Matthew 18:3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ।
Matthew 18:3 in Other Translations
King James Version (KJV) And said, Verily I say unto you, Except ye be converted, and become as little children, ye shall not enter into the kingdom of heaven.
American Standard Version (ASV) and said, Verily I say unto you, Except ye turn, and become as little children, ye shall in no wise enter into the kingdom of heaven.
Bible in Basic English (BBE) And said, Truly, I say to you, If you do not have a change of heart and become like little children, you will not go into the kingdom of heaven.
Darby English Bible (DBY) and said, Verily I say to you, Unless ye are converted and become as little children, ye will not at all enter into the kingdom of the heavens.
World English Bible (WEB) and said, "Most assuredly I tell you, unless you turn, and become as little children, you will in no way enter into the Kingdom of Heaven.
Young's Literal Translation (YLT) and said, `Verily I say to you, if ye may not be turned and become as the children, ye may not enter into the reign of the heavens;
And
καὶ
kai
kay
said,
εἶπεν
epō
APE-oh
Verily
Ἀμὴν
amēn
ah-MANE
I say
λέγω
legō
LAY-goh
unto you,
ὑμῖν
hymin
yoo-MEEN
Except
ἐὰν
ean
ay-AN
μὴ
mē
may
ye be converted,
στραφῆτε
strephō
STRAY-foh
and
καὶ
kai
kay
become
γένησθε
ginomai
GEE-noh-may
as
ὡς
hōs
ose
little
τὰ
ho
oh
children,
παιδία
paidion
pay-THEE-one
not
οὐ
ou
oo
μὴ
mē
may
ye shall enter
εἰσέλθητε
eiserchomai
ees-ARE-hoh-may
into
εἰς
eis
ees
the
τὴν
ho
oh
kingdom
βασιλείαν
basileia
va-see-LEE-ah
of
τῶν
ho
oh
heaven.
οὐρανῶν
ouranos
oo-ra-NOSE
Read Full Chapter :
Matthew 18
Cross Reference
1 पत्रुस 2:2
भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढन र मुक्ति हासिल गर्न सहायता गर्छ।
मर्कूस 10:14
त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।
मत्ती 19:14
तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो”
1 कोरिन्थी 14:20
दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
याकूब 5:19
मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ।
लूका 18:16
तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
भजनसंग्रह 131:2
म चुपचाप छु। मेरो प्राण शान्त छ।
मत्ती 5:20
म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।
लूका 22:32
मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
यूहन्ना 3:3
येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”
प्रेरित 28:27
हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् ।
यूहन्ना 3:5
तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।
यूहन्ना 1:51
तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘ 52
प्रेरित 3:19
यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ र्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।
प्रेरित 14:22
ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।”
2 पत्रुस 1:11
अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
यशैया 6:10
मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
भजनसंग्रह 51:10
हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
मत्ती 5:18
म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।
मत्ती 6:2
‘जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँचो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्।
मत्ती 6:5
‘जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्।
मत्ती 6:16
‘जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन्। कपटीहरूले जस्तो आचरण नगर्। आफू उपवास बसेको कुरा माानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँचो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्।
मत्ती 13:15
हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न अस्वीकार गर्छन् तिनीहरूका आँखाछ तापनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्। आफ्ना कानले सुन्दैनन् तिनीहरूका हृदयले बुझ्दैनन् हैन भने तिनीहरू मकहाँ आउने थिए सुन्ने थिए अनि म तिमीहरूलाई निको पार्नेथिए।’
मत्ती 19:23
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ।
मर्कूस 4:12
किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”
लूका 13:24
“साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।