Exodus 21 - YLT (Nepali)
1 `And these `are' the judgments which thou dost set before them:त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;
2 `When thou buyest a Hebrew servant -- six years he doth serve, and in the seventh he goeth out as a freeman for nought;“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ वर्षसम्म मात्र सेवा गर्नेछन्। छः वर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन।
3 if by himself he cometh in, by himself he goeth out; if he `is' owner of a wife, then his wife hath gone out with him;यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ।
4 if his lord give to him a wife, and she hath borne to him sons or daughters -- the wife and her children are her lord's, and he goeth out by himself.यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।
5 `And if the servant really say: I have loved my lord, my wife, and my sons -- I do not go out free;“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’
6 then hath his lord brought him nigh unto God, and hath brought him nigh unto the door, or unto the side-post, and his lord hath bored his ear with an awl, and he hath served him -- to the age.यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।
7 `And when a man selleth his daughter for a handmaid, she doth not go out according to the going out of the men-servants;“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन।
8 if evil in the eyes of her lord, so that he hath not betrothed her, then he hath let her be ransomed; to a strange people he hath not power to sell her, in his dealing treacherously with her.यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ।
9 `And if to his son he betroth her, according to the right of daughters he doth to her.यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।
10 `If another `woman' he take for him, her food, her covering, and her habitation, he doth not withdraw;“यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।
11 and if these three he do not to her, then she hath gone out for nought, without money.मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।
12 `He who smiteth a man so that he hath died, is certainly put to death;“यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ।
13 as to him who hath not laid wait, and God hath brought to his hand, I have even set for thee a place whither he doth flee.तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।
14 `And when a man doth presume against his neighbour to slay him with subtilty, from Mine altar thou dost take him to die.तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।
15 `And he who smiteth his father or his mother is certainly put to death.“कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।
16 `And he who stealeth a man, and hath sold him, and he hath been found in his hand, is certainly put to death.“यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।
17 `And he who is reviling his father or his mother is certainly put to death.“यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।
18 `And when men contend, and a man hath smitten his neighbour with a stone, or with the fist, and he die not, but hath fallen on the bed;“मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो।
19 if he rise, and hath gone up and down without on his staff, then hath the smiter been acquitted; only his cessation he giveth, and he is thoroughly healed.यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।
20 `And when a man smiteth his man-servant or his handmaid, with a rod, and he hath died under his hand -- he is certainly avenged;“कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ।
21 only if he remain a day, or two days, he is not avenged, for he `is' his money.तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किन? किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।
22 `And when men strive, and have smitten a pregnant woman, and her children have come out, and there is no mischief, he is certainly fined, as the husband of the woman doth lay upon him, and he hath given through the judges;“दुइ जना मानिस झगडा गर्न सक्छन् अनि यसरी झगडा गर्दा तिनीहरूले कुनै गर्भवती स्त्रीलाई चोट पुग्न सक्छ। यसरी चोट लागेकाले त्यस गर्भवती स्त्रीले समय नपुगी तुह्यो भने। यदि त्यो स्त्रीलाई अन्य कतै चोट नलागे त्यो दोषी मानिसले दण्ड तिर्नु पर्छ। त्यस स्त्रीको पतिले दण्डको रकम तोक्नेछ। न्यायकर्त्ताहरूले त्यस मानिसलाई डाँडको रकम तय गर्नु मद्दत गर्नेछन्।
23 and if there is mischief, then thou hast given life for life,तर यदि त्यस स्त्रीलाई गहिरो चोट लागे, जसले चोट पुर्याउँछ उसले सजाय भोग्नु पर्नेछ। एउटा जीवनको सट्टामा अर्को जीवन लेऊ।
24 eye for eye, tooth for tooth, hand for hand, foot for foot,तिमीले आँखाको सट्टामा आँखा, दाँतको सट्टामा दाँतु, हातको सट्टामा हात, खुट्टामा खुट्टा।
25 burning for burning, wound for wound, stripe for stripe.डामको ठाउँमा डाम, खोस्रेको सट्टामा खोस्रिनु नै अनि चोटको ठाउँमा चोट नै लिनु पर्छ।
26 `And when a man smiteth the eye of his man-servant, or the eye of his handmaid, and hath destroyed it, as a freeman he doth send him away for his eye;“यदि कसैले आफ्नो कमाराको आँखों फुटाउँछ र ऊ आन्धो हुन्छ भने त्यो कमारा केही नतिरी स्वतन्त्र हुन सक्छ। उसको आँखो नै उसले पाउने स्वतन्त्रता दाम हुन्छ। कमारा-कमारी दुवैको निम्ति एउटै नियम लागू हुन्छ।
27 and if a tooth of his man-servant or a tooth of his handmaid he knock out, as a freeman he doth send him away for his tooth.यदि कुनै मालिकले कमारालाई मुखमा हिर्काएर दाँत फुकाली दिन्छ भने त्यस कमाराले कुनै पैसा नतिरी त्यो स्वतन्त्र भएर जान सक्छ। उसको दाँत नै उसले तिर्नु पर्ने दाम हुन्छ। यस्तो परिस्थितिमा पनि कमारा तथा कमारीको निम्ति त्यही नियम लागू हुन्छ।
28 `And when an ox doth gore man or woman, and they have died, the ox is certainly stoned, and his flesh is not eaten, and the owner of the ox `is' acquitted;“यदि कसैको गोरूले कुनै पुरूष अथवा स्त्रीहरूलाई मार्छ भने त्यस गोरूलाई पनि ढुङ्गाले हिर्काएर मार्नु पर्छ। तिमीहरूले त्यो गोरूको मासु खानु हुँदैन तर त्यस गोरूको मालिक निर्दोष हुन्छ।
29 and if the ox is `one' accustomed to gore heretofore, and it hath been testified to its owner, and he doth not watch it, and it hath put to death a man or woman, the ox is stoned, and its owner also is put to death.त्यस गोरूले पहिले कसैलाई हानेको थियो अनि त्यसको मालिकलाई चेताउनी दिइएको थियो तर उसले गोरूलाई बाँधेन। तब तिमीले गोरू र त्यसको मालिकलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
30 `If atonement is laid upon him, then he hath given the ransom of his life, according to all that is laid upon him;तर यदि गोरूले हानेर मारिएको मानिसको परिवारले क्षतिपूर्ती लिन्छ भने त्यो गोरूको मालिकलाई मार्नु हुँदैन। तर उसले क्षतिपूर्ती अवश्यै गर्नु पर्छ।
31 whether it gore a son or gore a daughter, according to this judgment it is done to him.“कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ।
32 `If the ox gore a man-servant or a handmaid, thirty silver shekels he doth give to their lord, and the ox is stoned.तर यदि गोरूले कुनै कमारा अथवा कमारीलाई मारे गोरूको मालिकले कमारा-कमारीको मालिकलाई तीस शेकेल चाँदी तिर्नु पर्छ अनि गोरूलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ।
33 `And when a man doth open a pit, or when a man doth dig a pit, and doth not cover it, and an ox or ass hath fallen thither, --“कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ।
34 the owner of the pit doth repay, money he doth give back to its owner, and the dead is his.इनारको मालिकले पशुको क्षतिपूर्ति तिर्नु पर्छ। क्षतिपूर्ति तिरे पछि त्यो जाकिने पशु त्यसको सम्पत्ति हुन्छ।
35 `And when a man's ox doth smite the ox of his neighbour, and it hath died, then they have sold the living ox, and halved its money, and also the dead one they do halve;“यदि कुनै मानिसको गोरूले अर्का मानिसको गोरू मार्छ भने तिनीहरूले जिउँदो गोरूलाई बेच्नु पर्छ तब तिनीहरूले बेचेको मूल्य र मृत गोरू बराबरी बाढनु पर्छ।
36 or, it hath been known that the ox is `one' accustomed to gore heretofore, and its owner doth not watch it, he certainly repayeth ox for ox, and the dead is his.तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।
Nepali Bible