Bible

Deuteronomy 25 - BBE (Nepali)

1 If there is an argument between men and they go to law with one another, let the judges give their decision for the upright, and against the wrongdoer.“जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन।

2 And if the wrongdoer is to undergo punishment by whipping, the judge will give orders for him to go down on his face and be whipped before him, the number of the blows being in relation to his crime.यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ।

3 He may be given forty blows, not more; for if more are given, your brother may be shamed before you.कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।

4 Do not keep the ox from taking the grain when he is crushing it.“जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।

5 If brothers are living together and one of them, at his death, has no son, the wife of the dead man is not to be married outside the family to another man: let her husband's brother go in to her and make her his wife, doing as it is right for a brother-in-law to do.“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।

6 Then the first male child she has will take the rights of the brother who is dead, so that his name may not come to an end in Israel.त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्।

7 But if the man says he will not take his brother's wife, then let the wife go to the responsible men of the town, and say, My husband's brother will not keep his brother's name living in Israel; he will not do what it is right for a husband's brother to do.यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’

8 Then the responsible men of the town will send for the man, and have talk with him: and if he still says, I will not take her;तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’

9 Then his brother's wife is to come to him, before the responsible men of the town, and take his shoe off his foot, and put shame on him, and say, So let it be done to the man who will not take care of his brother's name.तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थूक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’

10 And his family will be named in Israel, The house of him whose shoe has been taken off.तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।

11 If two men are fighting, and the wife of one of them, coming to the help of her husband, takes the other by the private parts;“यदि दुई जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन।

12 Her hand is to be cut off; have no pity on her.यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।

13 Do not have in your bag different weights, a great and a small;“मानिसहरूलाई ठग्न कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठग्ने ढकहरू नराख।

14 Or in your house different measures, a great and a small.आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुई प्रकारको नाप दण्ड नराख।

15 But have a true weight and a true measure: so that your life may be long in the land which the Lord your God is giving you.तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ।

16 For all who do such things, and all whose ways are not upright, are disgusting to the Lord your God.परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।

17 Keep in mind what Amalek did to you on your way from Egypt;“जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।

18 How, meeting you on the way, he made an attack on you when you were tired and without strength, cutting off all the feeble ones at the end of your line; and the fear of God was not in him.तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्।

19 So when the Lord your God has given you rest from all who are against you on every side, in the land which the Lord your God is giving you for your heritage, see to it that the memory of Amalek is cut off from the earth; keep this in mind.यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।

Nepali Bible