Bible

Acts 5 - YLT (Nepali)

1 And a certain man, Ananias by name, with Sapphira his wife, sold a possession,हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।

2 and did keep back of the price -- his wife also knowing -- and having brought a certain part, at the feet of the apostles he laid `it'.तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।

3 And Peter said, `Ananias, wherefore did the Adversary fill thy heart, for thee to lie to the Holy Spirit, and to keep back of the price of the place?पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?

4 while it remained, did it not remain thine? and having been sold, in thy authority was it not? why `is' it that thou didst put in thy heart this thing? thou didst not lie to men, but to God;'जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”

5 and Ananias hearing these words, having fallen down, did expire, and great fear came upon all who heard these things,जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए।

6 and having risen, the younger men wound him up, and having carried forth, they buried `him'.त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घटनाको विषयमा सुनेपछि भयभीत बने।

7 And it came to pass, about three hours after, that his wife, not knowing what hath happened, came in,प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोगने प्रति त्यस्तो घटना घटन गएको गएको थाहा थिएन।

8 and Peter answered her, `Tell me if for so much ye sold the place;' and she said, `Yes, for so much.'पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

9 And Peter said unto her, `How was it agreed by you, to tempt the Spirit of the Lord? lo, the feet of those who did bury thy husband `are' at the door, and they shall carry thee forth;'पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”

10 and she fell down presently at his feet, and expired, and the young men having come in, found her dead, and having carried forth, they buried `her' by her husband;त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए।

11 and great fear came upon all the assembly, and upon all who heard these things.जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।

12 And through the hands of the apostles came many signs and wonders among the people, and they were with one accord all in the porch of Solomon;प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।

13 and of the rest no one was daring to join himself to them, but the people were magnifying them,कसैले पनि प्रेरितहरूसंग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।

14 (and the more were believers added to the Lord, multitudes both of men and women,)अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।

15 so as into the broad places to bring forth the ailing, and to lay `them' upon couches and mats, that at the coming of Peter, even `his' shadow might overshadow some one of them;यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।

16 and there were coming together also the people of the cities round about to Jerusalem, bearing ailing persons, and those harassed by unclean spirits -- who were all healed.मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।

17 And having risen, the chief priest, and all those with him -- being the sect of the Sadducees -- were filled with zeal,प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।

18 and laid their hands upon the apostles, and did put them in a public prison;तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।

19 and a messenger of the Lord through the night opened the doors of the prison, having also brought them forth, he said,तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,

20 `Go on, and standing, speak in the temple to the people all the sayings of this life;'“जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”

21 and having heard, they did enter at the dawn into the temple, and were teaching. And the chief priest having come, and those with him, they called together the sanhedrim and all the senate of the sons of Israel, and they sent to the prison to have them brought,जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।

22 and the officers having come, did not find them in the prison, and having turned back, they told,जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।

23 saying -- `The prison indeed we found shut in all safety, and the keepers standing without before the doors, and having opened -- within we found no one.'तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”

24 And as the priest, and the magistrate of the temple, and the chief priests, heard these words, they were doubting concerning them to what this would come;मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”

25 and coming near, a certain one told them, saying -- `Lo, the men whom ye did put in the prison are in the temple standing and teaching the people;'तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”

26 then the magistrate having gone away with officers, brought them without violence, for they were fearing the people, lest they should be stoned;त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।

27 and having brought them, they set `them' in the sanhedrim, and the chief priest questioned them,सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।

28 saying, `Did not we strictly command you not to teach in this name? and lo, ye have filled Jerusalem with your teaching, and ye intend to bring upon us the blood of this man.'उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”

29 And Peter and the apostles answering, said, `To obey God it behoveth, rather than men;पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।

30 and the God of our fathers did raise up Jesus, whom ye slew, having hanged upon a tree;तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।

31 this one God, a Prince and a Saviour, hath exalted with His right hand, to give reformation to Israel, and forgiveness of sins;येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।

32 and we are His witnesses of these sayings, and the Holy Spirit also, whom God gave to those obeying him.'हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”

33 And they having heard, were cut `to the heart', and were taking counsel to slay them,यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।

34 but a certain one, having risen up in the sanhedrim -- a Pharisee, by name Gamaliel, a teacher of law honoured by all the people -- commanded to put the apostles forth a little,फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

35 and said unto them, `Men, Israelites, take heed to yourselves about these men, what ye are about to do,त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।

36 for before these days rose up Theudas, saying, that himself was some one, to whom a number of men did join themselves, as it were four hundred, who was slain, and all, as many as were obeying him, were scattered, and came to nought.याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।

37 `After this one rose up, Judas the Galilean, in the days of the enrollment, and drew away much people after him, and that one perished, and all, as many as were obeying him, were scattered;त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।

38 and now I say to you, Refrain from these men, and let them alone, because if this counsel or this work may be of men, it will be overthrown,यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।

39 and if it be of God, ye are not able to overthrow it, lest perhaps also ye be found fighting against God.'तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।

40 And to him they agreed, and having called near the apostles, having beaten `them', they commanded `them' not to speak in the name of Jesus, and let them go;तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।

41 they, indeed, then, departed from the presence of the sanhedrim, rejoicing that for his name they were counted worthy to suffer dishonour,प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।

42 every day also in the temple, and in every house, they were not ceasing teaching and proclaiming good news -- Jesus the Christ.तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशू नै ख्रीष्ट हुनु हुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।

Nepali Bible