Bible

Deuteronomy 28 - BBE (Nepali)

1 Now if you give ear to the voice of the Lord your God, and keep with care all these orders which I have given you today, then the Lord your God will put you high over all the nations of the earth:“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

2 And all these blessings will come on you and overtake you, if your ears are open to the voice of the Lord your God.यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।

3 A blessing will be on you in the town, and a blessing in the field.“शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।

4 A blessing will be on the fruit of your body, and on the fruit of your land, on the fruit of your cattle, the increase of your herd, and the young of your flock.“परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।

5 A blessing will be on your basket and on your bread-basin.परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ, अनि सधैं खाद्य पर्दाथले भर्नु हुनेछ।

6 A blessing will be on your coming in and on your going out.परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।

7 By the power of the Lord, those who take arms against you will be overcome before you: they will come out against you one way, and will go in flight from you seven ways.“तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।

8 The Lord will send his blessing on your store-houses and on everything to which you put your hand: his blessing will be on you in the land which the Lord your God is giving you.“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ।

9 The Lord will keep you as a people holy to himself, as he has said to you in his oath, if you keep the orders of the Lord your God and go on walking in his ways.यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुसरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ।

10 And all the peoples of the earth will see that the name of the Lord is on you, and they will go in fear of you.तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।

11 And the Lord will make you fertile in every good thing, in the fruit of your body, and the fruit of your cattle, and the fruit of your fields, in the land which the Lord, by his oath to your fathers, said he would give you.“तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ।

12 Opening his store-house in heaven, the Lord will send rain on your land at the right time, blessing all the work of your hands: other nations will make use of your wealth, and you will have no need of theirs.आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।

13 The Lord will make you the head and not the tail; and you will ever have the highest place, if you give ear to the orders of the Lord your God which I give you today, to keep and to do them;परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैंमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।

14 Not turning away from any of the orders which I give you today, to the right hand or to the left, or going after any other gods to give them worship.आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा दुब्रै फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुसरण गर्नु हुदैन।

15 But if you do not give ear to the voice of the Lord your God, and take care to do all his orders and his laws which I give you today, then all these curses will come on you and overtake you:“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।

16 You will be cursed in the town and cursed in the field.“परमप्रभुले शहर र खेतहरूमा तिमीहरूलाई सराप्नु हुनेछ।

17 A curse will be on your basket and on your bread-basin.परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन।

18 A curse will be on the fruit of your body, and on the fruit of your land, on the increase of your cattle, and the young of your flock.परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।

19 You will be cursed when you come in and cursed when you go out.परमप्रभुले सब तिमीहरूलाई सराप्नु समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ जे तिमी गर्छौ।

20 The Lord will send on you cursing and trouble and punishment in everything to which you put your hand, till sudden destruction overtakes you; because of your evil ways in which you have been false to me.“यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ।

21 The Lord will send disease after disease on you, till you have been cut off by death from the land to which you are going.जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ।

22 The Lord will send wasting disease, and burning pain, and flaming heat against you, keeping back the rain till your land is waste and dead; so will it be till your destruction is complete.परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्।

23 And the heaven over your heads will be brass, and the earth under you hard as iron.आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ।

24 The Lord will make the rain of your land powder and dust, sending it down on you from heaven till your destruction is complete.परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिञ्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

25 The Lord will let you be overcome by your haters: you will go out against them one way, and you will go in flight before them seven ways: you will be the cause of fear among all the kingdoms of the earth.“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।

26 Your bodies will be meat for all the birds of the air and the beasts of the earth; there will be no one to send them away.तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।

27 The Lord will send on you the disease of Egypt, and other sorts of skin diseases which nothing will make well.“परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई फोकाहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ।

28 He will make your minds diseased, and your eyes blind, and your hearts wasted with fear:परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ।

29 You will go feeling your way when the sun is high, like a blind man for whom all is dark, and nothing will go well for you: you will be crushed and made poor for ever, and you will have no saviour.“तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

30 You will take a wife, but another man will have the use of her: the house which your hands have made will never be your resting-place: you will make a vine-garden, and never take the fruit of it.“स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।

31 Your ox will be put to death before your eyes, but its flesh will not be your food: your ass will be violently taken away before your face, and will not be given back to you: your sheep will be given to your haters, and there will be no saviour for you.मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

32 Your sons and your daughters will be given to another people, and your eyes will be wasted away with looking and weeping for them all the day: and you will have no power to do anything.“तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउञ्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

33 The fruit of your land and all the work of your hands will be food for a nation which is strange to you and to your fathers; you will only be crushed down and kept under for ever:“तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।

34 So that the things which your eyes have to see will send you out of your minds.तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ।

35 The Lord will send a skin disease, attacking your knees and your legs, bursting out from your feet to the top of your head, so that nothing will make you well.परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।

36 And you, and the king whom you have put over you, will the Lord take away to a nation strange to you and to your fathers; there you will be servants to other gods of wood and stone.“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।

37 And you will become a wonder and a name of shame among all the nations where the Lord will take you.देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

38 You will take much seed out into the field, and get little in; for the locust will get it.“तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किन? कारण अन्न सलहले खाइदिनेछ।

39 You will put in vines and take care of them, but you will get no wine or grapes from them; for they will be food for worms.तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।

40 Your land will be full of olive-trees, but there will be no oil for the comfort of your body; for your olive-tree will give no fruit.तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्।

41 You will have sons and daughters, but they will not be yours; for they will go away prisoners into a strange land.तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किन? किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्।

42 All your trees and the fruit of your land will be the locust's.तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ।

43 The man from a strange land who is living among you will be lifted up higher and higher over you, while you go down lower and lower.तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।

44 He will let you have his wealth at interest, and will have no need of yours: he will be the head and you the tail.विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

45 And all these curses will come after you and overtake you, till your destruction is complete; because you did not give ear to the voice of the Lord your God, or keep his laws and his orders which he gave you:“जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ।

46 These things will come on you and on your seed, to be a sign and a wonder for ever;अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

47 Because you did not give honour to the Lord your God, worshipping him gladly, with joy in your hearts on account of all your wealth of good things;“कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।

48 For this cause you will become servants to those whom the Lord your God will send against you, without food and drink and clothing, and in need of all things: and he will put a yoke of iron on your neck till he has put an end to you.यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुञ्जेलसम्म हटाउन सकनेछैनौ।

49 The Lord will send a nation against you from the farthest ends of the earth, coming with the flight of an eagle; a nation whose language is strange to you;“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।

50 A hard-faced nation, who will have no respect for the old or mercy for the young:तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।

51 He will take the fruit of your cattle and of your land till death puts an end to you: he will let you have nothing of your grain or wine or oil or any of the increase of your cattle or the young of your flock, till he has made your destruction complete.तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुञ्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।

52 Your towns will be shut in by his armies, till your high walls, in which you put your faith, have come down: his armies will be round your towns, through all your land which the Lord your God has given you.“तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्।

53 And your food will be the fruit of your body, the flesh of the sons and daughters which the Lord your God has given you; because of your bitter need and the cruel grip of your haters.“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

54 That man among you who is soft and used to comfort will be hard and cruel to his brother, and to his dear wife, and to of those his children who are still living;“त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्।

55 And will not give to any of them the flesh of his children which will be his food because he has no other; in the cruel grip of your haters on all your towns.यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।

56 The most soft and delicate of your women, who would not so much as put her foot on the earth, so delicate is she, will be hard-hearted to her husband and to her son and to her daughter;“अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।

57 And to her baby newly come to birth, and to the children of her body; for having no other food, she will make a meal of them secretly, because of her bitter need and the cruel grip of your haters on all your towns.त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।

58 If you will not take care to do all the words of this law, recorded in this book, honouring that name of glory and of fear, THE LORD YOUR GOD;“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ।

59 Then the Lord your God will make your punishment, and the punishment of your seed, a thing to be wondered at; great punishments and cruel diseases stretching on through long years.परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ।

60 He will send on you again all the diseases of Egypt, which were a cause of fear to you, and they will take you in their grip.तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ।

61 And all the diseases and the pains not recorded in the book of this law will the Lord send on you till your destruction is complete.परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुञ्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ।

62 And you will become a very small band, though your numbers were like the stars of heaven; because you did not give ear to the voice of the Lord your God.आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सकछन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एकदमै थोरे संख्यामा रहने छौ।

63 And as the Lord took delight in doing you good and increasing you, so the Lord will take pleasure in cutting you off and causing your destruction, and you will be uprooted from the land which you are about to take as your heritage.“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।

64 And the Lord will send you wandering among all peoples, from one end of the earth to the other: there you will be servants to other gods, of wood and stone, gods of which you and your fathers had no knowledge.पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।

65 And even among these nations there will be no peace for you, and no rest for your feet: but the Lord will give you there a shaking heart and wasting eyes and weariness of soul:“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।

66 Your very life will be hanging in doubt before you, and day and night will be dark with fears, and nothing in life will be certain:तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैं डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ।

67 In the morning you will say, If only it was evening! And at evening you will say, If only morning would come! Because of the fear in your hearts and the things which your eyes will see.बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो। किन? किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ।’

68 And the Lord will take you back to Egypt again in ships, by the way of which I said to you, You will never see it again: there you will be offering yourselves as men-servants and women-servants to your haters for a price, and no man will take you.परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।

Nepali Bible