Bible

Acts 19 - BBE (Nepali)

1 And it came about that while Apollos was at Corinth, Paul, having gone through the higher country, came to Ephesus, where there were certain disciples:अपोल्लस कोरिन्थ शहरमा भएको बेला, पावल एफिससको बाटो भएर धेरै ठाउँहरू भ्रमण गरिरहेका थिए। एफिससमा पावलले कतिपय चेलाहरूर भेटे।

2 And he said to them, Did you get the Holy Spirit when you had faith? And they said to him, No, we have had no knowledge of the Holy Spirit.पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?”तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।”

3 And he said, What sort of baptism did you have? And they said, The baptism of John.तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।”

4 And Paul said, John gave a baptism which goes with a change of heart, saying to the people that they were to have faith in him who was coming after him, that is, in Jesus.पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”

5 And hearing this, they had baptism in the name of the Lord Jesus.जब तिनीहरूले यो सुने, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए।

6 And when Paul had put his hands on them, the Holy Spirit came on them; and they had the power of talking in tongues, and acting like prophets.त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।

7 And there were about twelve of these men.तिनीहरूको हुलमा लगभग बाह्रजना थिए।

8 And he went into the Synagogue, and for three months he was preaching there without fear, reasoning and teaching about the kingdom of God.पावल सभाघरमा गए अनि सहाससंग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसंग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।

9 But because some of the people were hard-hearted and would not give hearing, saying evil words about the Way before the people, he went away from them, and kept the disciples separate, reasoning every day in the school of Tyrannus.तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।

10 And this went on for two years, so that all those who were living in Asia had knowledge of the word of the Lord, Greeks as well as Jews.पावलले यस्तो काम दुइ र्वष सम्म गरे। यस्तो कार्यको कारणले गर्दा, प्रतयेक यहूदी र ग्रीकले एशिया देशमा प्रभुको वचन सुने।

11 And God did special works of power by the hands of Paul:परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो।

12 So that bits of linen and clothing from his body were taken to people who were ill, and their diseases went away from them and the evil spirits went out.पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

13 But some of the Jews who went from place to place driving out evil spirits, took it on themselves to make use of the name of the Lord Jesus over those who had evil spirits, saying, I give you orders, by Jesus, whom Paul is preaching.कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,

14 And there were seven sons of a man named Sceva, a Jew and a chief priest, who did this.“म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”

15 And the evil spirit, answering, said to them, I have knowledge of Jesus, and of Paul, but who are you?तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

16 And the man in whom the evil spirit was, jumping on them, was stronger than the two of them, and overcame them, so that they went running from that house, wounded and without their clothing.तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरु च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।

17 And this came to the ears of all those, Jews and Greeks, who were living at Ephesus; and fear came on them all, and the name of the Lord Jesus was made great.एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।

18 And a number of those who had faith came and made a public statement of their sins and all their acts.धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।

19 And a great number of those who were experts in strange arts took their books and put them on the fire in front of everyone: and when the books were valued they came to fifty thousand bits of silver.तिनीहरूमध्ये कति जनाले टुनामुना प्रायोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।

20 So the word of the Lord was increased very greatly and was full of power.यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।

21 Now after these things were ended, Paul came to a decision that when he had gone through Macedonia and Achaia he would go to Jerusalem, saying, After I have been there, I have a desire to see Rome.तब कुराहरू भइसके पछि, पावलले म्यासिडोनिया र अखैया अनि यरूशलेम जाने योजना बनाए। पावलले सोचे, “यरूशलेम भ्रमण गरिसके पछि म रोम भ्रमण गर्छु।”

22 And having sent two of his helpers, Timothy and Erastus, into Macedonia, he himself went on living in Asia for a time.तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

23 And about that time a great outcry took place about the Way.तर त्यस समयमा एफिससमा ठूलो अशान्ति भएको थियो। यो आशान्ति परमेश्वरको मार्गको विषय लिएर भएको थियो।

24 For there was a certain man named Demetrius, a silver-worker, who made silver boxes for the images of Diana, and gave no small profit to the workmen;त्यहाँ डेमेत्रियस नाउँ भएको एकजना मानिस थिए। उनले चाँदीको काम गर्थे। उनले देवी आर्तेमिस मन्दिरको चाँदीको सानो नमुनाहरू बनाए। यसरी यस्तो शिल्पी कर्मीहरूलाई निकै काम दिएर पैसा दिए

25 Whom he got together, with other workmen of the same trade, and said to them, Men, it is clear that from this business we get our wealth.डेमेत्रियसले यी सबै सुनारहरूलाई र यस्ता व्यवसायसित सर्म्पकित मानिसहरूलाई भेला गरे अनि तिनीहरूलाई भने, “तिमीहरू राम्ररी जान्दछौ, यस कामबाट हामीले निकै पैसा कमाउँछौ।”

26 And you see, for it has come to your ears, that not only at Ephesus, but almost all through Asia, this Paul has been teaching numbers of people and turning them away, saying that those are not gods who are made by men's hands:तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ!सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।

27 And there is danger, not only that our trade may be damaged in the opinion of men, but that the holy place of the great goddess Diana may be no longer honoured, and that she to whom all Asia and the world give worship, will be put down from her high position.पावलले भनेका त्यस्ता कुराहरूले मानिसहरू हाम्रो पेशा विरुद्ध हुने खतरा हुन्छ। तर त्यहाँ अर्को खतरा पनि छः मानिसहरूले सोच्न सक्लान कि महान देवी आर्तेमिसको मन्दिर कुनै महत्वपूर्ण कुरो होइन! त्यस अवस्थामा उनको महानता नष्ट हुनेछ। आर्तेमिस देवी सारा एशिया र संसारको प्रत्येक ठाउँमा नै पूजिन्छन्।”

28 And hearing this, they were very angry, crying out and saying, Great is Diana of Ephesus.यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्।”

29 And the town was full of noise and trouble, and they all came running into the theatre, having taken by force Gaius and Aristarchus, men of Macedonia who were journeying in company with Paul.शहरका सबै मानिसहरु अस्तब्यस्त भएय। तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।)

30 And when Paul was about to go in to the people, the disciples did not let him.सबै मानिसहरु रंङ्ग-भवनतिर दगुरे। पावल पनि त्यस भित्र जान चाहन्थे, अनि मानिसहरुको भिडलाई सम्बोधन गर्न चाहन्थे तर येशूका चेलाहरुले तिनीहरुलाई जान दिएनन्।

31 And some of the rulers of Asia, being his friends, sent to him, requesting him seriously not to put himself in danger by going into the theatre.त्यस देशका कतिपय नेताहरु पावलका मित्रहरु थिए।तिनीहरुले पावलाई‘तमासा-घरभित्र नजानु’ भन्ने खबर पठाए।

32 And some said one thing, and some another: for there was no order in the meeting; and most of them had no idea why they had come together.कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।

33 Then they took Alexander out from among the people, the Jews putting him forward. And Alexander, making a sign with his hand, was about to make a statement to the people in answer:यहूदीहरुले अलेकज्याण्डर नाउँ भएको एक जना मानिसलाई जनताको अगाडी उभ्याए। मानिसले उनलाई अब के गर्नु सो भने।अलेकज्याणेडरले आफ्नो हात ती भिडहरु भएतिर हल्लाए किनभने उसले तिनीहरुलाई ब्याख्या गरेर बुझाउन चाहन्थे।

34 But when they saw that he was a Jew, all of them with one voice went on crying out for about two hours, Great is Diana of Ephesus.तर जब मानिसले चाल पाए कि अलेकज्याण्डर एक यहूदी थिए, तिनीहरु सबैबाट दुई घण्टा सम्म एउटै स्वर आयो, ‘‘एफिससवासीहरुकी आर्तेमिस महान हुन्।’’ यो आवाज दुई घण्टा सम्म चलिरह्यो।

35 And when the chief secretary had got the people quiet, he said, Men of Ephesus, is any man without knowledge that the town of Ephesus is the keeper of the holy place of the great Diana, who was sent down from Jupiter?त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?

36 So then, because these things may not be doubted, it would be better for you to be quiet, and do nothing unwise.कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच।

37 For you have taken these men, who are not doing damage to the holy place or talking against our goddess.तिमीहरूले यी मानिसहरूलाई ल्यायौ, तर तिनीहरूले हाम्रो देवी विरूद्ध एक शब्द पनि निन्दा गरेका छैनन्। तिनीहरूले मन्दिरबाट केही पनि चोरेका छैनन्।

38 If, then, Demetrius and the workmen who are with him have a protest to make against any man, the law is open to them, and there are judges; let them put up a cause at law against one another.हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून।

39 But if any other business is in question, let it be taken up in the regular meeting.अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ।

40 For, truly, we are in danger of being made responsible for this day's trouble, there being no cause for it: and we are not able to give any reason for this coming together. And when he had said this, he sent the meeting away.किनभने आज यहाँ घटेको घटनाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।”

41 []शहरका हाकिमले यति भनेर सबैलाई घर-घर जान भने।

Nepali Bible