Bible

Deuteronomy 1 - BBE (Nepali)

1 These are the words which Moses said to all Israel on the far side of Jordan, in the waste land in the Arabah opposite Suph, between Paran on the one side, and Tophel, Laban, Hazeroth, and Dizahab on the other.जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

2 It is eleven days' journey from Horeb by the way of Mount Seir to Kadesh-barnea.सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ।

3 Now in the fortieth year, on the first day of the eleventh month, Moses gave to the children of Israel all the orders which the Lord had given him for them;तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस वर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं वर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने।

4 After he had overcome Sihon, king of the Amorites, ruling in Heshbon, and Og, king of Bashan, ruling in Ashtaroth, at Edrei:परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।

5 On the far side of Jordan in the land of Moab, Moses gave the people this law, saying,यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,

6 The Lord our God said to us in Horeb, You have been long enough in this mountain:“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।

7 Make a move now, and go on your way into the hill-country of the Amorites and the places near it, in the Arabah and the hill-country and in the lowlands and in the South and by the seaside, all the land of the Canaanites, and Lebanon, as far as the great river, the river Euphrates.अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।

8 See, all the land is before you: go in and take for yourselves the land which the Lord gave by an oath to your fathers, Abraham, Isaac, and Jacob, and to their seed after them.हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।”मोशा अगुवाहरू छान्छन्

9 At that time I said to you, I am not able to undertake the care of you by myself;मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ।

10 The Lord your God has given you increase, and now you are like the stars of heaven in number.अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।

11 May the Lord, the God of your fathers, make you a thousand times greater in number than you are, and give you his blessing as he has said!अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्।

12 How is it possible for me by myself to be responsible for you, and undertake the weight of all your troubles and your arguments?तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडाहरू समाधान गर्न असमर्थ छु।

13 Take for yourselves men who are wise, far-seeing, and respected among you, from your tribes, and I will make them rulers over you.यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, ‘विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’

14 And you made answer and said to me, It is good for us to do as you say.“अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’

15 So I took the heads of your tribes, wise men and respected, and made them rulers over you, captains of thousands and captains of hundreds and captains of fifties and captains of tens, and overseers of your tribes.“यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।

16 And at that time I gave orders to your judges, saying, Let all questions between your brothers come before you for hearing, and give decisions uprightly between a man and his brother or one from another nation who is with him.“त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडामा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्।

17 In judging, do not let a man's position have any weight with you; give hearing equally to small and great; have no fear of any man, for it is God who is judge: and any cause in which you are not able to give a decision, you are to put before me and I will give it a hearing.जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’

18 And at that time I gave you all the orders which you were to do.त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।

19 Then we went on from Horeb, through all that great and cruel waste which you saw, on our way to the hill-country of the Amorites, as the Lord gave us orders; and we came to Kadesh-barnea.“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।

20 And I said to you, You have come to the hill-country of the Amorites, which the Lord our God is giving us.तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।

21 See now, the Lord your God has put the land into your hands: go up and take it, as the Lord, the God of your fathers, has said to you; have no fear and do not be troubled.हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’

22 And you came near to me, every one of you, and said, Let us send men before us to go through the land with care and give us an account of the way we are to go and the towns to which we will come.“तर तिमीहरू सबै मकहाँ आएर भन्यौ, ‘पहिले हामी केही मानिसहरू त्यहाँ पठाऊँ तिनीहरूले त्यो भूमिको निर्कोल गर्नेछन् हामी कुन बाटो भएर कुनकुन शहरहरू भएर त्यस भूमिमा पुग्नेछौं, त्यस विषयमा समाचार ल्याउनेछन्।’

23 And what you said seemed good to me, and I took twelve men from among you, one from every tribe;“तिमीहरूको कुरा मन पराएर मैले तिमीहरूको प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छानें।

24 And they went up into the hill-country and came to the valley of Eshcol, and saw what was there.तब ती मानिसहरू पहाडतिर लागे अनि एशकोलको बेंसीमा पुगेर त्यहाँ सब खोजीनिधि गरे।

25 And taking in their hands some of the fruit of the land, they came down again to us, and gave us their account, saying, It is a good land which the Lord our God is giving us.तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’

26 But going against the order of the Lord your God, you would not go up:“तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा अवहेलना गरी त्यो भूमि भएको ठाउँमा जान अस्वीकार गर्यौ।

27 And you made an angry outcry in your tents, and said, In his hate for us the Lord has taken us out of the land of Egypt, to give us up into the hands of the Amorites for our destruction.तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।

28 Where are we going up? Our brothers have made our hearts feeble with fear by saying, The people are greater and taller than we are, and the towns are great and walled up to heaven; and more than this, we have seen the sons of the Anakim there.अब हामी कहाँ जान सएछौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।’

29 Then I said to you, Have no fear of them.“यसकारण मैले तिमीहरूलाई भनें, ‘विरक्त नहोऊ, ती मानिसहरूसँग नडराऊ।

30 The Lord your God who goes before you will be fighting for you, and will do such wonders as he did for you in Egypt before your eyes;परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।

31 And in the waste land, where you have seen how the Lord was supporting you, as a man does his son, in all your journeying till you came to this place.तिमीहरूले देखेका छौ एकजना मानिसले आफ्नो छोरोलाई कसरी बोकेर लान्छ त्यसरी नै परमप्रभुले तिमीहरूलाई लानुहुन्छ। परमप्रभुले तिमीहरूलाई यस ठाउँसम्म बचाएर ल्याउनु भएको छ।

32 But for all this, you had no faith in the Lord your God,“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।

33 Who goes before you on your way, looking for a place where you may put up your tents, in fire by night, lighting up the way you are to go, and in a cloud by day.जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।

34 And the Lord, hearing your words, was angry, and said with an oath,“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,

35 Truly, not one of this evil generation will see that good land which I said I would give to your fathers,तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।

36 But only Caleb, the son of Jephunneh, he will see it; and to him and to his children I will give the land over which his feet have gone, because he has been true to the Lord with all his heart.यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’

37 And, in addition, the Lord was angry with me because of you, saying, You yourself will not go into it:“तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ।

38 Joshua, the son of Nun, your servant, he will go into the land: say to him that he is to be strong, for he will be Israel's guide into their heritage.तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढनेछन्।’

39 And your little ones, who, you said, would come into strange hands, your children, who now have no knowledge of good or evil, they will go into that land, and to them I will give it and it will be theirs.“अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।

40 But as for you, go back, journeying into the waste land by the way of the Red Sea.तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’

41 Then you said to me, We have done evil against the Lord, we will go up to the attack, as the Lord our God has given us orders. And arming yourselves every one, you made ready to go up without care into the hill-country.“तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’ तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं।

42 And the Lord said to me, Say to them, Do not go up to the attack; for I am not among you, and you will be overcome by those who are against you.“तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’

43 This I said to you, but you gave no attention and went against the orders of the Lord, and in your pride went up into the hill-country.“मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ।

44 And the Amorites who were in the hill-country came out against you and put you to flight, rushing after you like bees, and overcame you in Seir, driving you even as far as Hormah.तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे।

45 And you came back, weeping before the Lord; but the Lord gave no attention to your cries and did not give ear to you.तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन।

46 So you were kept waiting in Kadesh for a long time.यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ।

Nepali Bible