Acts 19 - DBY (Nepali)
1 And it came to pass, while Apollos was at Corinth, Paul, having passed through the upper districts, came to Ephesus, and finding certain disciples,अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।
2 he said to them, Did ye receive [the] Holy Spirit when ye had believed? And they [said] to him, We did not even hear if [the] Holy Spirit was [come].पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”
3 And he said, To what then were ye baptised? And they said, To the baptism of John.तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”
4 And Paul said, John indeed baptised [with] the baptism of repentance, saying to the people that they should believe on him that was coming after him, that is, on Jesus.पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”
5 And when they heard that, they were baptised to the name of the Lord Jesus.जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।
6 And Paul having laid [his] hands on them, the Holy Spirit came upon them, and they spoke with tongues and prophesied.त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।
7 And all the men were about twelve.तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।
8 And entering into the synagogue, he spoke boldly during three months, reasoning and persuading [the things] concerning the kingdom of God.पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।
9 But when some were hardened and disbelieved, speaking evil of the way before the multitude, he left them and separated the disciples, reasoning daily in the school of Tyrannus.तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।
10 And this took place for two years, so that all that inhabited Asia heard the word of the Lord, both Jews and Greeks.पावलले यस्तो काम दुइ र्वष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रतयेक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।
11 And God wrought no ordinary miracles by the hands of Paul,परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।
12 so that even napkins or aprons were brought from his body [and put] upon the sick, and the diseases left them, and the wicked spirits went out.पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।
13 And certain of the Jewish exorcists also, who went about, took in hand to call upon those who had wicked spirits the name of the Lord Jesus, saying, I adjure you by Jesus, whom Paul preaches.कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,
14 And there were certain [men], seven sons of Sceva, Jewish high priest, who were doing this.“म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”
15 But the wicked spirit answering said to them, Jesus I know, and Paul I am acquainted with; but *ye*, who are ye?तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”
16 And the man in whom the wicked spirit was leaped upon them, and having mastered both, prevailed against them, so that they fled out of that house naked and wounded.तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरु च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।
17 And this became known to all, both Jews and Greeks, who inhabited Ephesus, and fear fell upon all of them, and the name of the Lord Jesus was magnified.एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।
18 And many of those that believed came confessing and declaring their deeds.धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।
19 And many of those that practised curious arts brought their books [of charms] and burnt them before all. And they reckoned up the prices of them, and found it fifty thousand pieces of silver.तिनीहरूमध्ये कति जनाले टुनामुना प्रायोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।
20 Thus with might the word of the Lord increased and prevailed.यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।
21 And when these things were fulfilled, Paul purposed in his spirit to go to Jerusalem, passing through Macedonia and Achaia, saying, After I have been there I must see Rome also.तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”
22 And having sent into Macedonia two of those ministering to him, Timotheus and Erastus, he remained himself awhile in Asia.तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।
23 And there took place at that time no small disturbance about the way.तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।
24 For a certain [man] by name Demetrius, a silver-beater, making silver temples of Artemis, brought no small gain to the artisans;त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए
25 whom having brought together, and those who wrought in such things, he said, Men, ye know that our well-living arises from this work,डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सर्म्पकित मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।”
26 and ye see and hear that this Paul has persuaded and turned away a great crowd, not only of Ephesus, but almost of all Asia, saying that they are no gods which are made with hands.तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ!सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।
27 Now not only there is danger for us that our business come into discredit, but also that the temple of the great goddess Artemis be counted for nothing, and that her greatness should be destroyed whom the whole of Asia and the world reveres.पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”
28 And having heard [this], and being filled with rage, they cried out, saying, Great [is] Artemis of the Ephesians.यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्।”
29 And the [whole] city was filled with confusion, and they rushed with one accord to the theatre, having seized and carried off with [them] Gaius and Aristarchus, Macedonians, fellow-travellers of Paul.शहरका सबै मानिसहरु अस्तब्यस्त भएय। तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।)
30 But Paul intending to go in to the people, the disciples suffered him not;सबै मानिसहरु रंङ्ग-भवनतिर दगुरे। पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरुको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरुले तिनीहरुलाई जान दिएनन्।
31 and some of the Asiarchs also, who were his friends, sent to him and urged him not to throw himself into the theatre.त्यस देशका कतिपय नेताहरु पावलका मित्रहरु थिए।तिनीहरुले पावलाई‘तमासा-घरभित्र नजानु’ भन्ने खबर पठाए।
32 Different persons therefore cried out some different thing; for the assembly was tumultuous, and the most did not know for what cause they had come together.कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।
33 But from among the crowd they put forward Alexander, the Jews pushing him forward. And Alexander, beckoning with his hand, would have made a defence to the people.यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।
34 But, recognising that he was a Jew, there was one cry from all, shouting for about two hours, Great [is] Artemis of the Ephesians.तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरु सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, ‘‘एफिससवासीहरुकी आर्तेमिस महान हुन्।’’ यो आवाज दुई घण्टा सम्म चलिरह्यो।
35 And the townclerk, having quieted the crowd, said, Ephesians, what man is there then who does not know that the city of the Ephesians is temple-keeper of Artemis the great, and of the [image] which fell down from heaven?त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?
36 These things therefore being undeniable, it is necessary that ye should be calm and do nothing headlong.कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।
37 For ye have brought these men, [who are] neither temple-plunderers, nor speak injuriously of your goddess.तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्।
38 If therefore Demetrius and the artisans who [are] with him have a matter against any one, the courts are being held, and there are proconsuls: let them accuse one another.हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून।
39 But if ye inquire anything concerning other matters, it will be settled in the regular assembly.अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।
40 For also we are in danger to be put in accusation for sedition for this [affair] of to-day, no cause existing in reference to which we shall be able to give a reason for this concourse.किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”
41 And having said these things, he dismissed the assembly.शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।
Nepali Bible