of the court;आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए।
19 and their pillars four, and their bases four, of copper; their hooks of silver, and the overlaying of their capitals and their connecting-rods of silver.यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए।
20 And all the pegs for the tabernacle and for the court round about were of copper.पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।
21 These are the things numbered of the tabernacle, the tabernacle of the testimony, which were counted, according to the commandment of Moses, by the service of the Levites, under the hand of Ithamar, son of Aaron the priest.पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।
22 And Bezaleel the son of Uri, the son of Hur, of the tribe of Judah, made all that Jehovah had commanded Moses;यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए।
23 and with him Aholiab, son of Ahisamach, of the tribe of Dan, an engraver and artificer, and an embroiderer in blue, and in purple, and in scarlet, and in byssus.दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।
24 All the gold that it took for the work in all the work of the sanctuary -- the gold of the wave-offering, was twenty-nine talents, and seven hundred and thirty shekels, according to the shekel of the sanctuary.पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)
25 And the silver of them that were numbered of the assembly was a hundred talents, and a thousand seven hundred and seventy-five shekels, according to the shekel of the sanctuary:सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन)
26 a bekah the head -- half a shekel, according to the shekel of the sanctuary, for every one that passed the numbering from twenty years old and upward, [of] the six hundred and three thousand five hundred and fifty.त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस वर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो।
27 And there were a hundred talents of silver for casting the bases of the sanctuary, and the bases of the veil; a hundred bases of a hundred talents, a talent for a base.परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।
28 And of the thousand seven hundred and seventy-five [shekels] he made the hooks for the pillars, and overlaid their capitals, and fastened them [with rods].थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।
29 And the copper of the wave-offering was seventy talents, and two thousand four hundred shekels.अनि सत्तर तोडा अनि दुइ हजार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढायो।
30 And he made with it the bases for the entrance of the tent of meeting, and the copper altar, and the copper grating for it, and all the utensils of the altar.त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए।
31 And the bases of the court round about, and the bases of the gate of the court, and all the pegs of the tabernacle, and all the pegs of the court round about.काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।
Nepali Bible