Bible

Deuteronomy 2 - DBY (Nepali)

1 And we turned, and took our journey into the wilderness by the way of the Red sea, as Jehovah had said unto me; and we went round mount Seir many days.“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरूभूमिमा गयों। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।

2 And Jehovah spoke to me, saying,तब परमप्रभुले मलाई भन्नुभयो, “

3 Ye have gone round this mountain long enough: turn you northward.यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।

4 And command the people, saying, Ye are to pass through the border of your brethren the children of Esau, who dwell in Seir; and they will be afraid of you; and ye shall be very guarded:मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।

5 attack them not; for I will not give you of their land, no, not so much as a foot-breadth; for I have given mount Seir as a possession unto Esau.तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।

6 Ye shall buy of them food for money, that ye may eat; and water shall ye also buy of them for money, that ye may drink;तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।

7 for Jehovah thy God hath blessed thee in all the work of thy hand. He hath known thy walking through this great wilderness: these forty years hath Jehovah thy God been with thee; thou hast lacked nothing.यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

8 And we passed by from our brethren the children of Esau, who dwelt in Seir, by the plain, by Elath, and by Ezion-geber, and we turned and passed by the way of the wilderness of Moab.“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।

9 And Jehovah said to me, Distress not the Moabites, neither engage with them in battle; for I will not give thee of their land a possession; for unto the children of Lot have I given Ar as a possession.“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘

10 (The Emim dwelt therein in times past, a people great, and many, and tall as the Anakim.विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।

11 They also are reckoned as giants like the Anakim; but the Moabites call them Emim.अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।

12 And in Seir dwelt the Horites in times past; and the children of Esau dispossessed them, and destroyed them from before them, and dwelt in their stead; as Israel did to the land of their possession, which Jehovah gave to them.)पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।

13 Now rise up, and pass over the torrent Zered. And we passed over the torrent Zered.“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं।

14 Now the days in which we came from Kadesh-barnea, until we had come over the torrent Zered, were thirty-eight years; until the whole generation of the men of war was consumed from the midst of the camp, as Jehovah had sworn unto them.जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।

15 Moreover the hand of Jehovah was against them to destroy them from the midst of the camp, until they were consumed.परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

16 And it came to pass when all the men of war were consumed, having died off from among the people,“योद्धाहरू मरेपछि,

17 that Jehovah spoke to me, saying,परमप्रभुले मलाई भन्नुभयो,

18 Thou art to pass this day over the border of Moab, [which is] Ar,‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।

19 and come near over against the children of Ammon; thou shalt not distress them nor attack them; for I will not give thee of the land of the children of Ammon a possession; for unto the children of Lot have I given it as a possession.तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘

20 (That also is reckoned a land of giants: giants dwelt therein in time past, and the Ammonites call them Zamzummim;त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।

21 a people great, and many, and tall as the Anakim; and Jehovah destroyed them before them, and they dispossessed them, and dwelt in their stead;तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।

22 as he did to the children of Esau, who dwelt in Seir, from before whom he destroyed the Horites; and they dispossessed them, and dwelt in their stead, even to this day.परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।

23 And the Avvites who dwelt in the hamlets as far as Gazah -- the Caphtorim, who came out of Caphtor, destroyed them, and dwelt in their stead.)कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।

24 Rise up, take your journey, and pass over the river Arnon. Behold, I have given into thy hand Sihon the king of Heshbon, the Amorite, and his land: begin, take possession, and engage with him in battle.“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।

25 This day will I begin to put the dread of thee and the fear of thee upon the peoples under the whole heaven; who will hear report of thee, and will tremble, and quake because of thee.आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’

26 And I sent messengers out of the wilderness of Kedemoth unto Sihon the king of Heshbon with words of peace, saying,“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,

27 Let me pass through thy land: by the highway alone will I go; I will neither turn to the right hand nor to the left.‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौ हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।

28 Thou shalt sell me food for money that I may eat; and thou shalt give me water for money that I may drink; I will only pass through on my feet,हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौ। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।

29 -- as the children of Esau who dwell in Seir, and the Moabites who dwell in Ar, did to me, -- until I shall pass over the Jordan into the land which Jehovah our God giveth us.यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’

30 But Sihon the king of Heshbon would not let us pass by him; for Jehovah thy God hardened his spirit, and made his heart obdurate, that he might give him into thy hand, as it is this day.“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

31 And Jehovah said to me, Behold, I begin to give Sihon and his land before thee: begin, take possession, that thou mayest possess his land.“परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’

32 And Sihon came out against us for battle, he and all his people, to Jahaz.“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।

33 But Jehovah our God gave him up before us; and we smote him, and his sons, and his whole people.तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।

34 And we took all his cities at that time, and utterly destroyed every city, men, and women, and little ones: we let none escape.त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।

35 Only the cattle we took as booty for ourselves, and the spoil of the cities which we took.हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।

36 From Aroer, which is on the bank of the river Arnon, and the city that is in the ravine even to Gilead, there was not one city too strong for us: Jehovah our God delivered all before us.त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

37 Only thou didst not approach the land of the children of Ammon, the whole border of the river Jabbok, nor the cities of the mountain, nor to whatsoever Jehovah our God had forbidden us.तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।

Nepali Bible