Daniel 8 - DBY (Nepali)
1 In the third year of the reign of Belshazzar the king, a vision appeared unto me, [even] to me Daniel, after that which appeared unto me at the first.बेलसजर राजाको शासनकालको तेस्रो वर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो।
2 And I saw in the vision; and it came to pass, when I saw, that I was in the fortress of Shushan, which is in the province of Elam. And I saw in the vision, and I was by the river Ulai.मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ।
3 And I lifted up mine eyes and saw, and behold, there stood before the river a ram which had two horns; and the two horns were high; and one was higher than the other, and the higher came up last.मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो।
4 I saw the ram pushing westward, and northward, and southward, and no beast could stand before him, neither was there any that could deliver out of his hand; and he did according to his will, and became great.मैले भेडोलाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।
5 And as I was considering, behold, a he-goat came from the west over the face of the whole earth, and touched not the ground: and the goat had a notable horn between his eyes.मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेडाका सिँगहरू ठोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो।
6 And he came to the ram that had the two horns, which I had seen standing before the river, and ran upon him in the fury of his power.अनि बोको दुइवटा सींङ भएको भेडाकहाँ आयो। यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ। अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्यो।
7 And I saw him come close to the ram, and he was enraged with him, and smote the ram, and broke his two horns; and there was no power in the ram to stand before him; and he cast him down to the ground, and trampled upon him; and there was none that could deliver the ram out of his hand.मैले बोकालाई भेडातिर कुद्दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सीङ भाँचिदियो। बोकोसित भेडोको सामना गर्ने शक्ति थिएन। बोकोले भेडोलाई भूइँमा लडायो अनि त्यसलाई कुल्चियो। भेडालाई बचाउने त्यहाँ कोही थिएन।
8 And the he-goat became exceeding great; but when he was become strong, the great horn was broken; and in its stead came up four notable ones toward the four winds of the heavens.यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सीङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चार वटा सींङ उम्रिए। ती चारैवटा सीङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।
9 And out of one of them came forth a little horn, which became exceeding great, toward the south, and toward the east, and toward the beauty [of the earth].फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो।
10 And it became great, even to the host of heaven; and it cast down [some] of the host and of the stars to the ground, and trampled upon them.त्यो सानो सीङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो।
11 (And he magnified [himself] even to the prince of the host, and from him the continual [sacrifice] was taken away, and the place of his sanctuary was cast down.सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो।
12 And a time of trial was appointed unto the continual [sacrifice] by reason of transgression.) And it cast down the truth to the ground; and it practised and prospered.अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।
13 And I heard one saint speaking, and another saint said unto that one who spoke, How long shall be the vision of the continual [sacrifice] and of the transgression that maketh desolate, to give both the sanctuary and the host to be trodden down under foot?फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिल्यै सम्म यी कुराहरू भई रहनेछन? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?”
14 And he said unto me, Until two thousand and three hundred evenings [and] mornings: then shall the sanctuary be vindicated.अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”
15 And it came to pass, when I Daniel had seen the vision, I sought for the understanding of it, and behold, there stood before me as the appearance of a man.जब म दानियलले यो दर्शन देखें म यो बुझ्नको निम्ति कराएँ। अनि अचानक मानिसको रूप भएको एकजना मेरो छेउमा उभिरहेको देखें।
16 And I heard a man's voice between [the banks of] the Ulai; and he called and said, Gabriel, make this [man] to understand the vision.त्यसै बेला मैले ऊलै नदीको किनारबाट मलाई बोलाउँदै गरेको मानव स्वर सुनें। स्वरले भन्यो, “हे गाब्रियल! यस मानिसलाई दर्शनको अर्थ व्याख्या गरिदेऊ।”
17 And he came near where I stood; and when he came, I was afraid, and fell on my face; and he said unto me, Understand, son of man; for the vision is for the time of the end.त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”
18 Now, as he was speaking with me, I was in a deep stupor, with my face toward the ground. And he touched me, and set me up where I had stood.ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।
19 And he said, Behold, I will make thee know what shall be at the end of the indignation: for at the set time the end shall be.गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।
20 The ram that thou sawest having the two horns: they are the kings of Media and Persia.तिमीले देखेको दुइ सींङे साँढे भेडा मादी देश र फारस देशका राजाहरू हुन्।
21 And the rough goat is the king of Greece; and the great horn that was between his eyes is the first king.त्यो बोको चाँहि यूनानीहरूको राज्य हो। अनि त्यसको निधारको ठूलो सीङ चाहिँ प्रथम राजा हो।
22 Now that being broken, whereas four stood up in its stead, four kingdoms shall stand up out of the nation, but not with his power.त्यो भाँचिएको सींङको सट्टामा उम्रेका चार सींङहरू चाँहि चार राज्यहरू हुन्, जुन त्यस जातिबाट खडा हुनेछन्। तर तुलनामा त्यसको जतिकै पराक्रम हुनेछैन।
23 And at the latter time of their kingdom, when the transgressors shall have come to the full, a king of bold countenance, and understanding riddles, shall stand up.“ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।
24 And his power shall be mighty, but not by his own power; and he shall destroy marvellously, and shall prosper, and shall practise, and shall destroy the mighty ones, and the people of the saints.त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।
25 And through his cunning shall he cause craft to prosper in his hand; and he will magnify [himself] in his heart, and by prosperity will corrupt many; and he will stand up against the Prince of princes: but he shall be broken without hand.“त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।
26 And the vision of the evening and the morning which hath been told is true; but close thou up the vision, for it is for many days [to come].साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नै पर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”
27 And I Daniel fainted, and was sick [certain] days: then I rose up, and did the king's business. And I was astonished at the vision, but none understood [it].त्यसपछि मेरो शक्ति हरायो। केही समय सम्म म बिमारी भइरहें। तब म उठेर फेरि राजाको काममा लागें। तर त्यस दर्शन ले गर्दा म डराई रहें र कसैले मलाई त्यो बुझाउँन सकेन।
Nepali Bible