James 5:19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।
James 5:19 in Other Translations
King James Version (KJV) Brethren, if any of you do err from the truth, and one convert him;
American Standard Version (ASV) My brethren, if any among you err from the truth, and one convert him;
Bible in Basic English (BBE) My brothers, if one of you has gone out of the way of the true faith and another has made him see his error,
Darby English Bible (DBY) My brethren, if any one among you err from the truth, and one bring him back,
World English Bible (WEB) Brothers, if any among you wanders from the truth, and someone turns him back,
Young's Literal Translation (YLT) Brethren, if any among you may go astray from the truth, and any one may turn him back,
Brethren,
Ἀδελφοί
adelphos
ah-thale-FOSE
if
ἐάν
ean
ay-AN
any
τις
tis
tees
of
ἐν
en
ane
you
ὑμῖν
hymin
yoo-MEEN
do err
πλανηθῇ
planaō
pla-NA-oh
from
ἀπὸ
apo
ah-POH
the
τῆς
ho
oh
truth,
ἀληθείας
alētheia
ah-LAY-thee-ah
and
καὶ
kai
kay
convert
ἐπιστρέψῃ
epistrephō
ay-pee-STRAY-foh
one
τις
tis
tees
him;
αὐτόν
autos
af-TOSE
Read Full Chapter :
James 5
Cross Reference
गलाती 6:1
दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।
मत्ती 18:15
“यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ।
याकूब 5:20
यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।
इजकिएल 34:16
“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
इजकिएल 34:4
तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।
लूका 22:32
मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
1 तिमोथी 6:10
पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
1 तिमोथी 6:21
कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
2 तिमोथी 2:18
तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
भजनसंग्रह 119:21
हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित् घटनाहरू तिनीहरूतर्फ घट्नेछन् तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे।
याकूब 3:14
यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।
2 पत्रुस 3:17
प्रिय मित्रहरु, तिमीहरुले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरुलाई, तिनीहरुलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरु आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।
यहूदा 1:11
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
यहूदा 1:22
जो मानिसहरु सन्देह गर्छन् तिनीहरुलाई दया देखाऊ। तिमीहरुले कोही मानिसहरुलाई बचाँउनु आवश्यक छ।
हिब्रू 12:12
तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।
भजनसंग्रह 119:118
हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ। किन? किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
हितोपदेश 19:27
हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
यशैया 3:12
युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।