Exodus 18:12 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससूरा यित्रोसित परमेश्वरसंगै भोजन गरे।
Exodus 18:12 in Other Translations
King James Version (KJV) And Jethro, Moses' father in law, took a burnt offering and sacrifices for God: and Aaron came, and all the elders of Israel, to eat bread with Moses' father in law before God.
American Standard Version (ASV) And Jethro, Moses' father-in-law, took a burnt-offering and sacrifices for God: and Aaron came, and all the elders of Israel, to eat bread with Moses' father-in-law before God.
Bible in Basic English (BBE) Then Jethro, Moses' father-in-law, made a burned offering to God: and Aaron came, with the chiefs of Israel, and had a meal with Moses' father-in-law, before God.
Darby English Bible (DBY) And Jethro, Moses' father-in-law, took a burnt-offering and sacrifices for God; and Aaron came, and all the elders of Israel, to eat bread with Moses' father-in-law in the presence of God.
Webster's Bible (WBT) And Jethro, Moses's father-in-law, took a burnt-offering and sacrifices for God: and Aaron came, and all the elders of Israel to eat bread with Moses's father-in-law before God.
World English Bible (WEB) Jethro, Moses' father-in-law, took a burnt offering and sacrifices for God. Aaron came with all of the elders of Israel, to eat bread with Moses' father-in-law before God.
Young's Literal Translation (YLT) And Jethro, father-in-law of Moses, taketh a burnt-offering and sacrifices for God; and Aaron cometh in, and all the elders of Israel, to eat bread with the father-in-law of Moses, before God.
Read Full Chapter :
Exodus 18
Cross Reference
उत्पत्ति 31:54
त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए।
व्यवस्था 12:7
परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
प्रस्थान 24:5
तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
प्रस्थान 24:11
इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।
उत्पत्ति 43:25
यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।
प्रस्थान 2:20
यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”
लेवी 7:11
“परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,
व्यवस्था 27:7
तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
2 शमूएल 9:7
दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधै मसँगै टेबलमा बसेर खानेछौ।”
1 इतिहास 29:21
अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे।
2 इतिहास 30:22
राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
अय्यूब 1:5
तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैले सोच्थे, “हुन सक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैं गर्ने गर्थे।
उत्पत्ति 4:4
हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो।अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।
अय्यूब 42:11
तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए।
दानियल 10:3
मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लुगा लगाइन तीन हप्ता सम्म मैले केही पनि गरिनँ।
लूका 14:1
एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।
लूका 14:15
येशूसंग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
1 कोरिन्थी 10:18
इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बलि खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र?
1 कोरिन्थी 10:21
तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ।
1 कोरिन्थी 10:31
यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर।
अय्यूब 42:8
यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”
उत्पत्ति 8:20
त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।
उत्पत्ति 12:7
त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।
उत्पत्ति 26:25
यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।