Bible

Acts 4 - YLT (Nepali)

1 And as they are speaking unto the people, there came to them the priests, and the magistrate of the temple, and the Sadducees --जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।

2 being grieved because of their teaching the people, and preaching in Jesus the rising again out of the dead --पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।

3 and they laid hands upon them, and did put them in custody unto the morrow, for it was evening already;यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे।

4 and many of those hearing the word did believe, and the number of the men became, as it were, five thousand.तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।

5 And it came to pass upon the morrow, there were gathered together of them the rulers, and elders, and scribes, to Jerusalem,अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।

6 and Annas the chief priest, and Caiaphas, and John, and Alexander, and as many as were of the kindred of the chief priest,प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।

7 and having set them in the midst, they were inquiring, `In what power, or in what name did ye do this?'तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

8 Then Peter, having been filled with the Holy Spirit, said unto them: `Rulers of the people, and elders of Israel,तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः

9 if we to-day are examined concerning the good deed to the ailing man, by whom he hath been saved,तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?

10 be it known to all of you, and to all the people of Israel, that in the name of Jesus Christ of Nazareth, whom ye did crucify, whom God did raise out of the dead, in him hath this one stood by before you whole.तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!

11 `This is the stone that was set at nought by you -- the builders, that became head of a corner;येशू हुनुहुन्छः‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’

12 and there is not salvation in any other, for there is no other name under the heaven that hath been given among men, in which it behoveth us to be saved.'येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

13 And beholding the openness of Peter and John, and having perceived that they are men unlettered and plebeian, they were wondering -- they were taking knowledge also of them that with Jesus they had been --यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।

14 and seeing the man standing with them who hath been healed, they had nothing to say against `it',तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

15 and having commanded them to go away out of the sanhedrim, they took counsel with one another,यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे।

16 saying, `What shall we do to these men? because that, indeed, a notable sign hath been done through them, to all those dwelling in Jerusalem `is' manifest, and we are not able to deny `it';तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ।

17 but that it may spread no further toward the people, let us strictly threaten them no more to speak in this name to any man.'तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”

18 And having called them, they charged them not to speak at all, nor to teach, in the name of Jesus,यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।

19 and Peter and John answering unto them said, `Whether it is righteous before God to hearken to you rather than to God, judge ye;तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”

20 for we cannot but speak what we did see and hear.'हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

21 And they having further threatened `them', let them go, finding nothing how they may punish them, because of the people, because all were glorifying God for that which hath been done,यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए।

22 for above forty years of age was the man upon whom had been done this sign of the healing.यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस र्वषभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

23 And being let go, they went unto their own friends, and declared whatever the chief priests and the elders said unto them,पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हुललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए।

24 and they having heard, with one accord did lift up the voice unto God, and said, `Lord, thou `art' God, who didst make the heaven, and the earth, and the sea, and all that `are' in them,जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो।

25 who, through the mouth of David thy servant, did say, Why did nations rage, and peoples meditate vain things?हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।

26 the kings of the earth stood up, and the rulers were gathered together against the Lord and against His Christ;पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’

27 for gathered together of a truth against Thy holy child Jesus, whom Thou didst anoint, were both Herod and Pontius Pilate, with nations and peoples of Israel,यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा ‘एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ।

28 to do whatever Thy hand and Thy counsel did determine before to come to pass.यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

29 `And now, Lord, look upon their threatenings, and grant to Thy servants with all freedom to speak Thy word,अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससंग भनिएको चाहनु हुन्छ।

30 in the stretching forth of Thy hand, for healing, and signs, and wonders, to come to pass through the name of Thy holy child Jesus.'प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

31 And they having prayed, the place was shaken in which they were gathered together, and they were all filled with the Holy Spirit, and were speaking the word of God with freedom,विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

32 and of the multitude of those who did believe the heart and the soul was one, and not one was saying that anything of the things he had was his own, but all things were to them in common.विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।

33 And with great power were the apostles giving the testimony to the rising again of the Lord Jesus, great grace also was on them all,प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

34 for there was not any one among them who did lack, for as many as were possessors of fields, or houses, selling `them', were bringing the prices of the thing sold,तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। जजसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।

35 and were laying them at the feet of the apostles, and distribution was being made to each according as any one had need.तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

36 And Joses, who was surnamed by the apostles Barnabas -- which is, having been interpreted, Son of Comfort -- a Levite, of Cyprus by birth,विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। ‘बर्णाबास’ नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए।

37 a field being his, having sold `it', brought the money and laid `it' at the feet of the apostles.यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

Nepali Bible