Bible

Deuteronomy 4 - BBE (Nepali)

1 And now give ear, O Israel, to the laws and the decisions which I am teaching you, and do them; so that life may be yours, and you may go in and take for yourselves the land which the Lord, the God of your fathers, is giving you.“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।

2 Make no addition to the orders which I give you, and take nothing from them, but keep the orders of the Lord your God which I give you.मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

3 Your eyes have seen what the Lord did because of Baal-peor: for destruction came from the Lord on all those among you who went after Baal-peor.“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।

4 But you who kept faith with the Lord are living, every one of you, today.तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।

5 I have been teaching you laws and decisions, as I was ordered to do by the Lord my God, so that you might keep them in the land to which you are going to take it for your heritage.“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।

6 So keep these laws and do them; for so will your wisdom and good sense be clear in the eyes of the peoples, who hearing all these laws will say, Truly, this great nation is a wise and far-seeing people.यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’

7 For what great nation has a god so near to them as the Lord our God is, whenever we are turned to him in prayer?“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।

8 And what great nation has laws and decisions so right as all this law which I put before you today?आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।

9 Only take care, and keep watch on your soul, for fear that the things which your eyes have seen go from your memory and from your heart all the days of your life; but let the knowledge of them be given to your children and to your children's children;तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।

10 That day when you were waiting before the Lord your God in Horeb, and the Lord said to me, Make all the people come together, so that hearing my words they may go in fear of me all the days of their life on earth and give this teaching to their children.होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’

11 And you came near, waiting at the foot of the mountain; and flames of fire went up from the mountain to the heart of heaven, with dark clouds, and all was black as night.तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।

12 And the voice of the Lord came to you out of the fire: the sound of his words came to your ears but you saw no form; there was nothing but a voice.परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।

13 And he gave you his agreement with you, the ten rules which you were to keep, which he put in writing on the two stones of the law.परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।

14 And the Lord gave me orders at that time to make clear to you these laws and decisions, so that you might do them in the land to which you are going, and which is to be your heritage.त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।

15 So keep watch on yourselves with care; for you saw no form of any sort on the day when the voice of the Lord came to you in Horeb out of the heart of the fire:“त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।

16 So that you may not be turned to evil ways and make for yourselves an image in the form of any living thing, male or female,यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।

17 Or any beast of the earth, or winged bird of the air,पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ।

18 Or of anything which goes flat on the earth, or any fish in the water under the earth.भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौरडने प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ।

19 And when your eyes are lifted up to heaven, and you see the sun and the moon and the stars, all the army of heaven, do not let yourselves be moved to give them worship, or become the servants of what the Lord has given equally to all peoples under heaven.अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।

20 But the Lord has taken you out of the flaming fire, out of Egypt, to be to him the people of his heritage, as you are today.तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

21 And the Lord was angry with me because of you, and made an oath that I was not to go over Jordan into the good land which the Lord is giving you for your heritage:“तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।

22 But death is to come to me in this land, I may not go over Jordan: but you will go over and take that good land for your heritage.तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ।

23 Take care that you do not let the agreement of the Lord your God, which he has made with you, go out of your mind, or make for yourselves images of any sort, against the orders which the Lord your God has given you.तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।

24 For the Lord your God is an all-burning fire, and he will not let the honour which is his be given to any other.किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

25 If, when you have had children and children's children, and have been living a long time in the land, you are turned to evil ways, and make an image of any sort, and do evil in the eyes of the Lord your God, moving him to wrath:“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।

26 May heaven and earth be my witnesses against you today, that destruction will quickly overtake you, cutting you off from that land which you are going over Jordan to take; your days will not be long in that land, but you will come to a complete end.यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।

27 And the Lord will send you wandering among the peoples; only a small band of you will be kept from death among the nations where the Lord will send you.परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।

28 There you will be the servants of gods, made by men's hands, of wood and stone, having no power of seeing or hearing or taking food or smelling.त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।

29 But if in those lands you are turned again to the Lord your God, searching for him with all your heart and soul, he will not keep himself from you.तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।

30 When you are in trouble and all these things have come on you, if, in the future, you are turned again to the Lord your God, and give ear to his voice:जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेशवरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।

31 Because the Lord your God is a God of mercy, he will not take away his help from you or let destruction overtake you, or be false to the agreement which he made by an oath with your fathers.परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।

32 Give thought now to the days which are past, before your time, from the day when God first gave life to man on the earth, and searching from one end of heaven to the other, see if such a great thing as this has ever been, or if anything like it has been talked of in story.“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!

33 Has any people ever gone on living after hearing the voice of God out of the heart of the fire as you did?तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।

34 Has God ever before taken a nation for himself from out of another nation, by punishments and signs and wonders, by war and by a strong hand and a stretched-out arm and great acts of wonder and fear, as the Lord your God did for you in Egypt, before your very eyes?अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।

35 All this he let you see, so that you might be certain that the Lord is God and there is no other.परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।

36 Out of heaven itself his voice came to you, teaching you; and on earth he let you see his great fire; and his words came to your ears out of the heart of the fire.तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

37 And because of his love for your fathers, he took their seed and made it his, and he himself, present among you, took you out of Egypt by his great power;“तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।

38 Driving out before you nations greater and stronger than you, to take you into their land and give it to you for your heritage, as at this day.उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।

39 So today be certain, and keep the knowledge deep in your hearts, that the Lord is God, in heaven on high and here on earth; there is no other God.“तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।

40 Then keep his laws and his orders which I give you today, so that it may be well for you and for your children after you, and that your lives may be long in the land which the Lord your God is giving you for ever.आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

41 Then Moses had three towns marked out on the far side of Jordan looking to the east;यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो

42 To which anyone causing the death of his neighbour in error and not through hate, might go in flight; so that in one of these towns he might be kept from death:यदि कुनै मानिसले अञ्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो।

43 The names of the towns were Bezer in the waste land, in the table-land, for the Reubenites; and Ramoth in Gilead for the Gadites; and Golan in Bashan for Manasseh.मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

44 This is the law which Moses put before the children of Israel:मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।

45 These are the rules and the laws and the decisions which Moses gave to the children of Israel after they came out of Egypt;इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।

46 On the far side of Jordan, in the valley facing Beth-peor, in the land of Sihon, king of the Amorites, who was ruling in Heshbon, whom Moses and the children of Israel overcame after they had come out of Egypt:जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।

47 And they took his land for a heritage, and the land of Og, king of Bashan, the two kings of the Amorites, whose lands were on the other side of Jordan to the east;तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।

48 From Aroer on the edge of the valley of the Arnon as far as Mount Sion, which is Hermon,यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।)

49 And all the Arabah on the far side of Jordan to the east, as far as the sea of the Arabah under the slopes of Pisgah.यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पथ्यर्रो।

Nepali Bible