Deuteronomy 2 - ASV (Nepali)
1 Then we turned, and took our journey into the wilderness by the way to the Red Sea, as Jehovah spake unto me; and we compassed mount Seir many days.“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरूभूमिमा गयों। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।
2 And Jehovah spake unto me, saying,तब परमप्रभुले मलाई भन्नुभयो, “
3 Ye have compassed this mountain long enough: turn you northward.यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।
4 And command thou the people, saying, Ye are to pass through the border of your brethren the children of Esau, that dwell in Seir; and they will be afraid of you: take ye good heed unto yourselves therefore;मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।
5 contend not with them; for I will not give you of their land, no, not so much as for the sole of the foot to tread on; because I have given mount Seir unto Esau for a possession.तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।
6 Ye shall purchase food of them for money, that ye may eat; and ye shall also buy water of them for money, that ye may drink.तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ।
7 For Jehovah thy God hath blessed thee in all the work of thy hand; he hath known thy walking through this great wilderness: these forty years Jehovah thy God hath been with thee; thou hast lacked nothing.यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’
8 So we passed by from our brethren the children of Esau, that dwell in Seir, from the way of the Arabah from Elath and from Ezion-geber. And we turned and passed by the way of the wilderness of Moab.“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयों। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरूभूमितिर जाने बाटो लाग्यौं।
9 And Jehovah said unto me, Vex not Moab, neither contend with them in battle; for I will not give thee of his land for a possession; because I have given Ar unto the children of Lot for a possession.“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘
10 (The Emim dwelt therein aforetime, a people great, and many, and tall, as the Anakim:विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए।
11 these also are accounted Rephaim, as the Anakim; but the Moabites call them Emim.अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे।
12 The Horites also dwelt in Seir aforetime, but the children of Esau succeeded them; and they destroyed them from before them, and dwelt in their stead; as Israel did unto the land of his possession, which Jehovah gave unto them.)पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।
13 Now rise up, and get you over the brook Zered. And we went over the brook Zered.“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं।
14 And the days in which we came from Kadesh-barnea, until we were come over the brook Zered, were thirty and eight years; until all the generation of the men of war were consumed from the midst of the camp, as Jehovah sware unto them.जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।
15 Moreover the hand of Jehovah was against them, to destroy them from the midst of the camp, until they were consumed.परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।
16 So it came to pass, when all the men of war were consumed and dead from among the people,“योद्धाहरू मरेपछि,
17 that Jehovah spake unto me, saying,परमप्रभुले मलाई भन्नुभयो,
18 Thou art this day to pass over Ar, the border of Moab:‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ।
19 and when thou comest nigh over against the children of Ammon, vex them not, nor contend with them; for I will not give thee of the land of the children of Ammon for a possession; because I have given it unto the children of Lot for a possession.तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘
20 (That also is accounted a land of Rephaim: Rephaim dwelt therein aforetime; but the Ammonites call them Zamzummim,त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई ‘जमजुम्मीहरू’ भन्थे।
21 a people great, and many, and tall, as the Anakim; but Jehovah destroyed them before them; and they succeeded them, and dwelt in their stead;तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्।
22 as he did for the children of Esau, that dwell in Seir, when he destroyed the Horites from before them; and they succeeded them, and dwelt in their stead even unto this day:परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।
23 and the Avvim, that dwelt in villages as far as Gaza, the Caphtorim, that came forth out of Caphtor, destroyed them, and dwelt in their stead.)कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।
24 Rise ye up, take your journey, and pass over the valley of the Arnon: behold, I have given into thy hand Sihon the Amorite, king of Heshbon, and his land; begin to possess it, and contend with him in battle.“परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडइँ गरेर त्यो भूमि अधिनमा पार।
25 This day will I begin to put the dread of thee and the fear of thee upon the peoples that are under the whole heaven, who shall hear the report of thee, and shall tremble, and be in anguish because of thee.आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’
26 And I sent messengers out of the wilderness of Kedemoth unto Sihon king of Heshbon with words of peace, saying,“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,
27 Let me pass through thy land: I will go along by the highway, I will turn neither unto the right hand nor to the left.‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौ हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं।
28 Thou shalt sell me food for money, that I may eat; and give me water for money, that I may drink: only let me pass through on my feet,हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौ। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं।
29 as the children of Esau that dwell in Seir, and the Moabites that dwell in Ar, did unto me; until I shall pass over the Jordan into the land which Jehovah our God giveth us.यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिडनु देऊ।’
30 But Sihon king of Heshbon would not let us pass by him; for Jehovah thy God hardened his spirit, and made his heart obstinate, that he might deliver him into thy hand, as at this day.“तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।
31 And Jehovah said unto me, Behold, I have begun to deliver up Sihon and his land before thee: begin to possess, that thou mayest inherit his land.“परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’
32 Then Sihon came out against us, he and all his people, unto battle at Jahaz.“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।
33 And Jehovah our God delivered him up before us; and we smote him, and his sons, and all his people.तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए।
34 And we took all his cities at that time, and utterly destroyed every inhabited city, with the women and the little ones; we left none remaining:त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं।
35 only the cattle we took for a prey unto ourselves, with the spoil of the cities which we had taken.हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों।
36 From Aroer, which is on the edge of the valley of the Arnon, and `from' the city that is in the valley, even unto Gilead, there was not a city too high for us; Jehovah our God delivered up all before us:त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।
37 only to the land of the children of Ammon thou camest not near; all the side of the river Jabbok, and the cities of the hill-country, and wheresoever Jehovah our God forbade us.तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।
Nepali Bible