Acts 21 - YLT (Nepali)
1 And it came to pass, at our sailing, having been parted from them, having run direct, we came to Coos, and the succeeding `day' to Rhodes, and thence to Patara,हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।
2 and having found a ship passing over to Phenicia, having gone on board, we sailed,पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।
3 and having discovered Cyprus, and having left it on the left, we were sailing to Syria, and did land at Tyre, for there was the ship discharging the lading.हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।
4 And having found out the disciples, we tarried there seven days, and they said to Paul, through the Spirit, not to go up to Jerusalem;हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसंगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए।
5 but when it came that we completed the days, having gone forth, we went on, all bringing us on the way, with women and children, unto the outside of the city, and having bowed the knees upon the shore, we prayed,तर जब हामीले त्यहाँको भ्रमण शेष गर्यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।
6 and having embraced one another, we embarked in the ship, and they returned to their own friends.त्यसपछि हामीले विदा लिएर जहाजमा चढयौ। चेलाहरू घर फर्के।
7 And we, having finished the course, from Tyre came down to Ptolemais, and having saluted the brethren, we remained one day with them;हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसंग एकदिन बस्यौं।
8 and on the morrow Paul and his company having gone forth, we came to Cesarea, and having entered into the house of Philip the evangelist -- who is of the seven -- we remained with him,अर्को दिन टोलेमाइस शहर छाड्यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।
9 and this one had four daughters, virgins, prophesying.उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।
10 And we remaining many more days, there came down a certain one from Judea, a prophet, by name Agabus,त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदीयाबटा आए
11 and he having come unto us, and having taken up the girdle of Paul, having bound also his own hands and feet, said, `Thus saith the Holy Spirit, The man whose is this girdle -- so shall the Jews in Jerusalem bind, and they shall deliver `him' up to the hands of nations.'तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले , भन्नुहुन्छ, यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।”
12 And when we heard these things, we called upon `him' -- both we, and those of that place -- not to go up to Jerusalem,हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं।
13 and Paul answered, `What do ye -- weeping, and crushing mine heart? for I, not only to be bound, but also to die at Jerusalem, am ready, for the name of the Lord Jesus;'तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”
14 and he not being persuaded, we were silent, saying, `The will of the Lord be done.'हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”
15 And after these days, having taken `our' vessels, we were going up to Jerusalem,त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं
16 and there went also of the disciples from Cesarea with us, bringing with them him with whom we may lodge, a certain Mnason of Cyprus, an aged disciple.सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसंग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यही बस्यौं।
17 And we having come to Jerusalem, the brethren did gladly receive us,यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
18 and on the morrow Paul was going in with us unto James, all the elders also came,अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।
19 and having saluted them, he was declaring, one by one, each of the things God did among the nations through his ministration,पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।
20 and they having heard, were glorifying the Lord. They said also to him, `Thou seest, brother, how many myriads there are of Jews who have believed, and all are zealous of the law,जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।
21 and they are instructed concerning thee, that apostacy from Moses thou dost teach to all Jews among the nations, saying -- Not to circumcise the children, nor after the customs to walk;अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।
22 what then is it? certainly the multitude it behoveth to come together, for they will hear that thou hast come.के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।
23 `This, therefore, do that we say to thee: We have four men having a vow on themselves,यसर्थ के गर्नु पर्ने हो हामी बताँउछौः हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।
24 these having taken, be purified with them, and be at expence with them, that they may shave the head, and all may know that the things of which they have been instructed concerning thee are nothing, but thou dost walk -- thyself also -- the law keeping.यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।
25 `And concerning those of the nations who have believed, we have written, having given judgment, that they observe no such thing, except to keep themselves both from idol-sacrifices, and blood, and a strangled thing, and whoredom.'गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘
26 Then Paul, having taken the men, on the following day, with them having purified himself, was entering into the temple, announcing the fulfilment of the days of the purification, till the offering was offered for each one of them.पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।
27 And, as the seven days were about to be fully ended, the Jews from Asia having beheld him in the temple, were stirring up all the multitude, and they laid hands upon him,जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।
28 crying out, `Men, Israelites, help! this is the man who, against the people, and the law, and this place, all everywhere is teaching; and further, also, Greeks he brought into the temple, and hath defiled this holy place;'तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”
29 for they had seen before Trophimus, the Ephesian, in the city with him, whom they were supposing that Paul brought into the temple.यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।
30 All the city also was moved and there was a running together of the people, and having laid hold on Paul, they were drawing him out of the temple, and immediately were the doors shut,यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।
31 and they seeking to kill him, a rumour came to the chief captain of the band that all Jerusalem hath been thrown into confusion,जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए।
32 who, at once, having taken soldiers and centurions, ran down upon them, and they having seen the chief captain and the soldiers, did leave off beating Paul.सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।
33 Then the chief captain, having come nigh, took him, and commanded `him' to be bound with two chains, and was inquiring who he may be, and what it is he hath been doing,तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा सागँलाहरूले बाँध्नु भनी हूकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”
34 and some were crying out one thing, and some another, among the multitude, and not being able to know the certainty because of the tumult, he commanded him to be carried to the castle,कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।
35 and when he came upon the steps, it happened he was borne by the soldiers, because of the violence of the multitude,सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे।
36 for the crowd of the people was following after, crying, `Away with him.'मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए।, “त्यसलाई मार!”
37 And Paul being about to be led into the castle, saith to the chief captain, `Is it permitted to me to say anything unto thee?' and he said, `Greek dost thou know?सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”
38 art not thou, then, the Egyptian who before these days made an uprising, and did lead into the desert the four thousand men of the assassins?'मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र उ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”
39 And Paul said, `I, indeed, am a man, a Jew, of Tarsus of Cilicia, of no mean city a citizen; and I beseech thee, suffer me to speak unto the people.'पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”
40 And he having given him leave, Paul having stood upon the stairs, did beckon with the hand to the people, and there having been a great silence, he spake unto them in the Hebrew dialect, saying:सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।
Nepali Bible