Deuteronomy 2 - YLT (Nepali)
1 `And we turn, and journey into the wilderness, the way of the Red Sea, as Jehovah hath spoken unto me, and we go round the mount of Seir many days.“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरूभूमिमा गयों। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।
2 `And Jehovah speaketh unto me, saying,तब परमप्रभुले मलाई भन्नुभयो, “
3 Enough to you -- is the going round of this mount; turn for yourselves northward.यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।
4 `And the people command thou, saying, Ye are passing over into the border of your brethren, sons of Esau, who are dwelling in Seir, and they are afraid of you; and ye have been very watchful,मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।
5 ye do not strive with them, for I do not give to you of their land even the treading of the sole of a foot; for a possession to Esau I have given mount Seir.तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।
6 `Food ye buy from them with money, and have eaten; and also water ye buy from them with money, and have drunk,तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।
7 for Jehovah thy God hath blessed thee in all the work of thy hands; He hath known thy walking in this great wilderness these forty years; Jehovah thy God `is' with thee; thou hast not lacked anything.यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’
8 `And we pass by from our brethren, sons of Esau, who are dwelling in Seir, by the way of the plain, by Elath, and by Ezion-Gaber; and we turn, and pass over the way of the wilderness of Moab;“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।
9 and Jehovah saith unto me, Do not distress Moab, nor stir thyself up against them `in' battle, for I do not give to thee of their land `for' a possession; for to the sons of Lot I have given Ar `for' a possession.'“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘
10 `The Emim formerly have dwelt in it, a people great, and numerous, and tall, as the Anakim;विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।
11 Rephaim they are reckoned, they also, as the Anakim; and the Moabites call them Emim.अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।
12 And in Seir have the Horim dwelt formerly; and the sons of Esau dispossess them, and destroy them from before them, and dwell in their stead, as Israel hath done to the land of his possession, which Jehovah hath given to them;पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।
13 now, rise ye, and pass over for yourselves the brook Zered; and we pass over the brook Zered.“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं।
14 `And the days which we have walked from Kadesh-Barnea until that we have passed over the brook Zered, `are' thirty and eight years, till the consumption of all the generation of the men of battle from the midst of the camp, as Jehovah hath sworn to them;जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।
15 and also the hand of Jehovah hath been against them, to destroy them from the midst of the camp, till they are consumed.परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।
16 `And it cometh to pass, when all the men of battle have finished dying from the midst of the people,“योद्धाहरू मरेपछि,
17 that Jehovah speaketh unto me, saying,परमप्रभुले मलाई भन्नुभयो,
18 Thou art passing over to-day the border of Moab, even Ar,‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।
19 and thou hast come near over-against the sons of Ammon, thou dost not distress them, nor stir up thyself against them, for I do not give `any' of the land of the sons of Ammon to thee `for' a possession; for to the sons of Lot I have given it `for' a possession.तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘
20 `A land of Rephaim it is reckoned, even it; Rephaim dwelt in it formerly, and the Ammonites call them Zamzummim;त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।
21 a people great, and numerous, and tall, as the Anakim, and Jehovah destroyeth them before them, and they dispossess them, and dwell in their stead,तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।
22 as He hath done for the sons of Esau, who are dwelling in Seir, when He destroyed the Horim from before them, and they dispossess them, and dwell in their stead, unto this day.परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।
23 `As to the Avim who are dwelling in Hazerim unto Azzah, the Caphtorim -- who are coming out from Caphtor -- have destroyed them, and dwell in their stead.कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।
24 `Rise ye, journey and pass over the brook Arnon; see, I have given into thy hand Sihon king of Heshbon, the Amorite, and his land; begin to possess, and stir up thyself against him `in' battle.“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।
25 This day I begin to put thy dread and thy fear on the face of the peoples under the whole heavens, who hear thy fame, and have trembled and been pained because of thee.आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’
26 `And I send messengers from the wilderness of Kedemoth, unto Sihon king of Heshbon, -- words of peace -- saying,“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,
27 Let me pass over through thy land; in the several ways I go; I turn not aside -- right or left --‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौ हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।
28 food for money thou dost sell me, and I have eaten; and water for money thou dost give to me, and I have drunk; only, let me pass over on my feet, --हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौ। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।
29 as the sons of Esau who are dwelling in Seir, and the Moabites who are dwelling in Ar, have done to me -- till that I pass over the Jordan, unto the land which Jehovah our God is giving to us.यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’
30 `And Sihon king of Heshbon hath not been willing to let us pass over by him, for Jehovah thy God hath hardened his spirit, and strengthened his heart, so as to give him into thy hand as at this day.“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
31 `And Jehovah saith unto me, See, I have begun to give before thee Sihon and his land; begin to possess -- to possess his land.“परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’
32 `And Sihon cometh out to meet us, he and all his people, to battle to Jahaz;“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।
33 and Jehovah our God giveth him before us, and we smite him, and his sons, and all his people;तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।
34 and we capture all his cities at that time, and devote the whole city, men, and the women, and the infants -- we have not left a remnant;त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।
35 only, the cattle we have spoiled for ourselves, and the spoil of the cities which we have captured.हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।
36 `From Aroer, which `is' by the edge of the brook Arnon, and the city which `is' by the brook, even unto Gilead there hath not been a city which `is' too high for us; the whole hath Jehovah our God given before us.त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।
37 `Only, unto the land of the sons of Ammon thou hast not drawn near, any part of the brook Jabbok, and cities of the hill-country, and anything which Jehovah our God hath `not' commanded.तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।
Nepali Bible