Bible

Ephesians 4 - BBE (Nepali)

1 I then, the prisoner in the Lord, make this request from my heart, that you will see that your behaviour is a credit to the position which God's purpose has given you,म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु।

2 With all gentle and quiet behaviour, taking whatever comes, putting up with one another in love;सँधै नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।

3 Taking care to keep the harmony of the Spirit in the yoke of peace.आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

4 There is one body and one Spirit, even as you have been marked out by God in the one hope of his purpose for you;शरीर एउटै छ र आत्मा एउटै छ। आशा पनि एउटै छ जसकोलागि परमेश्वरले तिमीहरूलाई बोलाए।

5 One Lord, one faith, one baptism,एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा छ।

6 One God and Father of all, who is over all, and through all, and in all.परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

7 But to every one of us has grace been given in the measure of the giving of Christ.ख्रीष्टले हामी प्रत्येकलाई एक-एकवटा विशेष उपहार दिनु भएकोछ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो।

8 For this reason he says, He went up on high, taking his prisoners with him, and gave freely to men.त्यसैले शास्त्रमा यस्तो भनिएको छः“उहाँमाथि आकाशमा जानुभयो, आफूसित कैदलाई बन्दी बनाएर लानु भयो अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”

9 (Now this, He went up, what is it but that he first went down into the lower parts of the earth?“उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो।

10 He who went down is the same who went up far over all the heavens so that he might make all things complete.)येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफुमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो।

11 And he gave some as Apostles, and some, prophets; and some, preachers of the good news; and some to give care and teaching;अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।

12 For the training of the saints as servants in the church, for the building up of the body of Christ:ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्।

13 Till we all come to the harmony of the faith, and of the knowledge of the Son of God, to full growth, to the full measure of Christ:हामी सबै एउटै विश्वासमा नबाँधिउञ्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुञ्जेल, हामी परिपक्क मानिस नबनिउञ्जेल, हामी ख्रीष्ट जस्तै उन्नत नहुञ्जेल र उहाँको पूर्णता प्राप्त नगरूञ्जेल यो काम गरि नै रहनुपर्छ।

14 So that we may be no longer children, sent this way and that, turned about by every wind of teaching, by the twisting and tricks of men, by the deceits of error;तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।

15 But saying true words in love, may come to full growth in him, who is the head, even Christ;तर, हामी प्रेमपूर्वक सत्य बोल्छौं। तर हामी हर तरहले ख्रीष्ट जस्तै नहुञ्जे बडिरहनेछौं। ख्रीष्ट शिर हुनुहुन्छ र हामी शरीरको प्रत्येक अंग एक-अर्कामा जोडिएकोछ र शरीरको जोडनीले एक गरेको छ। प्रत्येक अंगले आ-आफ्नै काम गर्छ। अनि यसैले सम्पूर्ण शरीर विकास गर्छ र प्रेममा दृढ हुन्छ।

16 Through whom all the body, being rightly formed and united together, by the full working of every part, is increased to the building up of itself in love.म यो भन्छु र प्रभुको सम्बन्धमा चेतावनी दिन्छुः परमेश्वरलाई नचिन्नेहरू जस्तो भएर नबस।

17 This I say, then, and give witness in the Lord, that you are to go no longer in the way of the Gentiles whose minds are turned to that which has no profit,तिनीहरूका विचार निकम्मा हुन्छन्।

18 Whose thoughts are dark, to whom the life of God is strange because they are without knowledge, and their hearts have been made hard;ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन।

19 Who having no more power of feeling, have given themselves up to evil passions, to do all unclean things with overmuch desire.लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन् । हर प्रकारको नीच काम गर्न ती सधैं तम्सन्छन्।

20 For this was not the teaching of Christ which was given to you;तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन।

21 If in fact you gave ear to him, and were given teaching in him, even as what is true is made clear in Jesus:म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्।

22 That you are to put away, in relation to your earlier way of life, the old man, which has become evil by love of deceit;तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोडन सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ।

23 And be made new in the spirit of your mind,तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ।

24 And put on the new man, to which God has given life, in righteousness and a true and holy way of living.तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ।

25 And so, putting away false words, let everyone say what is true to his neighbour: for we are parts one of another.यसैले तिमीहरूले झूटो बोल्नु छोडनुपर्छ। आपसमा सँधै साँचो बोल। किनभने हामी आपस्तमा एउटै शरीरका अंगहरू हौं।

26 Be angry without doing wrong; let not the sun go down on your wrath;जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्। अनि दिनभरि नरिसाइ बस।

27 And do not give way to the Evil One.शैतानलाई जित्ने मौका नदेऊ।

28 Let him who was a thief be so no longer, but let him do good work with his hands, so that he may have something to give to him who is in need.यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

29 Let no evil talk come out of your mouth, but only what is good for giving necessary teaching, and for grace to those who give ear.बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्।

30 And do not give grief to the Holy Spirit of God, by whom you were marked for the day of salvation.पवित्र आत्मालाई दुखित नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।

31 Let all bitter, sharp and angry feeling, and noise, and evil words, be put away from you, with all unkind acts;तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।

32 And be kind to one another, full of pity, having forgiveness for one another, even as God in Christ had forgiveness for you.आपसमा दयालू र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।

Nepali Bible