Daniel 6 - YLT (Nepali)
1 It hath been good before Darius, and he hath established over the kingdom satraps -- a hundred and twenty -- that they may be throughout the whole kingdom,सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो।
2 and higher than they three presidents, of whom Daniel `is' first, that these satraps may give to them an account, and the king have no loss.उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।
3 Then this Daniel hath been overseer over the presidents and satraps, because that an excellent spirit `is' in him, and the king hath thought to establish him over the whole kingdom.चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए।
4 Then the presidents and satraps have been seeking to find a cause of complaint against Daniel concerning the kingdom, and any cause of complaint and corruption they are not able to find, because that he `is' faithful, and any error and corruption have not been found in him.तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईष्या गर्न र उनीहरूले दानियलसँग निँहू खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।
5 Then these men are saying, `We do not find against this Daniel any cause of complaint, except we have found `it' against him in the law of his God.'यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।”
6 Then these presidents and satraps have assembled near the king, and thus they are saying to him: `O king Darius, to the ages live!त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रांन्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन।”
7 Taken counsel have all the presidents of the kingdom, the prefects, and the satraps, the counsellors, and the governors, to establish a royal statute, and to strengthen an interdict, that any who seeketh a petition from any god and man until thirty days, save of thee, O king, is cast into a den of lions.राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।
8 Now, O king, thou dost establish the interdict, and sign the writing, that it is not to be changed, as a law of Media and Persia, that doth not pass away.'अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।”
9 Therefore king Darius hath signed the writing and interdict.यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे।
10 And Daniel, when he hath known that the writing is signed, hath gone up to his house, and the window being opened for him, in his upper chamber, over-against Jerusalem, three times in a day he is kneeling on his knees, and praying, and confessing before his God, because that he was doing `it' before this.दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।
11 Then these men have assembled, and found Daniel praying and entreating grace before his God;उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।
12 then they have come near, yea, they are saying before the king concerning the king's interdict: `Hast thou not signed an interdict, that any man who seeketh from any god and man until thirty days, save of thee, O king, is cast into a den of lions?' Answered hath the king, and said, `The thing `is' certain as a law of Media and Persia, that doth not pass away.'त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?”राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”
13 Then they have answered, yea, they are saying before the king, that, `Daniel, who `is' of the sons of the Removed of Judah, hath not placed on thee, O king, `any' regard, nor on the interdict that thou hast signed, and three times in a day he is seeking his petition.'यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”
14 Then the king, when he hath heard the matter, is greatly displeased at himself, and on Daniel he hath set the heart to deliver him, and till the going up of the sun he was arranging to deliver him.जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे।
15 Then these men have assembled near the king, and are saying to the king, `know, O king, that the law of Media and Persia `is': That any interdict and statute that the king doth establish is not to be changed.'तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।”
16 Then the king hath said, and they have brought Daniel, and have cast `him' into a den of lions. The king hath answered and said to Daniel, `Thy God, whom thou art serving continually, Himself doth deliver thee.'तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैं आराधना गर्छौ, तिमीलाई बचाउन।”
17 And a stone hath been brought and placed at the mouth of the den, and the king hath sealed it with his signet, and with the signet of his great men, that the purpose be not changed concerning Daniel.त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्।
18 Then hath the king gone to his palace, and he hath passed the night fasting, and dahavan have not been brought up before him, and his sleep hath fled `from' off him.तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।
19 Then doth the king rise in the early morning, at the light, and in haste to the den of lions he hath gone;बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए।
20 and at his coming near to the den, to Daniel, with a grieved voice, he crieth. The king hath answered and said to Daniel, O Daniel, servant of the living God, thy God, whom thou art serving continually, is He able to deliver thee from the lions?'राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”
21 Then Daniel hath spoken with the king: `O king, to the ages live:दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्।
22 my God hath sent His messenger, and hath shut the lions' mouths, and they have not injured me: because that before Him purity hath been found in me; and also before thee, O king, injury I have not done.'मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”
23 Then was the king very glad for him, and he hath commanded Daniel to be taken up out of the den, and Daniel hath been taken up out of the den, and no injury hath been found in him, because he hath believed in his God.त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।
24 And the king hath said, and they have brought those men who had accused Daniel, and to the den of lions they have cast them, they, their sons, and their wives; and they have not come to the lower part of the den till that the lions have power over them, and all their bones they have broken small.त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले।
25 Then Darius the king hath written to all the peoples, nations, and languages, who are dwelling in all the land: `Your peace be great!त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखेतिमीहरूलाई शान्ति होस्।
26 From before me is made a decree, that in every dominion of my kingdom they are trembling and fearing before the God of Daniel, for He `is' the living God, and abiding to the ages, and His kingdom that which `is' not destroyed, and His dominion `is' unto the end.म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्। दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, उहाँ सदा-सर्वदा जीउनु हुन्छ अनि उहाँको राज्य कहिलै अन्त हुनेछैन।
27 A deliverer, and rescuer, and doer of signs and wonders in the heavens and in earth `is' He who hath delivered Daniel from the paw of the lions.'परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ। अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो।”
28 And this Daniel hath prospered in the reign of Darius, and in the reign of Cyrus the Persian.यस प्रकारले दाराले राज्यमा शासन गरूञ्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुञ्जेल यिनै दानियलको उन्नति भइरह्यो।
Nepali Bible