Deuteronomy 1 - WEB (Nepali)
1 These are the words which Moses spoke to all Israel beyond the Jordan in the wilderness, in the Arabah over against Suph, between Paran, and Tophel, and Laban, and Hazeroth, and Dizahab.जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
2 It is eleven days' [journey] from Horeb by the way of Mount Seir to Kadesh-barnea.सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ।
3 It happened in the fortieth year, in the eleventh month, on the first day of the month, that Moses spoke to the children of Israel, according to all that Yahweh had given him in commandment to them;तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।
4 after he had struck Sihon the king of the Amorites, who lived in Heshbon, and Og the king of Bashan, who lived in Ashtaroth, at Edrei.परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।
5 Beyond the Jordan, in the land of Moab, began Moses to declare this law, saying,यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,
6 Yahweh our God spoke to us in Horeb, saying, You have lived long enough in this mountain:“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।
7 turn you, and take your journey, and go to the hill-country of the Amorites, and to all [the places] near thereunto, in the Arabah, in the hill-country, and in the lowland, and in the South, and by the sea-shore, the land of the Canaanites, and Lebanon, as far as the great river, the river Euphrates.अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।
8 Behold, I have set the land before you: go in and possess the land which Yahweh swore to your fathers, to Abraham, to Isaac, and to Jacob, to give to them and to their seed after them.हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।”मोशा अगुवाहरू छान्छन्
9 I spoke to you at that time, saying, I am not able to bear you myself alone:मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।
10 Yahweh your God has multiplied you, and, behold, you are this day as the stars of the sky for multitude.अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।
11 Yahweh, the God of your fathers, make you a thousand times as many as you are, and bless you, as he has promised you!अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।
12 How can I myself alone bear your encumbrance, and your burden, and your strife?तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।
13 Take wise men of understanding and well known according to your tribes, and I will make them heads over you.यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, ‘विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’
14 You answered me, and said, The thing which you have spoken is good [for us] to do.“अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’
15 So I took the heads of your tribes, wise men, and known, and made them heads over you, captains of thousands, and captains of hundreds, and captains of fifties, and captains of tens, and officers, according to your tribes.“यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।
16 I charged your judges at that time, saying, Hear [the causes] between your brothers, and judge righteously between a man and his brother, and the foreigner who is living with him.“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।
17 You shall not show partiality in judgment; you shall hear the small and the great alike; you shall not be afraid of the face of man; for the judgment is God's: and the cause that is too hard for you, you shall bring to me, and I will hear it.जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’
18 I commanded you at that time all the things which you should do.त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।
19 We traveled from Horeb, and went through all that great and terrible wilderness which you saw, by the way to the hill-country of the Amorites, as Yahweh our God commanded us; and we came to Kadesh-barnea.“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।
20 I said to you, You are come to the hill-country of the Amorites, which Yahweh our God gives to us.तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।
21 Behold, Yahweh your God has set the land before you: go up, take possession, as Yahweh, the God of your fathers, has spoken to you; don't be afraid, neither be dismayed.हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
22 You came near to me everyone of you, and said, Let us send men before us, that they may search the land for us, and bring us word again of the way by which we must go up, and the cities to which we shall come.“तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुनकुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’
23 The thing pleased me well; and I took twelve men of you, one man for every tribe:“तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें।
24 and they turned and went up into the hill-country, and came to the valley of Eshcol, and spied it out.तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।
25 They took of the fruit of the land in their hands, and brought it down to us, and brought us word again, and said, It is a good land which Yahweh our God gives to us.तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
26 Yet you wouldn't go up, but rebelled against the commandment of Yahweh your God:“तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ।
27 and you murmured in your tents, and said, Because Yahweh hated us, he has brought us forth out of the land of Egypt, to deliver us into the hand of the Amorites, to destroy us.तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।
28 Where are we going up? our brothers have made our heart to melt, saying, The people are greater and taller than we; the cities are great and fortified up to the sky; and moreover we have seen the sons of the Anakim there.अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’
29 Then I said to you, Don't dread, neither be afraid of them.“यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ।
30 Yahweh your God who goes before you, he will fight for you, according to all that he did for you in Egypt before your eyes,परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।
31 and in the wilderness, where you have seen how that Yahweh your God bore you, as a man does bear his son, in all the way that you went, until you came to this place.तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।
32 Yet in this thing you didn't believe Yahweh your God,“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।
33 who went before you in the way, to seek you out a place to pitch your tents in, in fire by night, to show you by what way you should go, and in the cloud by day.जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
34 Yahweh heard the voice of your words, and was angry, and swore, saying,“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,
35 Surely there shall not one of these men of this evil generation see the good land, which I swore to give to your fathers,तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।
36 save Caleb the son of Jephunneh: he shall see it; and to him will I give the land that he has trodden on, and to his children, because he has wholly followed Yahweh.यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’
37 Also Yahweh was angry with me for your sakes, saying, You also shall not go in there:“तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ।
38 Joshua the son of Nun, who stands before you, he shall go in there: encourage you him; for he shall cause Israel to inherit it.तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढनेछन्।’
39 Moreover your little ones, whom you said should be a prey, and your children, who this day have no knowledge of good or evil, they shall go in there, and to them will I give it, and they shall possess it.“अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।
40 But as for you, turn you, and take your journey into the wilderness by the way to the Red Sea.तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’
41 Then you answered and said to me, We have sinned against Yahweh, we will go up and fight, according to all that Yahweh our God commanded us. You girded on every man his weapons of war, and were forward to go up into the hill-country.“तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’ तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं।
42 Yahweh said to me, Tell them, Don't go up, neither fight; for I am not among you; lest you be struck before your enemies.“तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’
43 So I spoke to you, and you didn't listen; but you rebelled against the commandment of Yahweh, and were presumptuous, and went up into the hill-country.“मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ।
44 The Amorites, who lived in that hill-country, came out against you, and chased you, as bees do, and beat you down in Seir, even to Hormah.तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे।
45 You returned and wept before Yahweh; but Yahweh didn't listen to your voice, nor gave ear to you.तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।
46 So you abode in Kadesh many days, according to the days that you abode [there].यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।
Nepali Bible