Deuteronomy 21 - BBE (Nepali)
1 If, in the land which the Lord your God is giving you, you come across the dead body of a man in the open country, and you have no idea who has put him to death:“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।
2 Then your responsible men and your judges are to come out, and give orders for the distance from the dead body to the towns round about it to be measured;तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।
3 And whichever town is nearest to the body, the responsible men of that town are to take from the herd a young cow which has never been used for work or put under the yoke;जब तिमीहरूले जान्ने छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।
4 And they are to take the cow into a valley where there is flowing water, and which is not ploughed or planted, and there the neck of the cow is to be broken:शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।
5 Then the priests, the sons of Levi, are to come near; for they have been marked out by the Lord your God to be his servants and to give blessings in the name of the Lord; and by their decision every argument and every blow is to be judged:पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)
6 And all the responsible men of that town which is nearest to the dead man, washing their hands over the cow whose neck was broken in the valley,मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।
7 Will say, This death is not the work of our hands and our eyes have not seen it.यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं।
8 Have mercy, O Lord, on your people Israel whom you have made free, and take away from your people the crime of a death without cause. Then they will no longer be responsible for the man's death.हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।
9 So you will take away the crime of a death without cause from among you, when you do what is right in the eyes of the Lord.यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।
10 When you go out to war against other nations, and the Lord your God gives them up into your hands and you take them as prisoners;“तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।
11 If among the prisoners you see a beautiful woman and it is your desire to make her your wife;ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।
12 Then take her back to your house; and let her hair and her nails be cut;तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।
13 And let her take off the dress in which she was made prisoner and go on living in your house and weeping for her father and mother for a full month: and after that you may go in to her and be her husband and she will be your wife.“उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सएछौ अनि तिनी तिम्री पत्नी हुन सएछिन्।
14 But if you have no delight in her, you are to let her go wherever she will; you may not take a price for her as if she was your property, for you have made use of her for your pleasure.यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।जेठो छोरो
15 If a man has two wives, one greatly loved and the other hated, and the two of them have had children by him; and if the first son is the child of the hated wife:“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।
16 Then when he gives his property to his sons for their heritage, he is not to put the son of his loved one in the place of the first son, the son of the hated wife:जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।
17 But he is to give his first son his birthright, and twice as great a part of his property: for he is the first-fruits of his strength and the right of the first son is his.उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुई गुणा अंश पाउनै पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।
18 If a man has a son who is hard-hearted and uncontrolled, who gives no attention to the voice of his father and mother, and will not be ruled by them, though they give him punishment:“कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।
19 Then let his father and mother take him to the responsible men of the town, to the public place;तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।
20 And say to them, This son of ours is hard-hearted and uncontrolled, he will not give attention to us; he gives himself up to pleasure and strong drink.माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’
21 Then he is to be stoned to death by all the men of the town: so you are to put away the evil from among you; and all Israel, hearing of it, will be full of fear.तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।
22 If a man does a crime for which the punishment is death, and he is put to death by hanging him on a tree;“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।
23 Do not let his body be on the tree all night, but put it to rest in the earth the same day; for the man who undergoes hanging is cursed by God; so do not make unclean the land which the Lord your God is giving you for your heritage.त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
Nepali Bible