Bible

Daniel 3 - BBE (Nepali)

1 Nebuchadnezzar the king made an image of gold, sixty cubits high and six cubits wide: he put it up in the valley of Dura, in the land of Babylon.राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे।

2 And Nebuchadnezzar the king sent to get together all the captains, the chiefs, the rulers, the wise men, the keepers of public money, the judges, the overseers, and all the rulers of the divisions of the country, to come to see the unveiling of the image which Nebuchadnezzar the king had put up.तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

3 Then the captains, the chiefs, the rulers, the wise men, the keepers of public money, the judges, the overseers, and all the rulers of the divisions of the country, came together to see the unveiling of the image which Nebuchadnezzar the king had put up; and they took their places before the image which Nebuchadnezzar had put up.ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए।

4 Then one of the king's criers said in a loud voice, To you the order is given, O peoples, nations, and languages,त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ।

5 That when the sound of the horn, pipe, harp, trigon, psaltery, bagpipe, and all sorts of instruments, comes to your ears, you are to go down on your faces in worship before the image of gold which Nebuchadnezzar the king has put up:जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ।

6 And anyone not falling down and worshipping will that same hour be put into a burning and flaming fire.यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

7 So at that time, all the people, when the sound of the horn, pipe, harp, trigon, psaltery, and all sorts of instruments, came to their ears, went down on their faces in worship before the image of gold which Nebuchadnezzar the king had put up.यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।

8 At that time certain Chaldaeans came near and made a statement against the Jews.यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले।

9 They made answer and said to Nebuchadnezzar the king, O King, have life for ever.तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।

10 You, O King, have given an order that every man, when the sound of the horn, pipe, harp, trigon, psaltery, bagpipe, and all sorts of instruments, comes to his ears, is to go down on his face in worship before the image of gold:महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ।

11 And anyone not falling down and worshipping is to be put into a burning and flaming fire.अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।

12 There are certain Jews whom you have put over the business of the land of Babylon, Shadrach, Meshach, and Abed-nego; these men have not given attention to you, O King: they are not servants of your gods or worshippers of the gold image which you have put up.यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”

13 Then Nebuchadnezzar in his wrath and passion gave orders for Shadrach, Meshach, and Abed-nego to be sent for. Then they made these men come in before the king.यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।

14 Nebuchadnezzar made answer and said to them, Is it true, O Shadrach, Meshach, and Abed-nego, that you will not be servants of my god or give worship to the image of gold which I have put up?नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ?

15 Now if you are ready, on hearing the sound of the horn, pipe, harp, trigon, psaltery, bagpipe, and all sorts of instruments, to go down on your faces in worship before the image which I have made, it is well: but if you will not give worship, that same hour you will be put into a burning and flaming fire; and what god is there who will be able to take you out of my hands?अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”

16 Shadrach, Meshach, and Abed-nego, answering Nebuchadnezzar the king, said, There is no need for us to give you an answer to this question.शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।

17 If our God, whose servants we are, is able to keep us safe from the burning and flaming fire, and from your hands, O King, he will keep us safe.यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।

18 But if not, be certain, O King, that we will not be the servants of your gods, or give worship to the image of gold which you have put up.तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”

19 Then Nebuchadnezzar was full of wrath, and the form of his face was changed against Shadrach, Meshach, and Abed-nego: and he gave orders that the fire was to be heated up seven times more than it was generally heated.यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।

20 And he gave orders to certain strong men in his army to put cords on Shadrach, Meshach and Abed-nego and put them into the burning and flaming fire.त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।

21 Then these men had cords put round them as they were, in their coats, their trousers, their hats, and their clothing, and were dropped into the burning and flaming fire.सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए।

22 And because the king's order was not to be put on one side, and the heat of the fire was so great, the men who took up Shadrach, Meshach, and Abed-nego were burned to death by the flame of the fire.रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए।

23 And these three men, Shadrach, Meshach, and Abed-nego, with the cords about them, went down into the burning and flaming fire.ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।

24 Then King Nebuchadnezzar, full of fear and wonder, got up quickly, and said to his wise men, Did we not put three men in cords into the fire? and they made answer and said to the king, True, O King.त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?”तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”

25 He made answer and said, Look! I see four men loose, walking in the middle of the fire, and they are not damaged; and the form of the fourth is like a son of the gods.तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”

26 Then Nebuchadnezzar came near the door of the burning and flaming fire: he made answer and said, Shadrach, Meshach, and Abed-nego, you servants of the Most High God, come out and come here. Then Shadrach, Meshach, and Abed-nego came out of the fire.त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।

27 And the captains, the chiefs, and the rulers, and the king's wise men who had come together, saw these men, over whose bodies the fire had no power, and not a hair of their heads was burned, and their coats were not changed, and there was no smell of fire about them.प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि खुइलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।

28 Nebuchadnezzar made answer and said, Praise be to the God of Shadrach, Meshach, and Abed-nego, who has sent his angel and kept his servants safe who had faith in him, and who put the king's word on one side and gave up their bodies to the fire, so that they might not be servants or worshippers of any other god but their God.त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउँनु भयो।

29 And it is my decision that any people, nation, or language saying evil against the God of Shadrach, Meshach, and Abed-nego, will be cut to bits and their houses made waste: because there is no other god who is able to give salvation such as this.अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”

30 Then the king gave Shadrach, Meshach, and Abed-nego even greater authority in the land of Babylon.त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए।

Nepali Bible