Isaiah 9:13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।
Isaiah 9:13 in Other Translations
King James Version (KJV) For the people turneth not unto him that smiteth them, neither do they seek the LORD of hosts.
American Standard Version (ASV) Yet the people have not turned unto him that smote them, neither have they sought Jehovah of hosts.
Bible in Basic English (BBE) But the heart of the people was not turned to him who sent punishment on them, and they made no prayer to the Lord of armies.
Darby English Bible (DBY) But the people turneth not unto him that smiteth them, and they do not seek Jehovah of hosts.
World English Bible (WEB) Yet the people have not turned to him who struck them, neither have they sought Yahweh of Hosts.
Young's Literal Translation (YLT) And the people hath not turned back unto Him who is smiting it, And Jehovah of Hosts they have not sought.
Read Full Chapter :
Isaiah 9
Cross Reference
होशे 7:10
इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।
यशैया 31:1
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
यर्मिया 5:3
हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
यशैया 1:5
परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।
यशैया 57:17
ती मानिसहरूले पाप काम गरे अनि त्यसैले मलाई क्रोधित बनाए। यसैले मैले इस्राएललाई दण्ड दिएँ, उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ। अनि इस्राएलले मलाई त्यागेर गयो, उसले जता इच्छा गर्यो उतै गयो।
यर्मिया 29:11
म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।
यर्मिया 31:18
मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
यर्मिया 50:4
परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू संग-संगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
व्यवस्था 4:29
तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।
होशे 3:4
यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।
होशे 5:15
जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”
होशे 7:16
तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।
इजकिएल 24:13
तिमीले मेरो विरूद्ध पाप गर्यौ अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें, अनि तिमीलाई शुद्ध बनाउन चाहें। तर दाग बाहिर आएन। म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन। जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।
2 इतिहास 28:22
आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।
अय्यूब 36:13
मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैं रीस गर्छन्। परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
यशैया 26:11
तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।